भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

गौरीशङ्कर क्याम्पसले मनायो ४१ औं स्थापना दिवस

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

चैत्र १५
गौरीशंकर बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष आत्मकृष्ण श्रेष्ठले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा लाग्नु पर्ने समय आएको बताउनुु भएको छ । क्याम्पसको ४१ औँ वार्षिक स्थापना दिवसलाई सम्वोधन गर्दै योग्यताको प्रमाणपत्रसंगै सिपयुक्त जनशक्ती उत्पादन गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “ विषयगत ज्ञानले मात्र भित्री आँखा खोल्दैन,उच्च शिक्षा भित्री आँखा खोल्ने हुनुपर्छ । “
कार्यक्रममा मन्तव्य राख्दै उहाँले राजनीतिक नेतृत्वलाई पनि शैक्षिक क्षेत्रमा संवेदनशील भएर लाग्न सुझाव दिनुभयो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र मान्नधरको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख शान्त बहादुर केसीले क्याम्पसले क्याम्पसलाई हिमाली क्षेत्रको अध्ययन अनुसन्धान गर्ने केन्द्रको रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो । देशभरीकै अब्वल क्याम्पसको रुपमा चिनाउन दुरगामी परिकल्पनाको साथमा अगाडि बढ्दै गरेको योजना समेत सुनाउनुभयो ।
क्याम्पस प्रमुख शान्त केसीले गुणस्तर क्याम्पसका रुपमा स्थापित गर्दै अन्तराष्ट्रिय गुणस्तर चिन्ह प्राप्तितर्फ अग्रसर भएको प्रगतिका विषयमा जानकारी गराउनुभयो ।

साथै प्रेस काउन्सिल नेपालको अध्यक्ष बन्न सफल सञ्चालक समिति सदस्य बालकृष्ण बस्नेत र नेपाली पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएका सञ्चालक समिति सदस्य रमेश खतिवडालाई सम्मान गरिएको हो ।
कोराना भाइरस महामारीका कारण असमायिक निधन हुनुभएका क्याम्पसका सल्लाहकार तथा वागमती प्रदेश सभाका जननिर्वाचित सदस्य पशुपति चौलागाई,क्याम्पसका पूर्व विद्यार्थी समाजका अध्यक्ष श्रीकृष्ण दहाललाई योगदानको कदरस्वरुप स्मृतिमा मरणोपरान्त सम्मान पत्र प्रदान गरेको क्याम्पसले जनाएको छ । यसैगरी पनि सोही प्रकृतिको सम्मान पत्र क्याम्पसमा लामो समय शैक्षिक सेवा गर्नुभएका क्याम्पसका पूर्व प्राध्यापक एवं प्राध्यिापक सङ्घका पूर्व सभापति पुष्करनाथ पोखरेल,क्याम्पस सभा सदस्य स्वर्गीय रुपमा श्रेष्ठको स्मृतिस्वरुप मरणोपरान्त सम्मान पत्र प्रदान गरिएको हो ।

सभामा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य दिनेशराज शिवाकोटी, ¥भीमेश्वर नगरपालिकाका प्रवक्ता हरिवंश चौलागाई, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, शिक्षा विकास तथा समन्वय इकाई दोलखाका  प्रमुख शंकरबाबु श्रेष्ठ, नेपाली काङग्रेस जिल्ला कार्य समिति दोलखाका सदस्य राजन बस्नेत, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाई, विद्यार्थी गुणस्तर सर्कलकका अध्यक्ष गोपाल खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको अवसरमा रुपा फाउण्डेशन र क्याम्पस सञ्चालक समिति बीच व्यवस्थित पुस्तकालय कक्ष निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.