भर्खरै प्रकाशित: विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन पानीले फेरिएको धरमघरबासीको जीवन धरमघरबासीको फेरिएको जीवन महङ्गो क्यामरा

प्राध्यापक संघको अध्यक्षमा बालकृष्ण दहाल सर्वसम्मत

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

गौरीशंङ्कर बहुमुखी चरिकोट दोलखा अन्तरगत पब्लिक क्याम्पस प्राध्यापक संङ्घको अध्यक्षमा बालकृष्ण दहाल सर्वसम्मत निर्वाचित हुनु भएको छ । विहिबार साँझ सम्पन्न प्राध्यापकहरुको भेलाले ११ सदस्यीय प्राध्यापक संघ गठन गरेको हो । समितिको उपाध्यक्ष राजेश बस्नेत,सचिव सूर्य चौलागाई,सहसचिव तारा बहादुर महत,कोषाध्यक्ष निर्मला शिवाकोटी चयन हुनु भएको छ । यस्तै सदस्यहरूमा हिमलाल भण्डारी,ईश्वरप्रसाद चौलागाई,राजन कार्की,अर्जुन थापा,बालकृष्ण फूँयाल,निशा प्रधान रहनु भएको छ ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र मानन्धरलेगुणस्तरीय शिक्षाको सुनिश्चितता र क्याम्पसको सर्वपक्षीय विकासको लागि प्राध्यापक संघलाई हातेमालो गर्न आग्रह गर्नुभयो । क्याम्पसका सहप्राध्यापक र कर्मचारीको हक सुरक्षा गर्न सधै आफूले सकारात्मक पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । शुभकामना मन्तव्यका क्रममा क्याम्पस प्रमुख शान्त केसीले क्याम्पस प्रगतिको पथमा लम्किरहेको भन्दै आउने दिन अझै सुखद र प्रगतिशील बनाउन प्राध्यापकहरुको सर्वोपरी भूमिका रहने भन्दै सकारात्मक भुमिकाका लागि आव्हान गर्नुभयो । कार्यक्रममासहायक क्याम्पस प्रमुख सुवास रिमालले शुभकामना दिँदै प्राध्यापक संघसंग सर्वपक्षीय सम्बन्ध विकाससंगै शैक्षिक,भौतिक र प्रशासनिक विकासमा हातेमालो आवश्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष बालकृष्ण दहालले प्रतिवद्धता मन्तव्यका क्रममा क्याम्पसको शैक्षिक उन्ननय,पेशागत विकास र शैक्षिक गुणस्तरका लागि सकारात्मक सन्देश दिने गरी काम गर्ने वचन दिनुभयो । उहाँले भन्नुभयो “ पेशाप्रतिको कर्तव्यलाई धर्म ठान्दै,प्राज्ञिक मर्यादालाई कायम राखेर काम गर्छौ । क्याम्पसका असल योजनालाई सफल बनाउन रचनात्मक र समन्वयकारी भूमिका निर्वाह गर्नेछौ ।”
प्राध्यापक संघका जेष्ठ सदस्य हिमलाल भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक संघका कोषाध्यक्ष राजेश बस्नेतले आर्थिक प्रतिवेदन र सहसचिव सूर्य चौलागाईले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

धरमघरबासीको फेरिएको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददाता

  दोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...

.