कोरोनाको तेस्रो लहर फैलिएसगै दोलखाका सार्वजनिक सेवा प्रवाहका कार्यलय धमाधम बन्दै हुदै
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातासरकारी र स्थानीय तहका दोलखामा कोभिड १९ को तेस्रो लहर फैलिएसँगै दोलखाका स्थानीय तहदेखी सरकारी कार्यालयले धमाधम सेवा स्थगित गर्न थालेका छन् ।
गत आईबारबाट बारको आधारमा सेवा दिदै आएको जिल्ला प्रशासन कार्यालय दोलखाले आजबाट आगामी १६ गते सम्मका लागि सेवा स्थगित गरेको प्रशासकीय अधिकृत औलाख बहादुर आलेले बताउनुभयो । कार्यालयका केही कर्मचारीहरुलाई समेत कोरोना संक्रमण पुष्टि भएको र अन्य कर्मचारीहरुमा समेत कोरोना संक्रमणसँग मिल्दो जुल्दो लक्षणहरु देखा परेकाले कार्यालयबाट प्रवाह हुने शान्ति सुरक्षा तथा अत्यावश्यक सेवा वाहेकका अन्य सेवाहरु स्थगित गरिएको अधिकृत आलेले बताउनुभयो ।
त्यस्तै जिल्लाको विगु गाउँपालिकाले केही जनप्रतिनिधि तथा कर्मचारीहरुमा संक्रमण पुष्टि भएकोले ११ गतेबाट १४ गते सम्मका लागि सेवा प्रवाह स्थगित गरेको निमित्त प्रमुख प्रशसकीय अधिकृत ईश्वरकुमार खड्काले जानकारी दिनुभयो । गाउँपालिकामा कार्यरत १८जना कर्मचारीहरुको एन्टिजिन परीक्षण गराउँदा प्रमुख प्रशासकीय अधिकृत लगायत ४ जना कर्मचारीहरुमा संक्रमण पृष्टि भएपछि जिल्लाको कालिञ्चोक गाउँपालिकाले पनि १० गतेबाट अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरु ५दिनका लागि स्थगित गरेको छ ।शैलुङ गाउँपालिकाले कर्मचारीमा कोरोना संक्रमण पृष्टि भएपछि पालिकाले गत ७ गते देखी भोलि सम्मका लागि अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरु स्थगित गरेको छ । त्यसैगरी जिल्लाको तामाकोशी गाउँपालिकाले पनि माघ ६ गते देखी १२ गते सम्मका लागि अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरु स्थगित गरेको छ ।
जिल्लामा मंगलबार सम्म १ सय ८ जना महिला र पुरुष १ सय १७ जना गरी हाल २ सय २५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । संक्रिय सक्रमित सबैै होम आईसोलेसनमा बसेका छन ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...