एमाले महाधिवेशनको राजनीतिक तरङ्ग
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातानेकपा एमालेको दशौं महाधिवेशन सामुन्नेमा छ । यसको नीति, नेतृत्व र भविष्यका बारेमा विभिन्न अड्कलबाजी भइरहेका छन् । विचार विमर्श चलिरहेको छ । राजनीतिक दलहरू जनताको लागि काम गर्ने उद्देश्यले स्थापित हुन्छन् । उनीहरूका हरेक गतिविधिहरू जनताका सामु खुला र पारदर्शी हुनुपर्दछ ।
राजनीतिक दलले पनि जनताका प्रतिक्रियालाई विश्लेषण गरी मननयोग्य सुझावहरूलाई नीति कार्यक्रममा समेट्नुपर्दछ । राजनीतिक दलले जनताको विश्वास यसरी नै जित्ने हो । नेकपा एमालेले पाँचौं महाधिवेशनको समयदेखि नै विचारको बहसलाई खुला गर्ने र जनस्तरबाट आएका सही सुझावलाई स्वीकार गर्दै आएको छ ।
उदाहरणका रूपमा नेकपा एमालेको कार्यक्रम जनताको बहुदलीय जनवाद सर्वप्रथम बहुदलीय जनवादको कार्यक्रमको रूपमा व्याख्या गरिएको थियो । बहसपछि त्यस कार्यक्रमको नाम नै जनताको बहुदलीय जनवाद हुनगयो । जनताको सुझावलाई देखिने गरी ग्रहण गरिएको उदाहरण थियो त्यो ।
कार्यक्रमका भित्री बुँदाहरूमा पनि धेरै सुधार भएका थिए । यसरी पार्टीको नीति र कार्यक्रम बनाउँदा जनताको सुझाव ग्रहण गरिएका उदाहरण शायद अन्य दलहरूमा भेटिंदैनन् । त्यही भएर आज पनि जबजको अनुयायी दल नेकपा एमाले जनताबीच लोकप्रिय छ ।
दशौं महाधिवेशनबाट पनि आम नेपाली जनताले यस्तै अपेक्षा गरेका छन् । महाधिवेशनको प्रक्रियाको अगुवाइ गर्ने सबै तहका नेताहरूले जनताका यी अपेक्षालाई समेट्ने प्रयास गर्नुपर्दछ । अनि मात्र सही मानेमा जनताको पार्टी हुनेछ, एमाले
१. एक्लो बृहस्पति होइन : कम्युनिष्ट नाम गरेका केही दलहरू काङ्ग्रेसको पुच्छर बनेर कम्युनिष्ट आन्दोलनलाई तहसनहस गर्न हौसिएर लागेका छन् । एमालेलाई कमजोर पारे मात्र आफू अगाडि बढ्न सकिने निष्कर्षमा रहेका उनीहरू एमाले दक्षिणपन्थी भएको र पुनरुत्थानवादी शक्तिसँग नजिकिएको आरोप लगाइरहेका छन् । अरूको खुट्टा तानेर आफू अगाडि बढ्ने पुरानै कम्युनिष्ट शैलीमा छन् उनीहरू ।
मूल कम्युनिष्ट शक्तिका विरुद्ध बाँकी सबै शक्तिहरू खन्याउने दाउमा रहेका प्रतिक्रियावादीले पनि उनीहरूलाई नै मलजल गरिरहेका छन् । विगतमा कम्युनिष्ट सरकारको नेतृत्व गरेका केपी ओलीले जनतामा मूर्छित अवस्थामा रहेको विकासको चाहनालाई जागृत गराइदिए । विकास अभियान र राष्ट्रियताको विषयमा ठोस कार्यहरू गरेर देखाए । जनतालाई जागा भएर राष्ट्रिय विकासको सपना देख्न सिकाए ।
