भर्खरै प्रकाशित: दोलखा जिलु गाउको डोकोको कथा प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे शिक्षक भलिबल प्रतियोगिताको तयारी पूरा स्वर्ण महोत्सव मनाउँदै हिलेपानी संस्कृत मावि  कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन दोलखाका छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान

‘पिर’को ऐनामा प्रचण्ड र उनका अनुयायीको अनुहार

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

प्रकाश सपूतको ‘पिर’ गीतको कभर फोटोमा लेखिएको शब्द देख्ने बित्तिकै दिमागमा आउने अर्को शब्द हो ‘वीर’ । खासमा त्यो फोटोले ‘वीर’ र ‘पिर’ दुवैको कथा भन्छ । यसले परिवर्तनका लागि योगदान गरेका भुइँतहका नेपाली युवा युवतीको विगतलाई सम्मान गरेको छ । साथसाथै उक्त गीतको कथाले उनीहरूले भोग्नुपरेको वर्तमानको पीडाप्रति सहनुभूति प्रकट गरेको छ । गीतमा निराशा छ, पीडा छ, चित्कार छ । तर, पीडा, कुण्ठा, निराशा र चित्कार व्यक्त गर्न पनि आँट चाहिन्छ- शक्तिशालीका विरुद्ध जाने आँट ।

पीडा, कुण्ठा र निराशा शक्तिशालीले शक्तिहीनमाथि गरेको अन्याय र अत्याचारका प्रमाण हुन् । शक्तिशालीहरूले आफूले गरेको अन्याय र अत्याचारको प्रमाण मेटाउन पीडा, कुण्ठा र निराशाजस्ता शब्दलाई नकारात्मक अर्थ दिने गर्छन् ।

शक्तिशालीहरूको भाष्यमा अत्याचार र अन्याय गरिरहने उनीहरू आफू सकारात्मकताका चरमचुली हुन् । अन्यायका विरूद्ध कुण्ठा, पीडा र निराशा व्यक्त गर्नेहरू नकारात्मकताका नरककुण्ड हुन् । आज जसले प्रकाश सपूतको ‘पिर’ गीतको पक्षमा उभिनेलाई कुण्ठित र निराश भनेका छन्, उनीहरू माओवादी नेताहरूले नेपाली युवासित गरेको झूटको खेती, विश्वासघात र धोकाको प्रमाण मेटाउन चाहन्छन् । हिजोका वीरहरूको आजको ‘पिर’ नेपाली इतिहासमा युवाहरूमाथि माओवादी नेतृत्वले गरेको गद्दारीको प्रमाण हो । प्रकाश सपूतको यो गीतमा नेपालको माओवादी नेताहरूको अनुहार निकै घिनलाग्दो देखिन्छ । आफ्नो विद्रुप अनुहार देखेपछि माओवादी नेताहरू आतङ्कित भएका छन् र आफ्ना विवेकहीन कार्यकर्तालाई सामाजिक सञ्जालमा प्रकाश सपूतका विरुद्ध उतारेका छन् ।

प्रचण्ड मार्काका माओवादी नेताहरू र माओवादी विरोधीहरूको व्यवहारमा एउटा समानता छ । त्यो समानता भनेको के हो भने पूर्व माओवादी कार्यकर्ताहरूको ‘पिर’ वा पीडाले यी दुवै थरीलाई कत्ति पनि दुख्दैन । यिनीहरू दुवैथरी नै सम्भ्रान्तहरू हुन् । हेर्नुस् न आज कसरी सत्तामा बसेर सहभोज गरिरहेका छन्? माओवादीका सम्भ्रान्त र माओवादी विरोधी सम्भ्रान्तहरूका सन्तानहरू कोही बेलायत छन् र कोही अमेरिका । उनीहरू कसैका सन्तान पनि खाडीको गर्मीको भुङ्ग्रोमा उसिल्टिनु परेको छैन । उनीहरू कसैका सन्तानको पनि युद्धका बम र गोलीले शरीर ‘कुरूप’ बनाएको छैन । त्यसकारण, सपना लुटिएर खाडीमा बेचिन बाध्य युवाहरूको ‘पिर’ले उनीहरूलाई पोल्दैन ।

