शताब्दीपछि दोलखामा ‘हरिसिद्धी’ नाच
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
प्रमिला सेढाई
२०७८ चैत्र २३
करिब दुई शताब्दीपछि जिल्लाको प्राचीन शहर अभयपुरमा हरिसिद्धी नाच फर्किएको छ । २०४२ सालमा अमेरिकी सोधकर्ता डा. लिण्डा इल्टीसले आफ्नो लेखमा दोलखामा हरिसिद्धी नाच देखाउन गरेको उल्लेख गरेका आधारमा खोजी गर्दा डवली भेटियो । सोधकर्ता इल्टीसले नाच देखाउन डवलीको फोटो समेत लेखमा उल्लेख गरेको आधारमा डवलीको खोजी गरिएको थियो । फागुनमा हरिसिद्धी नाचका देवगणहरुसहित स्थानीयले दोलखाको तल्लो टोलमा नाच देखाउने चक्र डवली फेला परेका थिए ।
विक्रम संवत १६१६ मा तत्कालिन मल्ल राजा अमर मल्ले उक्त जात्रा दोलखामा पनि ल्याईने गरेको देवमाला वंशावलीमा उल्लेख भएको आधारमा सोधकर्ताको लेखमा छ । तर यहाँ “कहिलेदेखि यो नाच ल्याईन्थयो यो कुरा भने कतैबाट अध्ययन नभएको बरिष्ठ कलाकार मदनदास श्रेष्ठले बताउनु भयो । ‘चक्र डवलीको उल्लेख गरेको लेखका आधारमा हामीले खोजी गरेका हौं,’ उहाँले भन्नुभयो, ‘नाच देखाउने डवली भेटिएपनि हरिसिद्धीको इतिहास भने फेला पारेका छैनौं ।’ नेपालकै पुरानो नाच दोलखामा पनि ल्याईने गरेको पुष्टि भने भएको उहाँले बताउनुभयो । ललितपुरको प्रसिद्ध १२ बर्षे हरिसिद्धी जात्रा दोलखामा शताब्दीपछि प्रर्दशन गरेको उहाँले बताउनु भयो । ‘इतिहास र प्रमाणका आधारमा शताब्दी पछि जात्रा दोलखामा प्रर्दशन भएको छ,’ उहाँले भन्नुभयोे ‘अब यो जात्रा कहिलेदेखि दोलखामा ल्याईने गरेको थियो त्यस्को अध्ययन गर्ने छौं ।’ जात्रा प्रर्दशनका लागि ललितपुरबाट करिब सय जना देवगणसहित दोलखा आएको शान्त श्रेष्ठले बताउनुभयो । ‘हरिसिद्धी देवीको जात्रा नेपालकै पहिलो मुकुट जात्रा हो,’ उहाँले भन्नुभयो, ‘त्यसमाथि शताब्दीपछि यो जात्रा दोलखामा पनि ल्याईने गरेका तथ्य प्रमाण फेला पारेका छौं ।’ हरिसिद्धी नाचको चक्र डवली नजिकै हरिसिद्धी मन्दिर पनि रहेको उहाँको भनाई छ । ‘धेरै पुस्ता वितिसक्यो हामीले हरिसिद्धी मन्दिर मात्रै होला भनेका थियौ,’ उहाँले भन्नुभयो, ‘डवलीमा दसैं लगायका वेलामा कार्यक्रम हरु हुन्थे, तर यो डवलीमा १२ बर्षे नाचको देखाईने रहेछ ।’ दोलखामा पनि हरिसिद्धी नाच आउन पुनः शुरु भएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । आर्थिक रुपमा निकै मंगहो पर्ने यो नाच प्रर्दशनका लागि भीमेश्वर नगरपालिकाले सहयोग गरेको उहाँले बताउनुभयो । हरिसिद्धीका देवगण रमेश महर्जनका अनुसार भन्छन् हालै बित्नुभएका ९५ वर्षीय देवगणसमेतले आफ्नो जीवनकालमा दोलखा नपुगेको सुनाउनुभएको रहेछ । उक्त आधारमा यो नाच दोलखा नपुगेको कम्तीमा पनि एक शताब्दी भैसकेको अनुमान गर्न सकिने उहाँले भन्नुभयो । हरिसिद्धी नाचकै कारण दोलखालाई थप प्राचिन शहरका रुपमा चिन्न सजिलो भएको भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले बताउनु भयो । ‘नेपालकै पुरानो नाच दोलखामा पनि ल्याउने चलन छ भनेर पुष्टि गरेका छौं,’ उहाँले भन्नुभयो ‘भविष्यमा यो नाचकै कारण ललितपुर र भीमेश्वरको सा“स्कृतिक सम्बन्ध थप मजबुत बन्ने छ ।’ हरिसिद्धी नाचका कारण ललितपुर महानगरपालिका र भीमेश्वर नगरपालिकाविच भगिनी सम्बन्ध गा“सिएको उहाँले भन्नुभयो ।
हरिसिद्धी नाच चक्रवती राजा विक्रमादित्य भारतबर्षमा शुरु भएको मान्न्छि । विक्रम संवत १५६० मा मल्कालिन राजा महेन्द्र मल्ले ९ वटा मुकुट थपेर उपत्ययमा ललिपुर र पशुपतिसहित बाहिर पनौती,धुलीखेल र दोलखामा १२ बर्षमा प्रर्दशन गर्ने परम्परा चलाएको उल्लेख छ ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...