त्यसबाट आत्तिएका कम्युनिष्ट तथा गैरकम्युनिष्टहरू एक सुर र एक तालमा एमाले त्यसमा पनि केपी ओलीको विरोधमा कुर्लिरहेका छन् । त्यसैले यस महाधिवेशनको मूल कार्यभार केपी ओलीले अगाडि सारेको विकासको सोच र राष्ट्रियताको अडानलाई समर्थन गरेर अझ समृद्ध र समाजवाद सापेक्ष बनाउनुपर्दछ ।
महाधिवेशनबाट एमाले अस्ताउन लागेको एक्लो बृहस्पति होइन यो त जाज्ज्वल्यमान सूर्य जतिकै ऊर्जावान र प्रकाशवान छ भन्ने कुरा पुष्टि गर्न आवश्यक छ ।
२. समाजवादको लागि मार्गदर्शन : नवौं महाधिवेशनयता मुलुकको राजनीतिक अवस्थामा केही ठोस परिवर्तनहरू भएका छन् । जस्तो कि नेपालको संविधान जारी भएको छ । यसले समाजवाद उन्मुख समाज व्यवस्थाको परिकल्पना गरेको छ । त्यसलाई जनताको बहुदलीय जनवादले सम्बोधन गर्न आवश्यक छ । संघीय गणतान्त्रिक व्यवस्था र समावेशी सिद्धान्तलाई लागू गर्ने ठोस नीति र कार्यक्रम समेट्न जरूरी छ ।
त्यसैगरी समाज रूपान्तरणको रथ अब कसरी अगाडि बढ्छ, उत्पादन र उत्पादनका साधनको सम्बन्ध कस्तो रहनेछ भन्ने कुराको स्पष्ट मार्गदर्शन गर्न सक्नुपर्दछ । समाजवाद उन्मुख अर्थ–व्यवस्था निर्माणका लागि एमालेका प्राथमिकताहरू के हुनेछन्, श्रमिक वर्गको उत्थानका लागि, गरीब भूमिहीनका लागि, मधेशी, दलित र पछाडि परेका समुदायको उत्थानका लागि ठोस नीति र कार्यक्रम बन्न सक्नुपर्दछ ।
३.बलिया तीन खम्बा : नेपालको संविधानले विकासका लागि तीन खम्बे अर्थनीतिलाई स्वीकार गरेको छ । तापनि सरकारी लगानीको अवस्था अत्यन्त नाजुक छ, सरकारको व्यवस्थापकीय क्षमता अत्यन्त कमजोर छ । निजी क्षेत्रका लागि लगानीको वातावरण दिन सकिएको छैन ।
सुखी नेपाली र समृद्ध नेपालको नारा अगाडि सारेको नेकपा एमालेले समृद्धिको आधारका रूपमा रहेको कृषि, वन, खानी, जलस्रोत, पर्यटनको विकासका लागि कस्तो नीति अपनाउँछ रु राष्ट्रिय उद्योगहरूको विकास कसरी गर्छ भनेर दुनियाँले हेरिरहेको छ ।
लगानीको सुरक्षा, उद्योगको विकास विना रोजगारी सिर्जना सम्भव छैन । रोजगारी सिर्जना नभई मुलुकबाट पलायन जनशक्तिलाई रोक्न सकिन्न । त्यसैले मुलुकलाई आत्मनिर्भर बनाउन आयात प्रतिस्थापन गर्ने क्षमता भएका उद्योगहरूलाई प्राथमिकताका साथ अगाडि बढाउन जरूरी छ ।
आज एकातिर अनुदान दिएर उत्पादन गरेको चिनी भारतबाट आयात भएभन्दा महँगो हुने र अर्कोतिर किसानले उखुको मूल्य नै नपाई सडकमा ओर्लिनुपर्ने अवस्था छ । उखु किसानलाई दिइने अनुदान समेत मालिकको पोल्टामा जाने अवस्था छ ।
यो एक प्रकारले राज्यव्यवस्था असफल भएको अवस्था हो । त्यसकारण उद्योगीहरूलाई अनुदान र सहुलियत दिने मात्र होइन राष्ट्रिय प्राथमिकताको क्षेत्रमा इमानदारीका साथ लाग्न प्रेरित गर्नुपर्दछ । त्यससँगै विदेशी लगानीको प्राथमिकता तोक्ने कुरा पनि जरूरी हुन्छ ।
