भर्खरै प्रकाशित: राउत गाउँको रायोको साग बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त

कालिञ्चोक गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

कालिञ्चोक गाउँपालिका दोलखामा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रम नियमित रुपमा गर्न स्थानीय नागरिकले सुझाव दिएका छन् । कालिञ्चोक गाउँपालिकाको आर्थिक वर्ष ०७५÷७६ देखि ०७७÷०७८ मा सञ्चालित कार्यक्रमको प्रभावकारीताका विषयमा आयोजना गरिएको कार्यक्रममा सरोकारवालाले यस्तो सुझाव दिएका ह्रुन् । रेडियो शैलुङ दोलखाको आयोजना तथा कालिञ्चोक गाउँपालिकाको सहयोगमा कालिञ्चोक गाउँपालिकाका वडा नं ७, ८ र ९ को सार्वजनिक सुनुवाई कार्यक्रममा सार्वजनिक सेवाको प्रभावकारिताका विषयमा गुनासो, प्रतिक्रिया र सुझावहरु सहित हाकाहाकी बहस गरिएको थियो । कार्यक्रममा जिज्ञासा राख्ने अधिकाशं वक्ताले नियमिति सार्वजनिक सुनुवाइ कार्यक्रम नगरेको गुनासो गर्दै अवका दिनमा नियमति गर्न सुझाव दिएका छन् ।
गाउँपालिका वडा नं ८ स्थित कालिनाग मन्दिर प्राङ्गणमा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले आयव्ययसंगै योजना र वजेटका विषयमा जानकारी गराउनु भएको थियो ।
नागरिकहरु बाट प्राप्त भएका गुनासाहरुको सम्बोधन गाउँपालिका प्रमुख विन कुमार थामी,प्रमुख प्रशासकीय अधिकृत नवराज ओली,वडा नं ७ का वडाध्यक्ष चेत बहादुर खड्का,वडा नं ८ का वडाध्यक्ष नन्दराज शिवाकोटी,वडा नं ९ का वडाध्यक्ष राम प्रसाद मैनाली र विषयगत शाखा प्रमुखहरुले गर्नुभएको थियो ।
यसैबीच विषयगत शाखा प्रमुखहरुमा पूर्वाधार,वातावरण,विपद शाखा प्रमुख इन्जिनियर नारायण प्रसाद शिवाकोटी,स्वास्थ्य शाखा प्रमुख शुशिल श्रेष्ठ,योजना शाखा प्रमुख राम ओली,प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक मुकुन्द शिवाकोटी रहनु भएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रम पश्चात उठेका गुनासा प्रतिक्रिया र सुझावहरुलाई सम्बोधन गर्दै गाउँपालिकाको योजना तथा कार्यक्रमहरुलाई चुस्त दुरुस्त रुपमा संचालन गर्नको लागि अनुगमन योजना निर्माण गरी कार्यान्वयन गर्ने र जनताका अधिकार सुनिश्चिता पालिकाको पहिलो प्राथमिकता भएकाले सोही अनुरुप गाउँपालिकाले योजना बनाएर जाने प्रतिवद्धता गरिएको थियो ।
कार्यक्रममा नेकपा एमाले वडा कमिटी,७,८ र ९ अध्यक्षहरु क्रमश दिपक राउत,यज्ञ कुमार भारती,कृष्ण प्रसाद पकुवाल,नेपाली काङग्रेस जिल्ला कार्यसमितिका पूर्व सचिव बालकृष्ण आचार्य,नेकपा माओवादी वडा नं ९ का वडाध्यक्ष वेदचन्द्र उप्रेती,वडा नं ८ का वडाध्यक्ष कृष्ण बहादुर घिमिरे,नेकपा समाजवादी वडा नं ८ का वडाध्यक्ष डम्बर बहादुर आर्चाय लगायतले पालिकाको काम कारवाही, सेवा प्रवाह, योजना एवं कार्यक्रम, बजेट जस्ता सार्वजनिक विषयमा जिज्ञासासहित सुझाव दिनु भएको थियो ।
यसैवीच स्थानीय नागरिकहरु नेत्र बहादुर शिवाकोटी,वुद्धि प्रसाद शिवाकोटी,काली सार्की,जय प्रसाद शिवाकोटी लगायतले गाउँपालिकाको वजेट लगानी अनुत्पादक भएको ,शिक्षा क्षेत्रमा कम लगानी भएको,प्रत्येक आर्थिक वर्षमा बजेट खर्च हुन नसक्नुको कारणको खोजी गरिएको थियो । कार्यक्रमका सहभागीहरुले जेष्ठ नागरिकले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ता वितरण वैकिङ प्रणालीमा भएको ढिला सुस्तिका विषयमा जिज्ञासासंगै आक्रोस व्यक्त गरेका थिए । गाउँपालिकाले खरिद गरेको सवारीसाधन र त्यसको उपलब्धिका विषयमा जिज्ञासा राखेका थिए ।
सम्बन्धित पक्षका गुनासा प्रतिक्रिया र सुझावहरुलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष विन कुमार थामी,प्रमुख प्रशासकीय अधिकृत नवराज ओली,सम्बन्धित वडाका वडाध्यक्ष,विषयगत शाखाका प्रमुखहरुले जनताको जीवनस्तर माथि उठाउन र सम्बृद्धिको लागि पालिका संधै तयार रहेको प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा जनप्रतिनिधि,स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,उपभोक्ता समितिका प्रतिनिधि र स्थानीय नागरिकको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण रेडियो शैलुङ दोलखाले गरेको थियो । यस अगाडि अन्य वडामा पनि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भइसकेको पालिकाको भनाइ छ ।
सार्वजनिक निकायले दिने सेवाको बारेमा नागरिकबाट मूल्याङ्कन गराउने तथा सेवा प्रवाहमा थप सुधार ल्याउनको लागि सार्वजनिक सुनुवाइ कार्यक्रम संचालन गरिएको गाउँपालिकाले जनाएको छ । नागरिकलाई सार्वजनिक निकायले गरेका गतिविधिहरुको बारेमा सूचना माग्ने, पाउने र अवलोकन गर्ने अधिकार सूचनाको हक सम्वन्धि ऐन–२०६४ र नियमावली–२०६५ ले गरेको छ ।

राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  त्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...

अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाता

  विरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

.