भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

नेकपा एमाले दोलखाले चैत २६ सम्म उम्मेदवार सिफारिस गरिसक्ने

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

चैत १८ शुक्रबार

नेकपा एमाले जिल्ला कमिटी दोलखाले चैत २६ गतेसम्म उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ । नेकपा एमाले स्थायी समिति सदस्य काशीनाथ अधिकारीको प्रमुख आतिथ्यतामा विहिवार सम्पन्न वैठकले उम्मेदवार सिफारिस गर्दा सकेसम्म सर्वसम्मत गर्ने नभए कम्तिमा एक महिलासहित ३ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
वैठकले जिल्ला कमिटी अध्यक्ष नरबहादुर श्रेष्ठको संयोजकत्वमा १ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन समेत गठन गरेको छ भने जिल्ला कमिटी उपाध्यक्ष राजेन्द्र मानन्धरको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन प्रचार समिति तथा नेकपा एमाले दोलखाका वित्त विभाग प्रमुख मुरारी शिवाकोटीको संयोजकत्वमा १५ सदस्यीय निर्वाचन प्रचार समिति गठन गरेको पार्टी सचिव हिरा कुमार थोकरले जानकारी दिनुभयो ।
यसैगरी वैठकले भीमेश्वर नगरपालिकाका भुवन केसी,गौरीशंकर गाउँपालिकाका निमा लामा र शंखनिमा शेर्पा,भीमेश्वर नगरपालिकाका श्याम लामालाई  जिल्ला कमिटिमा मनोनित गरेको छ ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय पोलिटव्युरो सदस्य आनन्द प्रसाद पोखरेल, पार्वत गुरुङ, केन्द्रीय सदस्य तथा दोलखा जिल्ला इन्चार्ज सरस्वति वस्नेत, केन्द्रीय सदस्य रचना खड्का, केन्द्रीय लेखा आयोग सदस्य शान्ति पाख्रिन, केन्दीय सम्पर्क समन्वय संयोजक श्याम वस्नेत, वागमती प्रदेश कमिटी सदस्य तथा दोलखा जिल्ला इन्चार्ज इश्वरचन्द्र पोखरेल र उपत्यका विशेष प्रदेश उपसचिव उर्मिला सुनुवार लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
वैठकमा गौरीशंकर गाउँपालिकाबाट जंगबहादुर गुरुङ र स्वयमबहादुर खड्का, वैत्यश्वरबाट माधव घिमिरे, जिरीबाट केशव कार्की, तामाकोसीबाट देवी शर्मा, मेलुङबाट अम्बिका गोले, शैलुङबाट थीरबहादुर मोक्तान, भीमेश्वरबाट नवीन लामा, कालिञ्चोकबाट इश्वरी दाहाल, विगूबाट कुमार खड्काले प्रतिवेदन प्रस्तुत गर्नुभएको नेकपा एमाले दोलखाले जनाएको छ ।

 

 

 

 

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.