भर्खरै प्रकाशित: दोलखा जिलु गाउको डोकोको कथा प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे शिक्षक भलिबल प्रतियोगिताको तयारी पूरा स्वर्ण महोत्सव मनाउँदै हिलेपानी संस्कृत मावि  कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन दोलखाका छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान

सहस्र धारासहित स्वस्थानी ब्रत समापन

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

ऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र धारासहित नगर परिक्रमा गर्दै सम्पन्न गरिएको हो । । वैदिक सनातन हिन्दू अनुसार पुस शुक्ल पूर्णिमादेखि घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत दोलखामा सहस्र धारा सहित विधिपूर्वक समापन गरिएको छ । स्थानीयको सक्रियतामा स्वस्थानी पूर्णिमाको दिन वाणारसी मन्दिरबाट त्रिपुसुन्दरी मन्दिर हुँदै दोलखाको ऐतिहासिक बजार क्षेत्रमा रहेका विभिन्न मठमन्दिरमा परिक्रमा गर्दै भीमेश्वर मन्दिरमा पुगेर समापन गरिएको छ ।
परम्परादेखि नै स्वस्थानी पूर्णिमा दिन सहस्रधारा परिक्रम गर्ने चलन रहेको स्थानीय तुलसी नारायण जोशीले जानकारी दिनुभयो ।
स्थानीय जोशीका अनुसार “पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले विहानै नुवाइधुवाइ गरी शुद्ध र पवित्र वस्र पहिरन गरी बाँसको लिङ्गोमा श्रीस्वास्थानी फोटो टाँस्ने,ध्वजापताकाले सिँगार्ने र प्वाल भएको माटोको घँैटो अथवा तामाको गाग्रीमा पानी र गाईको दुध मिसाइ भर्ने र बाँसको लिङ्गोमा बाँधी बोकेर मन्दिर परिक्रमा गर्ने चलन गरेको छ । ब्रतालुहरुले परिक्रमा गर्दै घैँटोमा पानी थप्दै जाने गर्दछन् । पानीले शरीर सिञ्चित समेत गर्दछन् ।”
सहज्र धारासंगै माधवनारायण भजन,पुराना भजन, स्वस्थानी व्रतकथा, विभिन्न बाजागाजाका साथ सहज्र धारा बहाउदै बजार क्षेत्रमा रहेका सबै मठमन्दिर परिक्रममा गर्ने गरिएको छ । करिब ३ घण्टाको सहज्र धारा परिक्रमा पछि भीमेश्वर मन्दिरमा पुगेर विधिपूर्वक ब्रत समापन गरिएको स्थानीयले बताएका छन् ।
आरम्भको दिनदेखि पूर्णिमा सम्म स्थानीय जम्मा भएर विहान माधवनारायाया भजनकृतन गर्ने चलन रहेको छ । त्यसैदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि समापन गरिएको छ ।
विधिपूर्वक एक महिने ब्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाइ ब्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिइन्छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी सर्वप्रथम माधवनारायण एवं श्रीस्वस्थानीको व्रत गरेको स्कन्द पुराणमा उल्लेख छ । त्यसबेलादेखि नै माधवनारायण र श्रीस्वस्थानीको व्रत बस्ने परम्परा सुरु भएको विश्वास गरिन्छ । माघ शुक्ल पूर्णिमाका दिन बर्तालुले साङ्गे गरी व्रत समापन गरेको भोलिपल्ट गणेशको विशेष विधिले पूजा आराधना गर्ने परम्परा रहेको छ ।

 

दोलखा जिलु गाउको डोकोको कथा
4 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  दोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...

प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाता

प्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददाता

नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...

वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि  द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

.