भर्खरै प्रकाशित: शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली दोलखा जिलु गाउँको डोकोको कथा प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे शिक्षक भलिबल प्रतियोगिताको तयारी पूरा स्वर्ण महोत्सव मनाउँदै हिलेपानी संस्कृत मावि  कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन

विद्यावारिधी उपाधि प्राप्त जानुका न्यौपानेलाई सम्मान

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

समाजशास्त्र विषयमा विद्यावारिधी गर्न सफल महिला अधिकारकर्मी जानुका न्यौपानेलाई दोलखाका अगुवा महिलाहरुले सम्मान गरेका छन् । सदरमुकाम चरिकोटमा एक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदानसहित सम्मान गरिएको हो । कार्यक्रमको अवसरमा भीमेश्वर नगरपालिका उपमेयर कमला बस्नेतले आजको पुस्तामा शैक्षिक निराशा बढेको भन्दै सबैकुरा छाडेर शिक्षामा जोड दिन आग्रह गर्नुभयो । कार्यक्रममा जिरी नगरपालिका उपमेयर कृष्णमाया बुढाथोकीले आपनो समयको शैक्षिक संघर्षलाई स्मरण गर्दै आजको पुस्तालाई शिक्षाको गहनतालाई कमजोर नठान्न अनुरोध गर्नूभयो । ,कालिञ्चोक गाउँपालिका प्रमुख कालिका पाठकले न्यौपानेको विद्याावारिधिले जिल्लामा अरु थुप्रै विद्यावारिधी जन्माउन हौसला मिलेको धारणा राख्नुभयो ।

कार्यक्रममा तामाकोशी गाउँपालिका उपाध्यक्ष उर्मिला खड्का केसी महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जाल दोलखाकी अध्यक्ष तारा तमाङ, महिला अधिकारकर्मी साविन्द्रा खड्का महिला शिक्षक समाज दोलखाकी अध्यक्ष विमला दुलाल,पत्रकार सर्मिला बुढाथोकी लगायतका महिलाहरुले शुभकामना दिदै अरु महिलालाई प्रेरणा र हौसला मिलेको धारणा राख्नुभयो । कार्यक्रममा बोल्ने अधिकाशं वक्ताले महिलाले शिक्षा प्राप्त गर्दा भोग्नु परेका कठिनाइलाई पुन स्मरण गरेका थिए । कार्यक्रममा न्यौपानेको वाल्यवस्थादेखि विद्यावारिधीसम्मको सँर्घषको कथा कार्यक्रममा वाचन गरिएको थियो ।

