हुराडेक नेपाल दोलखाको साधारणसभा सम्पन्न
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाताहुराडेक नेपाल दोलखाको २९ ओैँ साधारणसभा तथा ३० ओैँ वार्षिक उत्सव कार्यक्रम दोलखा सदरमुकाम चरिकोटमा आज सम्पन्न भएको छ ।
मानव अधिकार सामाजिक न्याय र पारदर्र्शीताको लागि हाम्रो खबरदारी, विकासको लागि स्थानीय सरकारसँग हाम्रो साझेदारी भन्ने मुल नाराका साथ साधारणसभा तथा वार्षिकोत्सव सम्पन्न भएको हो । साधारणसभाको अवसरमा सस्थाका संस्थापक अध्यक्ष स्वर्गीय पशुपति चौलागाईको सम्झनामा संस्थाले स्थापना गरेको, स्वर्गीय पशुपति चौलागाँई मानव अधिकार तथा सामाजिक सेवा पुरस्कारबाट हुराडेक नेपाल दोलखाका पुर्व अध्यक्ष तथा मानव अधिकारको क्षेत्रमा काम गर्दै आउनु भएका सामाजिक अभियन्ता होम प्रसाद पाठकलाई नगद १० हजार १ सय रूपैयाँ सहित सम्मान गरिएको छ । हुराडेक नेपाल दोलखाका अध्यक्ष उद्वव प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा भिमेश्वर नगरपालिका मेयर भरत बहादुर केसीले संस्थाले मानव अधिकारको क्षेत्रमा काम गर्दै आएकाले नागरिकहरुलाइ मानव अधिकारको कुुरासगैँ कर्तव्य पालनाको कुरा पनि सिकाउनु पर्ने आजको आवश्यकता रहेको बताउनु भयो ।
कार्यक्रममा तामाकोसी गाउँपालिका अध्यक्ष ईश्वर चन्द्र पोखरेल, नेपाल पत्रकार महासघका केन्द्रीय सदस्य रमेश खतिवडा, नेपाल बार एसोसिएशन नेपाल दोलखाका अध्यक्ष कृष्ण बस्नेत, मानव अधिकार एलायन्सका महासचिव एंव संस्थाका पुर्व अध्यक्ष होम प्रसाद पाठक, नेपाल पत्रकार महासघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाई, पुर्व अध्यक्ष जीवन लामा, संस्थाका उपाध्यक्ष रूपा वयलकोटी लगायतले मन्तव्य व्यक्त गर्दै हुराडेक नेपाल र मानव अधिकार पर्यावाची शब्द बनेको भन्दै नागरिकको मुद्धा धेरै रहेकाले नागरिकको अधिकार प्राप्तिको लागि काम गर्न आग्रह गर्नु भयो ।
यस्तै साधारण सभाले पुन ः उद्धव प्रसाद पोखरेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ ।
कार्यसमितीको उपाध्यक्षमा रुपमाया बयलकोटी, सचिवमा जीवसराज खड्का, सहचिवमा जीत बहादुर तामाङ्ग, कोषध्यक्षमा सुजता शिवाकोटी, सदस्यहरुमा गंगा बहादुर पौडल, मेनुका सुुवेदी, शर्मिला थापा र रजिना सुनुवार रहनु भएको छ । लेखा समिती संयोजकमा धुव्र आचार्य र सदस्यमा छिरिङ्ग शेर्पा चयन हुनु भएको छ ।
स्वर्गीय पशुपति चौलागाँई मानव अधिकार तथा सामाजिक सेवा पुरस्कारबाट मानव अधिकारर्की पाठक सम्मानित
हुराडेक नेपाल दोलखाले स्वर्गीय पशुपति चौलागाईको सम्झनामा स्वर्गीय पशुपति चौलागाँई मानब अधिकार तथा सामाजिक सेवा अक्षय कोष स्थापना गरेको छ ।
प्रदेश सांसद समेत रहनु भएका चौलागाँइको कोरोनाका कारण गएको बैशाखमा मृत्यु भएको थियो । स्वर्गीय चौलागाँईले हुराडेक नेपाल दोलखाको संस्थाको संस्थापक अध्यक्ष समेत रहनु भएको र हुराडेक नेपाल स्थापनाको लागि उहाँ योगदान रहेको भन्र्दै संस्थाले उहाँको सम्मानको लागि १ लाख ११ हजार १ सय रुपैया बराबरको अक्षय कोष स्थापना गरिएको संस्स्थाका सचिव जिवसराज खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाले संस्थाको वार्षिक साधारण सभाको अवसरमा सो कोष बाट मानब अधिकार तथा सामाजिक क्षेत्रमा काम गर्ने एक जना व्यक्तिलाई स्वर्गीय पशुपति चौलागाँई मानव अधिकार तथा सामाजिक सेवा पुरस्कार वितरण गरिने बताइएको छ । यस वर्ष भने सस्थाका संस्थापक अध्यक्ष स्वर्गीय पशुपति चौलागाईको सम्झनामा संस्थाले स्थापना गरेको, स्वर्गीय पशुपति चौलागाँई मानब अधिकार तथा सामाजिक सेवा पुरस्कारबाट हुराडेक नेपाल दोलखाका पुर्व अध्यक्ष तथा मानव अधिकारको क्षेत्रमा काम गर्दै आउनु भएका सामाजिक अभियन्ता होम प्रसाद पाठकलाई नगद १० हजार १ सय रूपैयाँ सहित सम्मान गरिएको छ । पाठकले हुुराडेक नेपाल दोलखाको अध्यक्ष रहेर लामो समय काम गर्नु भएको थियो ।
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
धरमघरबासीको फेरिएको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददातादोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...