राष्ट्र विकासको तेस्रो खम्बा मानिएको सहकारी क्षेत्रबारे ठोस नीति अगाडि सार्नुपर्दछ । सहकारी केही सञ्चालकहरूको सुख–सुविधा वृद्धिमा मात्र सीमित नभई आम सदस्यको हित वृद्धिमा समर्पित हुनुपर्दछ । सहकारीको माध्यमबाट समुदायस्तरका जनतालाई शिक्षा दिने, विकासको राष्ट्रिय आकांक्षा र विकासमा नागरिक कर्तव्यको बारेमा सचेतना दिई समाज रूपान्तरणका लागि सक्रिय बनाउन आवश्यक छ ।
सहकारी संस्थाहरू केही टाठाबाठाको कमाइखाने र घुमफिर गर्ने माध्यम मात्र नबनी आम नागरिकको आर्थिक र चेतना विकास, सीप र शिक्षाको उन्नयनमा योगदान गर्ने साधन बन्ने सुनिश्चित हुनुपर्दछ ।
४.वर्गीय चेत र समाजवादी दिशा : एमाले श्रमिक वर्गको पक्षपोषण गर्ने पार्टी हो भने त्यो कुरा व्यवहारमा देखिनुपर्दछ । एमालेका नेता, कार्यकर्ताको जीवनशैली, व्यवहार र सोच वर्गीय हुनुपर्दछ । श्रमिक वर्ग र पछाडि परेका समुदायका मानिसलाई नेतृत्वमा ल्याउने सहज बाटो र स्पष्ट नीति हुनुपर्दछ ।
खासगरी माओवादी केन्द्रसँग चुनावी मोर्चा भएपछि ९अझ पार्टी एकता भएपछि० नेकपाभित्र वैचारिक बहस शून्य भएको छ । त्यसैले परिवर्तित परिस्थितिमा पार्टीको नीति, कार्यक्रमका बारेमा व्यापक रूपमा अध्ययन, बहस र छलफलबाट पार्टी कार्यकर्तामा राजनीतिक ज्ञान र वर्गीय चेतना बढाउन आवश्यक छ ।
श्रमिक वर्गका मानिसलाई पार्टी कार्यालय, सरकारी कार्यालयमा र पार्टी संगठनमा भित्र्याउनका लागि स्पष्ट मार्गचित्र हुन आवश्यक छ । उनीहरूको समस्याको गहिराइ बुझ्ने, त्यसबारे सोच्ने, अध्ययन गर्ने र समाधानका लागि स्थानीयस्तरमा विचार–विमर्श गरी उपाय पहिचान गर्ने सिर्जनात्मक क्षमता हरेक कार्यकर्तामा हुन जरूरी छ ।
एमाले अझै पनि सीमान्तकृत वर्गका मानिसहरू, दलित, जनजाति, मधेशी, अल्पसंख्यकहरूमा घनीभूत रूपमा पुग्न सकेको छैन । सधैं राजनीतिक शक्तिको हतियारका रूपमा प्रयोग भइआएको त्यो समुदायमा राजनीतिक चेतना भरेर पार्टी र राज्यको मूल धारमा ल्याउने प्रतिबद्धताका साथ यस महाधिवेशनले दिशानिर्देश गर्नुपर्दछ । ताकि आगामी पाँच वर्ष एमाले पार्टीलाई आधारभूत जनताको बीचमा स्थापित गर्न सकियोस् ।
५.छवि निर्माण : नेपालमा राजनीतिज्ञहरूमा विकास भएको अब्बल सीप अरूलाई गाली गर्नु हो । हरेक नेताको भाषण गालीले भरिएको हुन्छ । जनताले पनि गालीमा ताली बजाउँछन् र मिडियाले पनि गाली नै ओसारिरहेका छन् ।
दुनियाँमा गाली भाषण स्वच्छ पत्रकारिताको दुश्मन भनेर चर्चा भइरहेको बेला नेपालका सञ्चारमाध्यमहरू त्यसैमा रमाइरहेका छन् । नेताका सिर्जनात्मक सोच र राष्ट्र विकासको लागि दिएका अभिव्यक्ति भन्दा गाली शब्दहरू मिडिया कन्टेन्ट बनेको दुर्भाग्यपूर्ण अवस्था छ ।
