दोलखामा सुवेदी समाजको गठन
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातादोलखामा सुवेदी समाज गठन गरिएको छ । हिजो सम्पन्न सुवेदी बन्धुहरुको भेलाले गुणराज सुवेदीको अध्यक्षतामा सुवेदी समाज दोलखा गठन गरिएको हो । समितिको उपाध्यक्षमा माधव प्रसाद सुवेदी, विन्दा सुवेदी,सचिव जगत प्रसाद सुवेदी,कोषाध्यक्ष मेनुका सुवेदी रहनु भएको छ । सदस्यहरुमा सिता केसी(सुवेदी)अर्जुन सुवेदी,लिला बहादुर सुवेदी,वेद बहादुर केसी,भीम प्रसाद सुवेदी रहनु भएको छ । वेद बहादुर केसी,इन्द्रप्रसाद सुवेदी,बालकृष्ण सुवेदी,रण बहादुर सुवेदी र कृष्ण प्रसाद सुवेदी सल्लाहकार समितिमा रहनु भएको छ ।
सुवेदी कल्याण प्रतिष्ठान केन्द्रीय कुलाधिपति ऋषी प्रसाद सुवेदीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा वागमती प्रदेश अध्यक्ष कृष्ण प्रसाद सुवेदी र कुल रक्षक माधव प्रसाद सुवेदीको विशेष आतिथ्यता रहेको थियो । देशभरीका सुवेदीहरूलाई एउटै मालामा गास्ने अभियान अन्तरगत दोलखामा पनि सुवेदी समाज गठन गरिएको समाजकी कोषाध्यक्ष मेनुका सुवेदीले बताउनुभयो । दोलखा जिल्लामा १५ हजार सुवेदीहरु रहेको सुवेदी समाजको भनाइ छ । जसमध्ये ७० प्रतिशत भीमेश्वर नगरपालिकामा रहेका छन् । दोलखाका २ नगरपालिका र ७ गाउँपालिकाका विभिन्न स्थानमा सुवेदीहरुको बसोबास रहेको छ ।
चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा आजबाट श्रीमद्भागवत महापुराण सञ्चालन भएको छ । आज विहिबार घटस्थापनाको अवशर पारेर दोलखाका प्रमुख जिल्ला...
साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु
समदृष्टि अनलाइन संवाददाता१३ असोज, काठमाडौं । पहिरोमा परेर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को मृत्यु भएको छ । मृत्यु...
केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह
समदृष्टि अनलाइन संवाददाताआउँदो चार दिन वर्षाको मध्यम प्रभावको उच्च सम्भावना रहेको छ । “प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन–२२)भिमेश्वर नगरपालिकाका अनुसार...
दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा श्रीमद्भागवत महापुराण सञ्चालन गरिने भएको छ । यही आश्विन १७ देखि आश्विन २५ गतेसम्म दोलखा...
गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा
समदृष्टि अनलाइन संवाददातागौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोट दोलखामा विभिन्न विषयमा गेष्ट लेक्चर मार्फत परीक्षा विशेष तयारी कक्षा सञ्चालन गरिएको छ...
पुस्तकालयको आयोजनामा प्राथमिक उपचार सम्बन्धी तालिम
समदृष्टि अनलाइन संवाददातासमूदायमा आधारित आधारभूत खोज तथा उद्धार प्राथमिक उपचार सम्बन्धी तालिम दोलखाको सदरमुकम चरिकोटमा सुरु भएको छ । गौरीशंकर पुस्तकालय...