विद्यार्थीको सहजताका लागि क्याम्पसमा वडापत्र
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता२०७८ फागुन १
गौरीशंङ्कर बहुमुखी क्याम्पस चरिकोटले विद्यार्थीको सेवा सुविधालाई सहज बनाउन वडापत्र राखेको छ । क्याम्पसले विद्यार्थी केन्द्रित सेवा प्रवाहलाई पारदर्शी, जिम्मेवार र सरल अनि प्रभावकारी बनाउन वडापत्र सार्वजनिक गरेको क्याम्पसले जनाएको छ ।
प्रशासनिक भवन अगाडि व्यवस्थापन गरिएको वडापत्रको उद्घाटन क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र मानन्धरले गर्नुभयो । वडापत्रको उद्घाटन गर्दै अध्यक्ष मानन्धरले विद्यार्थीको सुविधा र सहजताका लागि वडापत्र स्थापना गरिएको बताउनुभयो । विद्यार्थीको सेवा र सुविधाका लागि क्याम्पसले कुनै कसरत बाँकी नराख्ने धारणा राख्नुभयो । क्याम्पसबाट सेवा प्राप्त गर्ने विद्यार्थीले भर्नादेखि परीक्षा फारमसम्मको कार्यमा पु¥याउनुपर्ने प्रक्रिया,आवश्यक कागजात, लाग्ने शूल्क र तोकिएका सम्पर्क व्यक्ति र फोन नं समेत वडापत्रमा उल्लेख गरिएको छ ।
प्रशासनिक काम गर्न आवश्यक प्रक्रिया र सामग्रीका विषयमा विद्यार्थीमा अन्यौलता भएर झन्झट व्यहोर्नु पर्ने समस्याबाट मुक्त गर्न वडापत्रको स्थापना गरिएको क्याम्पस प्रमुख शान्त केसीले बताउनुभयो । क्याम्पसमा वडापत्र राखेपछि विद्यार्थी समेत खुसी भएका छन् । क्याम्पसले विद्यार्थीको सहजताका लागि गरेको प्रयासले अन्यौलमा पर्ने प्रशासनिक काममा सजिलो भएको विद्यार्थी सर्कलका संयोजक सुदाम दहालले बताउनु भयो ।
उद्घाटन कार्यक्रमसंगै क्याम्पसका विद्यार्थी सर्कलका पदाधिकारीसंग अन्तरक्रिया गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र मानन्धरले सञ्चालक समितिको निर्णयसमेत सुनाउनुभयो । यस अगाडिको कार्यक्रममा विद्यार्थीबाट आएका गुनासोलाई सम्बोधन गर्दै विद्यार्थीको मासिक शुल्कमा छुट गरिएको जानकारी गराउनुभयो । यसैबीच क्याम्पसका प्राध्यापक र क्याम्पस कर्मचारीको पारिश्रमिक समेत वृद्धि गरेको जानकारी गराउनु भएको हो ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्य रमेश खतिवडाले कार्यक्रममा स्वागत मन्तव्य राख्दै देशकै उत्कृष्ट क्याम्पस बनाउने अभियानमा लागेको धारणा राख्नुभयो । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका पदाधिकारी ,क्याम्पसका प्राध्यापक र क्याम्पस विद्यार्थी सर्कलका पदाधिकारीको सहभागिता रहेको थियो ।
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददातादोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...
दोलखामा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता गरिँदै
समदृष्टि अनलाइन संवाददाताजिल्ला भलिबल संघ दोलखाले “दोलखा जिल्ला कप २०८१“ अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।...