यस क्रममा केपी ओली, एमाले दल र तिनका नेताहरूको मानमर्दनमा एक स्वरले पूँजीवादी र साम्यवादी मिडियाहरू लागेका देखिन्छन् । यो अवस्था २०७६ साल चैतदेखि जब केपी ओलीको सरकार विरुद्ध भित्री र बाहिरबाट आक्रमण केन्द्रित गर्ने बृहत्तर सहमति भयो त्यही बेलादेखि नै कायम छ । मिडिया र नेताहरू स्टेरियो टाइपमा गाली गर्दै खनिएका छन् । त्यसलाई आगामी चुनावसम्म कायम राख्नका लागि अघोषित सहमति देखिन्छ ।
गालीको निरन्तर वर्षाको कारण एमाले दल, तिनका नेताहरू र खासगरी केपी ओलीको मानमर्दन गरेर छवि बिगार्ने प्रयास भइरहेको छ । एमाले प्रतिगामी कित्तामा रहेको, गुण्डा र तस्करहरूलाई प्रोत्साहन गरिएको, गणतन्त्र र संघीयताप्रति निष्ठा नभएको जस्ता आरोप लगाइरहेका छन् ।
केपी ओलीका वरिपरिका नेताहरूलाई भ्रष्ट करार गर्ने र केपी ओलीलाई भ्रष्टाचारीको संरक्षण भएको आरोप लगाउने आदि प्रपञ्चहरू नियोजित रूपमा सिर्जित छन् । तर, एमाले नेतृत्वले त्यसलाई त्यति गम्भीरतापूर्वक लिएको देखिंदैन ।
यस्तो अवस्थालाई चिर्नका लागि महाधिवेशनले ठोस नीति कार्यक्रम ल्याउन जरूरी छ । नेता कार्यकर्तालाई वास्तविकता बुझाएर भोलिका दिनमा आधारभूत तहबाट चिर्ने नीति बनाउन सक्नु नै महाधिवेशनको सफलता हो ।
६. सबल नेतृत्व र एकमना एकता : एमालेको दशौं महाधिवेशनले आगामी पाँच वर्षका लागि चयन गर्ने नेतृत्व सबल, सक्षम हुनुपर्दछ । जुन विधि अपनाए पनि परिणामलाई स्वीकार गरेर एकमना एकताका साथ अगाडि बढ्ने नेतृत्व बन्नुपर्दछ ।
नवौं महाधिवेशनको असफलता भनेको नै नेतृत्व सबल र सक्षम चयन गरे पनि त्यसको परिणामलाई केही नेताहरूले स्वीकार गर्न सकेर बारम्बार नेतृत्वलाई चुनौती दिइरहनु हो । सधैं बदलाभाव र मौका हेर्दै बस्ने माधव नेपाल प्रवृत्ति देखापर्नु हो ।
पार्टी एकीकरणपछि बनेको सचिवालय पावर सिन्डिकेट तथा प्रधानमन्त्री एवम् पार्टी अध्यक्षलाई घेराबन्दी गरी अवसरको छिनाझपटी गर्ने गलगाँड बन्यो । पदका लोभीहरू बसेर बाहिर निर्णय गर्ने र सचिवालयमा लगेर अध्यक्षलाई घेराबन्दी गर्ने उद्देश्यबाट सचिवालय सक्रिय भयो ।
त्यसैबाट माधव नेपाल र प्रचण्डको स्वार्थ समूह मिलेर जसरी पनि पार्टी र सरकार दुवै कब्जा गर्ने स्वार्थबाट अगाडि बढ्यो । फलतः तत्कालीन नेकपा तीन चिरा भएको र मुलुकले संसद विघटन जस्तो अप्रिय बाटो रोज्नुपर्ने परिस्थिति आएको कुरा यस महाधिवेशनमा गम्भीर मीमांस हुन जरूरी छ ।
आन्तरिक प्रतिस्पर्धामा हारेका मान्छेहरूको कुण्ठा पोख्ने र नेतृत्व विरुद्ध कार्टेलिङ गर्ने संरचनाहरू पार्टी जीवनका लागि घातक हुन्छन् भन्ने कुरा महाधिवेशनले प्रष्ट गर्न सक्नुपर्दछ ।
