शैलुङ ५ का स्थानीय खानेपानी समस्याबाट मुक्त
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
लामो समयदेखी खानेपानीको समस्या भोग्दै आएका दोलखा शैलुङ गाउपालिका वडा नम्बर ५ का स्थानीय उक्त समस्याबाट मुक्त भएका छन ।
२ दशकदेखी घण्टौ लगाएर खोला र खहरेको पानी बोकेर खादै आएका स्थानीयहरु अहिले घरमा नै धारा बनेपछि पानी बोकेर खानुपर्ने बाध्यताबाट मुक्त भएका छन ।
करिब ३ घण्टा लगाएर खोला र मुहानको पानी बोकेर खादै आएका दोलखा शैलुङ गाउपालिका वडा नम्बर ५ का ६१ धरधुरीका स्थानीय ट्याकी सहित धारा निर्माणपछि हर्षित भएका छन ।
वाटर एड नेपालको सहयोगमा सामुदायिक विकास मञ्चको ३८ लाख ३० हजार, शैलुङ गाउपालिकाको ६ लाख ४५ हजार र स्थानीयको जनश्रमदान ८ लाख ८७ हजारो लागतमा २ वटा ट्याकी निर्माण गर्नुका साथै ६१ घरमा धारा जडान गरेको हो ।
जनजाती र क्षेत्री समुदायको बसोबास रहेको उक्त वडाका ३ सय २३ जना खानेपानीबाट लाभन्वित भएका हुन ।
पालिकाको ५ वर्षे योजनामा नै घर ÷घरमा धारा पु¥याउने निती रहेकाले सोही अनुसार विभिन्न निकायसंग समन्वय गरिरहेको गाउपालिका अध्यक्ष भरत दुलालले बताउनुभयो ।
खानेपानीको बचत गर्न मिटर समेत जडान गरेका स्थानीयले पानीबाट उठेको रकम समुहमा जम्मा समेत गदै आएका छन ।
राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...