विष्णुलक्ष्मी साहित्यिक पुरस्काबाट कवि एम वि खड्का सम्मानित
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा माघ १
विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले साहित्यिक पुरस्कार वितरण तथा प्रदेय साहित्यिक पत्रिका सार्वजनिक कार्यक्रम सम्पन्न गरेको छ ।
हरेक बर्षको माघ १ गते वितरण हुदै आएको विष्णुलक्ष्मी र तुल्सीमाया साहित्य सम्मान–२०७८ बाट भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवंम् कवि मानबहादुर खड्का सम्मानित हुनुभएको छ ।
नेपाल प्रेस काउन्सीलका सदस्य चिरञ्जीवी मास्केले आफुलाई जन्म दिने र कर्म दिने आमाहरुको सम्झनामा प्रत्येक वर्षको माघ १ गते जिल्लाका उत्कृष्ठ साहित्यकारहरु मध्य एक जनालाई विष्णु लक्ष्मी साहित्यिक पुरस्कार समिति मार्फत विष्णुलक्ष्मी र तुल्सीमाया साहित्य सम्मान दिदै आउनु भएको छ ।
पुस्तक सार्वजनिक तथा पुरस्कार वितरण कार्यक्रममा नगरप्रमुख भरतबहादुर केसीले प्रदेयको ११ औ अङ्कले जिल्लाको चिनारी दिने काम गरेको बताउनुभयो । उहाँले साहित्यको क्षेत्रमा समेत लगानी गर्ने भीमेश्वर नगरपालिका पहिलो स्थानीय तह भएको दाबी गर्नुभयो ।
कार्यक्रममा साहित्यकार मानबहादुर खड्का र जीत कार्कीले रचना बाचन समेत गर्नु भएको थियो ।
बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका अध्यक्ष बिष्णु सुवेदीको अध्यक्षता सम्पन्न कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का, विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका संरक्षक चिरञ्जीवी मास्के, सल्लाहकार एवंम नेकपा एमाले दोलखाको उपाध्यक्ष राजेन्द्र मानन्धर, नेपाली कांग्रेस दोलखाका क्षेत्रिय सभापति चित्र दहाल, भानु विद्यापति साहित्यिक प्रतिष्ठानका अध्यक्ष शंकरलाल श्रेष्ठ, वरिष्ठ पत्रकार शम्भु गौतम, नेपाल पत्रकार महासंघ दोलखाका उपाध्यक्ष सृजन कुमार घिमिरे, प्रेस चौतारी दोलखाको संयोजक प्रभु जिरेल, प्रेस युनियन दोलखाका कार्यवाहक अध्यक्ष गोकर्णप्रसाद भण्डारी, दोलखा उद्योग बाणिज्य संघका सचिव विमल श्रेष्ठ, बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका उपाध्यक्ष मुरारि दुलाल, सदस्य विनिता शिवाकोटीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
राउत गाउँको रायोको साग
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...