माओवादी र माओवादी विरोधी नवधनाढ्यहरूको विचारमा गीतहरूमा युद्धका घाउ देखाउनु अपराध हो । किनकि, ती घाउहरू उनीहरूले विगतमा राज्य र विद्रोही पक्षको नेतृत्वमा बसेर मच्चाएको हिंसाका प्रमाण हुन् । ती घाउहरू प्रचण्ड र उनका अनुयायीका वैभव निर्माण गर्ने घाउहरू हुन् । ती घाउहरूले नेपालका माओवादी नवधनाढ्यहरूको महल कसरी आम ‘वीर’ योद्धाहरूको रगत, हाड र मासुले बनेको छ भन्ने उजागर गर्छन् । ती महलहरूले आज ती ‘वीर’हरूलाई कति धेरै पिर दिएको छ भन्ने पनि गीतले उजागर गरेको छ । त्यसकारण, हिजोका ‘वीर’हरूको आजको पिर र हिजोदेखिको घाउ उजागर गर्ने गीतका कारण खुमलटारमा खैलाबैला छ । शायद बालुवाटारमा पनि कतै न कतै लज्जाबोध भइरहेको छ ।

प्रचण्डका अनुयायीहरूले गीतमा रहेको एउटा दृश्यलाई लिएर माओवादी महिला छापामारको अपमान गरेको भनेर कोकोहोलो मच्चाइरहेका छन् । उनीहरूले त्यसो भनिरहँदा आफ्नो पूर्वसहकर्मी महिला साथी भन्ने चिनेपछि मूल पुरुष पात्र यौनसम्बन्ध नगरी तुरुन्तै फर्किएको तथ्य लुकाएका छन् । गीतले अहिले पनि जतिसुकै निराश भए, जति पिर परे पनि भूइँतहका माओवादी ‘वीर’हरू आज पनि आपसी सम्बन्धलाई कति पवित्र सम्झन्छन् भन्ने नै देखाएको छ ।

अर्को कुरा कुनै पूर्वमाओवादी छापामार बाध्यता वा चाहनाका कारण यौनकर्मी बन्यो भने त्यसमा यत्रो हल्लाखल्ला गर्नुपर्ने कारण के? यो गीतको कथाले चाहना होइन, बाध्यताको चित्रण गरेको छ। तर, प्रचण्डका समर्थकहरूले यो दृश्यबारे फेसबुकका भित्तामा जे लेखेका छन्, त्यसबाट उनीहरूको चरम पुरुषसत्तावादी अहङ्कार नै प्रकट भएको छ । ‘वेश्यावृत्ति’ र ‘देहव्यापार’ जस्ता शब्द प्रयोग गरेर उनीहरूले यौनकर्मीहरूको अपमान गरेका छन्। त्यसो गर्ने प्रचण्डका अनुयायीहरूलाई हाम्रो युगकी प्रतिनिधि कवयित्रि निभा शाहले ‘म वेश्या’ शीर्षकको कवितामा लेखेका निम्न हरफहरू पढ्न अनुरोध गर्दछु-

शहीदको रगत चुस्ने
तिम्रा ओठहरूभन्दा
पवित्र र चोखा छन्
हजारौंले चुसेका
मेरा ओठहरू,
हो म वेश्याका ओठहरू ।

शहीदका छाती गिजोल्ने तिम्रा
रूखा हातहरूभन्दा
पवित्र र चोखा छन्
मेरा छातीहरू ।

शहीदको यौनाङ्ग चुठ्ने
तिम्रा यौनाङ्ग भन्दा
पवित्र र चोखा छन्
हजारौंले चुठेका
मेरा यौनाङ्गहरू
हो, म वेश्याका यौनाङ्गहरू ।

अनलाइन खवरबाट साभार गरिएको हो ।

दोलखा जिलु गाउको डोकोको कथा
6 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  दोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...

प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाता

प्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददाता

नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...

वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि  द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

.