कालिञ्चोक वागमती प्रदेशकै सातौ बालमैत्री गाउँपालिका
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
चैत १२
दोलखाको कालिञ्चोक वागमती प्रदेशकै सातौ बालमैत्री गाउँपालिका घोषणा भएको छ । नेपाल सरकारका पूर्व मन्त्री एवं संघीय सांसद पार्वत गुरुङले कालिञ्चोक गाउँपालिका वागमती प्रदेशकै सातौ बालमैत्री गाउँपालिका भएको घोषणा गर्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका सांसद गुरुङले वालमैत्री स्थानीय तहका सूचकहरु महत्वपूर्ण कुरा भएकोले गाउँपालिकाका सबै पक्षहरुले यसलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो । बालमैत्री घोषणासंगै सबै पक्षले बालबालिकाको हितमा लागिपर्नुपर्ने बताउनुभयो । बाल विकासलाई राष्ट्रिय गौरवका कार्यक्रम बनाएर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले बालमैत्री गाउँपालिका मात्र होइन व्यवहारिक बनाउन जोड दिनुभयो । यसैबीच बालकोष स्थापना र सञ्चालन, ४८ वटा बाल क्लव‚ पालिका स्तरीय २ र वडा स्तरीय ८ बाल सञ्जाल गठन तथा परिचालन जस्ता कार्यहरु सूचक पुरा गरी बालमैत्री गाउँपालिकाका लागि योग्य भएको भन्दै प्रमुख पाण्डेले वालमैत्री गाउँपालिका घोषणा प्रमाणपत्र समेत गाउँपालिका अध्यक्ष विन कुमार थामीलाई हस्तारण गर्नुभएको थियो ।
बालमैत्री स्थानीय शासनको अवधारणा सम्बन्धी गाउँपालिकाका पदाधिकारी र अन्य सरोकारवालाई अभिमुखीकरण, बालमैत्री स्थानीय शासन गाउँस्तरीय र वडा स्तरीय समिति गठन परिचालन, वस्तुगत विवरण तयारी र प्रकाशन लगायतका कार्य सम्पन्न गरी घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।
बालमैत्री स्थानीय शासन सूचकको स्थानीयकरण, नीति‚ निर्देशिका र आचारसंहिता तर्जुमा, पालिका तथा वडामा बालअधिकार समिति गठन परिचालन, सम्पर्क शाखा र सम्पर्क व्यक्तिको व्यवस्था, स्रोत परिचालन सहितको प्रतिबद्धता, बालमैत्री स्थानीय शासन कार्यान्वयन र दीगोपनको लागि बालभेलाबाट समेत माग गरिएका योजना समेत समेटी पाँच वर्षको लागि लगानी योजना तयारी गरी घोषणा गरिएको गाउँपालिका उपाध्यक्ष कालिका पाठकले कार्यक्रममा जानकारी गराउनु भएको थियो ।
गाउँपालिका अध्यक्ष विन कुमार थामीको अध्यक्षतामा भएको घोषणासभामा संघीय सांसद पार्वत गुरुङ,जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे,भीमेश्वर नगर प्रमुख भरत केसी, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा,सिविन नेपालका अध्यक्ष माधव प्रधान,भीमेश्वर नगरपालिकाका वरिष्ठ सामाजिक विकास अधिकृत नारायण प्रसाद सेर्ढाई,शिक्षक महासंघ कालिञ्चोक गाउँपालिकाका अध्यक्ष दाताराम नेपाल,विभिन्न पार्टीका प्रतिनिधि,पत्रकार,संघसंस्थाका प्रमुख एवं प्रतिनिधिको आतिथ्यता थियो । कार्यक्रममा गाउँपालिकाका विभिन्न विद्यालयका बालबालिको आकर्षक प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले गर्नु भएको थियो ।
कालिञ्चोक गाउँपालिकाले “बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका‚ २०७८“ ले व्यवस्था गरेका ५१ सूचक पुरा गरी बालमैत्री घोषणा गरेको हो । गाउँ पालिकामा १८ वर्षमूनिका १५ हजार १ सय ८९ जना बालबालिका रहेका छन् । बालमैत्री पालिका घोषणाको लागि गाउँपालिकाले ९ वटै वडामा बाल सञ्जाल, बालमैत्री शाखा बनाएर अभियानलाई अघि बढाएको छ ।
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...
बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददातानेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...
दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...
कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...