भर्खरै प्रकाशित: गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि

घट्यो दोलखाको जनसंख्या

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

माघ १३- केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार दोलखाको जनसंख्या घटेको पाइएको छ । २०६८को जनसंख्या भन्दा १३ हजार ८ सय ३१ जनाले घटेको विभागले उल्लेख गरेको छ । २०६८ सालमा जिल्लाको कुल जनसंख्या १ लाख ८६ हजार ५ सय ५७ रहेको थियो । १० वर्ष पछि २०७८ को जनगणनाको प्रारम्भिक नजिता अनुसार जिल्लाको १ लाख ७२ हजार ७ सय २६ जना रहेको छ । सेवा सुविधाका लागि ठूला शहरमा बसाइसराई गर्ने क्रम बढेकाले जनसंख्या घटेको तथ्याङ्क अनुमान रहेको छ । जिल्लामा महिलाको संख्या ८८ हजार ५ सय ५४ रहेको छ भने पुरुषको संख्या ८३ हजार १ सय २२ रहेको जिल्ला निर्वाचन अधिकारी सन्तोष कार्कीले जानकारी दिनुभयो ।उहाँँका अनुुसार केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जिल्लामा  जिल्लामा १ हजार ५० जना नागरिक संस्थागत रहेका छन् । दोलखामा ४७ हजार ८सय ४७ घरधुरीमा कुल ५० हजार ६ सय ५३ परिवार संख्या बसोबास गरीरहेको पाइएको  । जिल्लामा जनसंख्या बृद्धिदर वार्षिक माइनस शुन्य दशमलव ७४ प्रतिशत रहेको तथ्यांकले देखाएको हो । जिल्लाको भीमेश्वर नगरपालिका सवै भन्दा बढी ३५ हजार १सय २२ जना बसोबास गरीरहेको पाइएको छ भने जिरी नगरपालिकामा सवै भन्दा कम १५ हजार ५सय जनसंख्या बसोवास गरिरहेका छन् । जिल्लाको वैतेश्वरमा १७ हजार ९सय ४७ जना, विगुमा १६ हजार २सय ९९,गौरीशंकरमा १५ हजार ९ सय ८२, कालिञ्चोकमा २१हजार २ सय १० जना बसोबास गरिरहेका छन् भने मेलुङमा १६ हजार ५१ जना, शैलुङमा १८ हजार ३ सय २८ जना र तामाकोशी गाउँपालिकामा १५ हजार २ सय २७ जना जनसंख्या रहेको तथ्यांक सार्वजनिक भएको हो ।

दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने
समदृष्टि अनलाइन संवाददाता

दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटनप्रर्वद्धन गर्न गर्ने उदेश्यले नयावर्ष...

ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त
समदृष्टि अनलाइन संवाददाता

दोलखा सदरमुकाम चरिकोटमा लामोसमयदेखी चुनौतीको रहेको ढल व्यवस्थापनको काम अघि बढेपछि बजारबासीलाई सहज भएको छ । एशियाली विकास बैकको...

सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग
समदृष्टि अनलाइन संवाददाता

  दोलखाको कालिञ्चोक गाउँपालिकामा गठन भएको सहकारी सञ्जालले प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा २ लाख ६ हजार ५ सय ४६...

९ बुँदे घोषणापत्रसहित सितली कार्यशाला सम्पन्न
समदृष्टि अनलाइन संवाददाता

  नेकपा एमाले दोलखाको ९ बुँदे घोषणापत्र सहित २ दिने सितली कार्यशाला सम्पन्न भएको छ । टोल र जनताका...

शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
समदृष्टि अनलाइन संवाददाता

  राष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...

क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाता

  विद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...

.