महिलाः जनसङ्ख्यामा बढी मतदातामा कम
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
नेपालमा पुरुषभन्दा महिलाको जनसंख्या बढी भए पनि मतदातामा भने पुरुष बढी रहेका छन् । निर्वाचन आयोगले भर्खरै सार्वजनिक गरेको तथ्याङ अनुसार दोलखा जिल्लामा पनि महिला मतदाताको सङ्ख्या कम रहेको छ । आयोगका अनुसार दोलखामा ८० हजार ५ सय १७ पुरुष र ७९ हजार ५ सय ७९ जना महिला मतदाता रहेका छन् ।
दोलखा जिल्लामा भीमेश्वर नगरपालिकामा २६ हजार ८ सय ३३ जना,जिरी नगरपालिकामा १४ हजार ५८ जना, शैलुङ गाउँपालिकामा १९ हजार ३ सय ३०, कालिञ्चोक गाउँपालिकामा १८ हजार ६ सय ६१, मेलुङ गाउँपालिकामा १८ हजार १ सय ५३ तथा बैतेश्वर गाउँपालिकामा १७ हजार ४ सय ६२ जना मतदाता रहेका छन् । यसैगरी तामाकोशी गाउँपालिकामा १५ हजार ८ सय ३५ जना, गौरीशङ्कर १५ हजार ३ सय ४१ र विगु गाउँपालिकामा १४ हजार ४ सय २३ जना मतदाता रहेका छन्। ।
जिल्लामा सबैभन्दा बढी भीमेश्वर नगरपालिका र सबैभन्दा कम जिरी नगर रहेको छ । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि दोलखामा १ लाख ६० हजार ९६ जना मतदाता रहेका छन् भने ९४ वटा मतदानस्थल र १ सय ९३ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।
आयोगका अनुसार ८९ लाख ९२ हजार १० जना पुरुष र ८७ लाख ४१ हजार ५ सय ३० जना महिला मतदाता छन् । २०७४ को स्थानीय तह निर्वाचनमा पुरुष मतदाता महिलाभन्दा ८६ हजार २६ जना धेरै थिए । कुल मतदाता पुरुष बढी भए पनि वाग्मती, गण्डकी र सुदूरपश्चिममा भने महिला मतदाता बढी छन् । प्रदेशगत रूपमा सबैभन्दा बढी मतदाता वाग्मती प्रदेशमा छन् । आयोगका अनुसार वाग्मतीमा ३४ लाख १२ हजार ८ सय ६९ जना छन् । यसमध्ये पुरुष १७ लाख ४ हजार ८ सय ९८ र महिला १७ लाख ७ हजार ९ सय ४२ जना छन् ।
प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४ मतदाता रहेकामा पुरुष १६ लाख ९९ हजार र महिला १६ लाख ४७ हजार छन् । मधेस प्रदेशमा ३३ लाख ३१ हजार १ सय ७० मतदातामध्ये १७ लाख ९७ हजार ९ सय ४५ पुरुष मतदाता छन् । गण्डकीमा १७ लाख ८९ हजार ४ सय ११ मतदाता रहेकामा ८ लाख ६४ हजार ४ सय ५२ पुरुष र ९ लाख २४ हजार ९ सय ४८ महिला मतदाता छन् ।
लुम्बिनीमा ३२ लाख १९ हजार ४ सय ५७, कर्णालीमा १० लाख १ हजार २ सय ८२ मतदाता रहेको आयोगले जनाएको छ । सुदूरपश्चिममा १६ लाख ३२ हजार १ सय ५० मतदातामध्ये ८ लाख ६ सय ६२ पुरुष र ८ लाख ३१ हजार ४ सय ७० महिला मतदाता छन् ।
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
धरमघरबासीको फेरिएको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददातादोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...