७. केपी ओलीलाई मौका : निराश नेपाली जनतालाई विकासको सपना देखाएर आशाको दियो बाल्न सफल केपी ओलीको व्यक्तित्व नेपाली समकालीन राजनीतिज्ञहरू बीचबाट यसरी उचालियो कि बाँकी नेताहरू लिलिपुट देखिए । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र डा।बाबुराम भट्टराईहरू रिसले आगो हुनुपर्ने मुख्य कारण यही थियो ।
त्यही रिसले केपी ओलीको व्यक्तित्व खुइल्याउन र उनलाई नेतृत्वबाट ओराल्न हरप्रयास गरेका हुन् । आफूले मात्र नसक्ने भएपछि देशी–विदेशी शक्ति गुहार्न पुगेका हुन् । जसरी जोखिम मोलेर पनि मुलुकको विकासको अभियानलाई केपी ओलीले अगाडि बढाए महाधिवेशनले त्यसको उच्च मूल्याङ्कन गर्नुपर्दछ ।
आगामी एक कार्यकालका लागि उहाँलाई पार्टीको नेतृत्व र आगामी दिनमा मुलुकको नेतृत्व गर्ने मार्गप्रशस्त गरिदिनुपर्दछ भन्ने जनताको अपेक्षा छ । महाधिवेशनले जनताको यो भावनाको सम्मान गर्दै केपी ओलीलाई नेतृत्वको अवसर दिनुपर्दछ । पार्टीले जनताको अपेक्षा सम्बोधन गर्नुपर्दछ ।
हुनत यसो गर्दा नेतृत्वको चाहना गर्ने अन्य कमरेडहरूलाई अलिअलि खिन्न बनाउला । तर, मुलुक र पार्टीको हितको लागि उहाँहरूले व्यक्तिगत चाहनालाई एकपल्ट थाती राख्नुपर्दछ । अध्यक्षमा ओलीलाई निर्विरोध विजयी बनाए नेपाली राजनीतिक आकाशमा फेरि पनि एमाले जाज्ज्वल्यमान सूर्य बनेर चम्किनेछ । यसले मुलुक र पार्टी दुवैलाई नयाँ उँचाइमा पुर्याउनेछ ।
एमालेको दशौं महाधिवेशन जुन गति र लयका साथ अगाडि बढेर सम्पन्न हुने दिशामा छ, यसले नेपाली राजनीतिक क्षितिजमा एक किसिमले तरङ्ग ल्याइदिएको छ । हजारौं चुनौतीका बीच लाखौं जनताको सहभागितामा सम्पन्न हुनगइरहेको यस महाधिवेशनले अँध्यारो चिरेर अगाडि बढ्ने सामथ्र्य भएको सबल नेतृत्व र अँध्यारोलाई चिर्न सक्ने ज्योति जस्तो नीति र कार्यक्रम अगाडि सार्न सक्नुपर्दछ ।
यो यस्तो अवसर हो जसबाट जनताको विश्वास नपाएका र पदीय कुण्ठा बोकेर कम्युनिष्ट पार्टी फुटाउँदै हिंडेका गलत तत्वहरूलाई किनारामा धकेलेर आगामी पाँच वर्ष नेपाली राजनीतिक आकाशमा चम्किन सक्ने अवसरहरू एमालेका सामु छ ।
परिस्थितिको सही विश्लेषण गर्दै उपयुक्त नीति र व्यक्तिलाई नेतृत्वमा चयन गरेर नेकपा एमालेको दशौं महाधिवेशन सफल हुनसकोस् यही शुभकामना व्यक्त गर्न चाहन्छु ।
पत्रकार शर्मा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष हुन् । यो समाचार अनलाइन खवरमा प्रकाशित छ ।
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददातापुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...