भर्खरै प्रकाशित: जनसचेतनको ३२ औँ स्थापना दिवसः सामाजिक सद्भावका कार्यक्रम सञ्चालन चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह सुनखानीका मन खाने नानी सार्वजनिक हुँदै ………. भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा

शैलुङ साहित्यिक महोत्सव गरिँदै

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

सुन्दर स्थल शैलुङ डाँडामा साहित्यिक महोत्सव गरिने भएको छ । शैलुङ गाउँपालिकाले ऐतिहासिक एवं पर्यटकीय गन्तव्य शैलुङडाँडाको प्रचारप्रसार एवम जिल्लामा साहित्यिक प्रवद्र्धनका लागि फागुन २० गते शुक्रबार महोत्सव गर्न लागेको अध्यक्ष भरत प्रसाद दुलालले बताउनु भयो । महोत्सवको उद्घाटन नेकपा एमालेका केन्द्रीय अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने कार्यक्रम तय भएको छ राष्ट्रिय र स्थानीय गरी हजारौँको सहभागिता हुने अपेक्षा आयोजकले गरेको छ । कार्यक्रममा १५ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ भने कार्यक्रमका लागि पालिकाले खर्च गर्ने गाउँपालिकाको भनाइ छ ।
शैलुङ डाँडा एउटा दोलखा जिलाको मात्र नभई नेपालकै रमणीय पर्यटकीय स्थलको रूपमा परिचित स्थल हो । समुद्री सतहबाट करीब ३ हजार ४ सय मिटर उचाईमा रहेको छ । शैलुङ डाँडा प्रकृतिले सुन्दर स्थलको रूपमा मात्र नभएर धार्मिक स्थलको रूपमा पनि परिचित छ । शैलुङ डाँडामा एक सय वटा मनमोहक सुन्दर थुम्काथुम्कीहरू रहेका छन् ।

भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददाता

  दोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...

असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...

चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

  दोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...

स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददाता

साहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...

दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

भानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...

सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाता

ऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...

.