स्थानीय तहमा सहभागिता सुनिश्चितताका लागि महिला भेला कार्यक्रम
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर अखिल नेपाल महिला संघ कालिञ्चोक गाउँपालिकाले महिलाहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । समृद्ध नेपाल निर्माणका लागि स्थानीय तहको प्रमुख पदमा महिलाको समान सहभागिता सुनिश्चित गरौं भन्ने मूल नाराका साथ अन्तरक्रिया कार्यक्रम गरेको हो ।
अखिल नेपाल महिला संघ कालिञ्चोक गाउँपालिका अध्यक्ष रमा शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै कालिञ्चोक गाउँपालिका उपाध्यक्ष एवं अखिल नेपाल महिला संघ नेतृ कालिका पाठकले सुशासन र समृद्धिको लागि महिला नेतृत्वको आश्वयकता भएको धारणा राख्नुभयो । महिलाहरुले चुनौतिलाई अवसरका रुपमा प्रयोग गर्दै अवको निर्वाचनमा प्रमुख पदको दावेदार बन्न आग्रह गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले जिल्ला कमिटि सदस्य रोहितचन्द्र खड्काले नेपालको राजनीतिक,आर्थिक र सामाजिक रुपान्तरणमा महिलाको भूमिका अनुकरणीय रहेको स्मरण गर्दै देश विकासका लागि महिलाको समान सहभागिता जरुरी रहेको धारणा राख्नुभयो । कार्यक्रममा धारणा राख्दै अवको निर्वाचनमा प्रमुख पदको दावी र समर्थनमा पारीवारिक वातावरण तय गर्दै जान अनुरोध गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रममा अतिथि जिल्ला कमिटी सदस्य गणेश शिवाकोटीले स्थानीय तहको नेतृत्व लिन महिलाहरु तयारी अवस्थामा रहन आग्रह गर्नुभयो । महिलाहरु नेतृत्वका लागि आँट गरे आफूले सकेको वातावरण मिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी दोलखा सदस्य सुजता शिवाकोटी,अखिल नेपाल महिला संघ कालिञ्चोक गाउँपालिकाकी लक्ष्मी शिवाकोटी,भगवती खत्री लगायतले शुभकामना व्यक्त गरेका थिए ।
११२ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेरे आयोजना गरिको कार्यक्रममा गाउँपालिकाका महिलाहरुको सहभागिता रहेको थियो ।
दोलखा जिलु गाउको डोकोको कथा
6 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...
प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाताप्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...