एकीकरण बहसमै कति अलमलिने ? पृथ्वीनारायण शाहले भूगोल दिए र नेपाली पहिचान दिए, देश र नेपाल बनाउने वर्तमान नेतृत्वले हो
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातापृथ्वीनारायण शाहलाई देशनिर्माता मात्रै भन्ने वा राष्ट्रनिर्माता पनि भन्ने बहस अब त्यति आवश्यक छैन । पछिल्लो दशकको उत्तरार्द्धतिर आउँदा त्यो अस्पष्ट धर्सो मेटिँदै छ । बदनाम राजतन्त्रविरुद्धको आन्दोलन हुँदा राजतन्त्रलाई सामन्तवादको नाइके भन्ने भाष्यको सिकार पृथ्वीनारायण भए । किनभने उनीबाटै नेपालमा हामीले बुझ्ने राजतन्त्रको सुरुवात भएको हो । त्यस्तै, जातीय संघीयताका पक्षमा आन्दोलन हुँदा पहाडे खस बाहुन वर्गका मात्र राजाका रूपमा उनलाई सीमित गर्ने काम पनि भयो, जबकि उनले देशभित्रका स्थानीय धर्म, भाषा, संस्कृतिको प्रवर्द्धन गरिएका लेखोट छन् । अर्थात्, जातिविशेषप्रति उनमा प्रेम र घृणा कहीँकतै भेटिँदैन
एकीकरणकर्ता पृथ्वीनारायण शाह एकीकरणकर्ता हुन् वा महत्त्वाकांक्षी शासक भन्ने बहसको त अब सान्दर्भिकता नै सकियो । उनले शासक बन्नकै लागि नेपालको एकीकरण गरेका थिए वा नेपालको सार्वभौमिकता र स्वतन्त्रताको रक्षाका लागि विदेशीसँग लडेका थिए भन्ने प्रस्टै छ । गोर्खाका राजा छँदै थिए, नुवाकोटसहित वरपरका साना राज्य पनि जितेकै थिए र काठमाडौंमाथि पनि विजय हासिल गरेर राजा बन्न सक्थे । तर त्यसबाट उनी निर्देशित थिएनन्, जसरी पनि बेलायती उपनिवेशलाई नेपाल छिर्न नदिनुमा उनी लागेको देखिन्छ । त्यसका लागि उनी देशभित्र बलियो हुनु आवश्यक थियो, युद्धकौशल र हतियारको व्यवस्था गर्नु अनिवार्य थियो । र, त्यसका लागि बेलायती साम्राज्यका सहयोगी साना राजारजौटालाई पहिला पराजित गर्नु पूर्वसर्त हुन्थ्यो । त्यही गरे । त्यसकारण उनी नेपालका एकीकरणकर्ता नै हुन्, आधुनिक नेपालका निर्माता हुन् । यो समाचार यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।
दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटनप्रर्वद्धन गर्न गर्ने उदेश्यले नयावर्ष...
ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा लामोसमयदेखी चुनौतीको रहेको ढल व्यवस्थापनको काम अघि बढेपछि बजारबासीलाई सहज भएको छ । एशियाली विकास बैकको...
सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग
समदृष्टि अनलाइन संवाददातादोलखाको कालिञ्चोक गाउँपालिकामा गठन भएको सहकारी सञ्जालले प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा २ लाख ६ हजार ५ सय ४६...
९ बुँदे घोषणापत्रसहित सितली कार्यशाला सम्पन्न
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले दोलखाको ९ बुँदे घोषणापत्र सहित २ दिने सितली कार्यशाला सम्पन्न भएको छ । टोल र जनताका...
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...