निलकमल कमल कृषि सहकारीको भवन उद्घाटन तथा वार्षिक साधारण सभा सम्पन्न
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
निलकमल कृषि सहकारी संस्था कालिञ्चोक ८ सुनखानी दोलखाको आठौं वार्षिक साधारण सभाको अवसरमा भवनको उद्घाटन गरिएको छ । कार्यक्रमको अवसर पारेर कालिञ्चोक गाउँपालिका उपाध्यक्ष कालिका पाठकले संस्थाको नवनिर्मित भवनको उद्घाटन गर्नु भएको हो । कालिञ्चोक गाउँपालिकाको १० लाख र सहकारीको १९,५५,३७३ गरी करिब २९ लाखको लागतमा निर्माण सम्पन्न भएको २ तले पक्की भवनको उद्घाटन तथा सहकारीको स्थापना दिवस एकसाथ सम्पन्न गरिएको संस्थाले जनाएको छ । सहकारीलाई समाजसेवी बालकृष्ण शिवाकोटीले स्वर्गीय आमा बिष्णुमाया शिवाकोटी महिला उपचार कोषमा २०७४ सालमा जम्मा गर्नुभएको रु ५ लाख रुपैयाँ र कार्यक्रमको अवसरमा सोही दिन ५ लाख रुपैयाँ सहकारीलाई हस्तान्तरण गरी १० लाख सहयोग गरेको सहकारीले जनाएको छ ।
कार्यक्रममा संस्थाको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै उत्कृष्ट शेयर सदस्यहरुलाई सम्मानको कार्यक्रम आयोजना गरिएको थियो । संस्थाकी अध्यक्ष प्रतिमा शिवाकोटीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सहकारीमा
३२९ महिला शेयर सदस्य ,९२ पुरुष र २१४ बाल शेयर सदस्य गरि जम्मा १४२१ जना शेयर सदस्यहरु रहेका छन् भने कुल पुँजी २ करोड ३० लाख ६१ हजार ५ सय ८७ रुपैयाँ रहेको संस्थाकी अध्यक्ष प्रतिमा शिवाकोटीले जानकारी दिनुभयो ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...