आधुनिक घर निर्माणसंगै महिलाहरु घर लिपपोत गर्नबाट मुक्त
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाताबिहान उठने बितिकै घर लिपपोतमा व्यस्त हुने दोलखाका महिलाहरु आजभोली फुसर्दिला देखिन थालेका छन ।
भुकम्पपछि दोलखामा मौलिकता झल्कने ढुङामाटोको घरहरु लोप भएपनि आधुनिक घर निर्माणसंगै महिलाहरु लिपपोतबाट भने मुक्ति पाएका हुन ।
भुकम्पपछि बनेका आधुनिक घरहरु सिमेन्ट प्लाष्ट्रर गरेर निर्माण गरेकाले रातोमाटो, गोबर, कमेरोको प्रयोग हराएको हो ।
रातोमाटो र कमेरो लिन जादा हरेक वर्ष मृत्युको खबरबाट भुकम्पपछि दोलखा मुक्त भएको छ ।
घर लिपपोतको लागी घण्टौ टाढा रातोमाटो खोज्न जाने महिलाहरु आजभोली गाउ÷घरमा हुने भेला बैठकमा सहभागी हुन फुर्सद समेत पाएका छन ।
२०७२को भुकम्पपछि ३ तल्ले ढुङामाटोको मौलिकता झल्कने घरहरु आजभोली गाउ÷घरमा देख्न मुस्किल पर्न थालेको छ ।
आधुनिक घर निर्माणसंगै ग्रामीण भेगका महिलाहरु लिपपोतबाट लाग्ने समय अन्य काममा खर्च गर्न थालेका छन ।
४ बजेदेखी उठेर घर पोत्नुपर्ने समस्याबाट अहिलेको छोरीबुहारीले मुक्ति पाएको बुढापाकाहरुको भनाई छ ।
दोलखामा भुकम्पपछिको ६ वर्षमा ६५ हजार ६ सय ६३ निजी आवास निर्माण भएको जिल्ला आयोजना कार्यन्वयन इकाई भवनले जनाएको छ ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...