मतदाता नामावली संकलन स्थगित
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातामाघ २५ –दोलखामा मतदाता नामावली सङ्कलनको काम स्थगित भएको छ । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली सङ्कलनको काम स्थगित गर्ने निर्णय गरेसँगै दोलखामा पनि मतदाता नामावली सङ्कलनको काम स्थगित भएको निर्वाचन कार्यालय दोलखाका प्रमुख ओम प्रकाश महतोले जानकारी दिनुभयो । सरकारले स्थानीय तहको मिति तय गरेपछि आयोगले मतदाता नामावली सङ्कलनको स्थगित गरेको हो । जिल्लामा २०७७ साल माघ १३ गते सम्म निर्वाचन आयोगको तथ्याङका अनुसार १ लाख ५३ हजार २३ जना मतदाता रहेका छन् । आयोगले सोमबारकै निर्णयबाट मंगलबारदेखि मतदाता नामावली संकलन गर्न रोक्ने निर्णय गरेको हो ।निर्वाचनको घोषणा गरेपछि त्यो निर्वाचनका लागि मतदाता नामावली संकलन गर्न नपाइने कानुनी व्यवस्था छ ।
अहिलेसम्म संकलन भएको नामावली निर्वाचन आयोगले वडा तहमा प्रकाशित गर्नेछ र त्यसमा दावी विरोध भए उजुरी दिन आह्वान गर्नेछ । र दावी विरोध भए छानबिनपछि अन्तिम नामावली प्रकाशित हुनेछ । त्यही अन्तिम नामावलीमा परेका मतदाताहरुले मात्रै आगामी स्थानीय निर्वाचनमा मतदान गर्न पाउनेछन् । यसका लागि करिब ३५ देखि ४० दिन लाग्ने आयोगको अनुमान छ ।
दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटनप्रर्वद्धन गर्न गर्ने उदेश्यले नयावर्ष...
ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा लामोसमयदेखी चुनौतीको रहेको ढल व्यवस्थापनको काम अघि बढेपछि बजारबासीलाई सहज भएको छ । एशियाली विकास बैकको...
सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग
समदृष्टि अनलाइन संवाददातादोलखाको कालिञ्चोक गाउँपालिकामा गठन भएको सहकारी सञ्जालले प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा २ लाख ६ हजार ५ सय ४६...
९ बुँदे घोषणापत्रसहित सितली कार्यशाला सम्पन्न
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले दोलखाको ९ बुँदे घोषणापत्र सहित २ दिने सितली कार्यशाला सम्पन्न भएको छ । टोल र जनताका...
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...