दोलखाको तत्कालीन जफे गाविस (हाल तामाकोशी गाउँपालिका) को वडा नं. १ जन्मिएकी न्यौपानेले कठिन संघर्षपछि हासिल गरेको विद्यावारिधी उपलव्धि मा बसोबास गर्दै मध्यम वर्गीय ब्राम्हण परिवारमा जानुकाको जन्म भएको हो । ब्राम्हण(पोखरेल) परिवार त्यसमा पनि हिन्दु धर्म अनि सोहीअनुसारको व्यवहारमा हुर्कदा एउटी छोरीले भोग्नु परेको सबै प्रकारका नियति भोग्दै,झेल्दै र जान्दै बाल्यकाल वितेको थियो । छोरीलाई पढाउने सहज वातावरणमा नभएको समयमा कक्षा ३ सम्म पढेपछि विद्यावाट छुटाइएको थियो ।
“मैले पढ्न नपाएर दुःख पाएं छोरीलाई जसरी पनि पढाउनु पर्छ । ” भन्दै आमाले घरपरिवारको इच्छा विपरित मामाघर) ( रामेछाप जिल्लाको बेताली गाविसमा पर्ने जनजागृती निमावि) लगेर पढाउने वातावरण मिलाइएको थियो ।
कक्षा १० को परीक्षा नसकी १३ वर्षको कलिलो उमेरमा विवाह भएकीे जानुका न्यौपानेले विवाहपछि नै एस.एल.सी पास गर्न सफल हुनुभयो ।
त्यो समयको क्याम्पस सारीमा सजिएर साथीसंग क्याम्पस जान नपाएको रहर अधुरै भ कहिल्यै पूरा भएन तर क्याम्पस नै नटेकी विद्यावारिधि गर्न सफल भएकी न्यौपानेलाई क्याम्पसको पहिरन (डे«स) मा सजिएर क्याम्पस जाने इच्छा मनभित्र लोभिएर बसेको छ । विद्यावारिधिको उपाधि हासिल गरिसक्दा पनि त्यो तिर्खा अझै लागिरहेको छ उहाँलाई । संयुक्त परिवारको दायित्व, ४ छोराछोरीको जन्म,हुर्काइ,बढाइ अनि पढाइ सबैसबै काँधमा जिम्मेवारी दिनप्रतिदिन थपिदै थियो । खेतीपातीको काम बाहेक अन्य आम्दानीको श्रोतनै थिएन । वैकल्पिक रोजगारको रुपमा कुनै पेशा थिएन । आर्थिक र सन्तानको व्यवस्थापन अनि सासु ससुरा मञ्जुरी त्यो समय र समाजको लागि निक्कै ठूलो चुनौति थियो ।
उहाँ विगतलाई यसरी सम्झनुहुन्छ । “ दिनभरी धान, कोदो रोप्ने काम गरी थाकेको शरीर, अनि बेलुका खाना खाइसके पछि जुठाभाँडा माझेर बच्चालाई दुध खुवाउँदै सुत्दा बच्चासँगै निदाउँथें । व्यूझँदा त भोलि क्याम्पसमा परीक्षा छ झसँग भएर राती २ बजे नै किन नहोस् यसो किताब पल्टाउने कोशिस गर्थे र त्यतिको भरमा विहान परीक्षामा सामेल हुनु पर्ने त्यसमा पनि दैलो अगेनो पोती, पँधेराबाट अँधेरैमा पानी भरेर बच्चालाई छोडेर जानु पर्दथ्यो । मलाई याद छ परीक्षा ७ बजेबाट शुरु हुने घरमा नै ६ बजेर ३० मिनेट गइसक्यो ठिक्क परेकी म बच्चालाई सन्चो भएन उता हतार छ यता बच्चा बिरामी म कस्तो धर्मसंकटमा परें । परीक्षा नै छोड्नु प¥यो । ”
एस.एल.सी. उत्तीर्ण गरेको १० वर्ष पछि प्रविणता प्रमाण पत्र तह अध्ययन गर्ने सहास गरेकी न्यौपानेले वर्षको एउटा विषयमात्र परीक्षा दिदै ६÷७ वर्ष लगाएर प्रविणता प्रमाण पत्र उत्तीर्ण गर्नुभएको स्मरण छ डा न्यौपानेको । छोराछोरीलाई हुर्काउँदै, विद्यालय पठाउँदै, पारिवारिक समस्याका साथै पढाईलाई अगाडि बढाउँदै जाने क्रममा आधा शरीर नचल्ने भयो । परीक्षामा हातले लेख्न नसक्ने भएपछि समय, उमेर, शारीरिक, अवस्था सम्पूर्ण पक्षले साथ नदिरहँदा पनि वर्षैा लगाएर स्नातक तह पनि उत्तीर्ण गर्न सफल हुनुभयो । विस्तारै
समाजशास्त्र र ग्रामीण विकास विषयमा डिग्री सफल क्रमशःसमाजशास्त्र विषयमा विद्यावारिधिको उपाधि प्राप्त गर्न सफल भएकी हुनुभएको न्यौपानेले आमाको त्याग र आर्शीवाद अनि आपनो इच्छा शक्ति नै सफलताको सूचक भएको धारणा छ ।
डा न्यौपाने सम्झनुहुन्छ,“नपढेकी आमामा मौलाएको त्यो शैक्षिक चेतनाले आज मेरो जीवन सार्थक बनाउन सफल भयो । म हैन मेरी आमाको सपना पुरा गर्न पाएकोमा छोरी हुनुको दायित्व पूरा गरेको महशुस गरेकी छु ।
मलाई आमाको प्रेरणा र दुःखले नै आज साक्षर नागरिकको रुपमा उभिन सफल बनायो । म मेरी आमाप्रति कृतज्ञ छु ।”

 

 

शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  राष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...

क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाता

  विद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...

बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददाता

  नेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...

दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददाता

  दोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...

कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाता

  कालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

.