भर्खरै प्रकाशित: भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत मेरी फुपू,सबैकी फुपू निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण व्युटीसियन हुदै वडासदस्यसम्मको जिम्मेवारी सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम

गौरीशंङ्करमा महिलाहरुका लागि सिपमूलक तालिम

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

चैत १०

गौरीशंङ्कर गाउँपालिका दोलखाले महिलाहरुका लागि सिपमुलक तालिमको आयोजना गरेको छ । गाउँपालिकाको गुरुम्फीमा रहेको उद्यमी भवनमा मखमली जुत्ता र कुशन बनाउने तालिम एकसाथ सम्पन्न गरेको हो ।
गाउँपालिकाका बेरोजगार महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष उर्मिला थामीले बताउनुभयो । समापन कार्यक्रमलाई सम्बोधन गदै गाउँपालिका अध्यक्ष स्वयं बहादुर खड्काले महिलाहरुलाई स्वरोजगारमुलक बनाउन कार्यक्रमको आयोजना गरिएको भन्नुभयो । स्थानीय स्रोत साधनको प्रयोगलाई भरपूर सदुपयोग गरी उद्यमी बन्न सहभागिहरुलाई सुझाब दिनुभयो । महिलाले उद्यममा जाँगर चलाए बजार व्यवस्थापनको जिम्मा आफूले लिने समेत वचन दिनुभयो ।

तालिममा गाउँपालिका उपाध्यक्ष उर्मिला थामीले महिलालाई उद्यमी बनेर आत्मनिर्भरको बाटोमा लाग्न आग्रह गर्नुभयो । महिलाले उद्यममा आँट गरे सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । आउँदा दिनमा अरु ठाउँमा पनि यस्ता तालिमद्वारा महिला दिदीबहिनीलाई सीपमुलक र व्यवसायिक बनाउन सघाउने बचनवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा शुभ कामना व्यक्त गर्दै नेकपा एमाले गौरीशङ्कर संगठन कमिटिका अध्यक्ष जंग गुरुङले प्रत्येक सदस्यलाई उद्यमी बनाउने पाटीको नीति नै रहेको भन्दै समयको माग अनुसारको उत्पादनमा लाग्न अनुरोध गर्नुभयो । कार्यक्रममा सहभागिहरुलाई सामुहिक उद्यममा लाग्न सुझाउनुभयो ।


कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष डिल्लीध्वज बस्नेत,वडा नं ३ का वडाध्यक्ष नेत्र बहादुर बस्नेत,वडा नं ६ का वडाध्यक्ष पेम्बा शेर्पा,वडा नं ९ का वडाध्यक्ष छिरिङ शेर्पाले तालिमलाई व्यवहारिक रुपमा कार्यान्वयनका लागि आग्रह गर्नुभयो । समापन कार्यक्रमको अवसरमा तालिम प्रशिक्षक पार्वती खड्का तालिमका सहभागि हस्त कुमारी बस्नेत,राधिका आचार्य लगायतले मन्तव्य राख्नु भएको थियो ।
तालिमपछि लामाले सहभागी महिलालाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । १० दिने कुशन बनाउने तालिममा १५ जना र ७ दिने मखमली जुत्ता बनाउने तालिममा १८ जना महिलाको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ ।


तालिममा सहभागीहरुले आफ्नै घरआँगनमा आएर सिर्जनशील तालिम दिइ आपूmहरुलाई आत्मनिर्भर हुन प्रेरित गरेकोप्रति आभार प्रकट गरे । साथै यस तालिमले आपूmहरुलाई थोरै भएपनि व्यवसायिक बनाउन आत्मबल बढेको बताएका थिए । कार्यक्रममा तालिममा सहभागी महिलाहरुले आपूmले बनाएको मखमली जुत्ता र कुशन समेत प्रदर्शन गरेका थिए । गाउँपालिकाले महिला शसक्तीकरणका लागि विभिन्न फरक फरक प्रकृतिका कार्यक्रम निरन्तर रुपमा गर्दै आएको छ ।

भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...

भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...

मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...

निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाता

  शान्ति निहारिकाद्वारा लिखित  “चट्याङको मूर्च्छना” उपन्यास  लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...

सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददाता

मन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...

मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददाता

पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...

.