भर्खरै प्रकाशित: राउत गाउँको रायोको साग बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त

आगलागी व्यवस्थापन तालिम समापन

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

प्रमिला सेढाई

भीमेश्वर नगरपालिकामा आगलागी व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
भीमेश्वर नगरपालिकाको आयोजना एवम् य ुएस ए आइडी तयार नेपाल परियोजनाको आर्थिक सहयोग तथा हिमालयन इस्टिच्युट अफ फायर एण्ड इमर्जेन्सी सभिसेज (हाइफेस) को प्राविधिक सहजिकरणमा भीमेश्वर नगरपालिकाका फायर ब्रिगेड कर्मचारी र स्वयमसेवकहरुको आयोजना गरिएको तालिम समापन गरिएको हो ।
समापन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख भरत बहादुर केसीले अग्नि नियन्त्रणको लागि गृहिणी महिलाहरु सबैलाई सचेतीकरणको आवश्यता रहेको धारणा राख्नुभयो । उहाँले प्रत्येक वडामा जनशक्ति विस्तार गरी दक्ष जनशक्तिलाई न्यूनतम निर्वाह खर्च उपलब्ध गराउन समन्वय गर्दै जार्ने प्रतिबद्धता जनाउनु भएको छ ।
मन्तव्यको क्रममा उपप्रमख कमला बस्नेतले फायर ब्रिगेडको तालिमबाट फायर फाइटरले सजिलै अग्नि नियन्त्रण गरेको नमूना अभ्यासबाट देखिएको हुँदा समुदाय स्तरमा पनि सजिलै अग्नि नियन्त्रण गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
सहभागी शारदा कटुवालले तालिम वडा तथा टोलटोलमा सञ्चालन गरी जनशक्ति विकास गर्नु पर्ने, फायर फ्राइटर तालिम उपयोगी भएको र सँधै सिकेका सीपको उपयोग गर्ने वताउनुभयो । यसैगरी अर्का सहभागी शीव खड्काले तालिम वडा स्तरसम्म सञ्चालन गर्नुपर्ने, लामोसमयको तालिमको व्यवस्थापन गर्नुपर्ने सुझाव दिँदै सिकेको सीपको पूर्ण उपयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

तालिमको महिला प्रशिक्षार्थी प्रमिला काफ्ले न्यौपानेका अनुसार महिला भएर घरमा मात्र सिमित रहेको अवस्थामा यस अवसरले समाजमा आगो नियन्त्रण र व्यवस्थापन गर्न उत्पे्ररित गराएको छ ।

सात दिनसम्म सञ्चालित कार्यक्रममा प्रशिक्षक उमेश सखाकर्मी, नवराज भुसाल विशाल काफ्ले, आकाश पाण्डे, उज्वल प्याकुरेलले सहजिकरण गर्र्नु भएको थियो भने तालिमको संयोजन शुशिल राउतले गर्नुभएको थियो ।
सातदिनसम्म सञ्चालित तालिममा फायर सेफ्टी, फायर फाइटिङ,आगलागिमा परी घाइते भएका र बन्दी भएका व्यक्तिको उद्दार, फायर व्रिगेड व्यवस्थापन विषयमा जानकारी गराइएको थियो ।
भीमेश्वर नगारपालिकाका नगर प्रमुख भरत बहादुर केसीको अध्यक्षतामा सम्पन्न समापन समारोहमा उपप्रमुख कमला बस्नेत, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का, वन तथा वातावरण विकास समितिका संयोजक नविन लामा कार्यालयका शाखा प्रमुखहरु,नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति गोकर्ण पोखरेल, हाइफेसका अध्यक्ष शुशिल राउत, विपद व्यवस्थापन फोकल पर्सन सुरेश राउत, प्रशिक्षकहरु र सहभागी लगायतको उपस्थित रहेको थियो ।
तालिममा भीमेश्वर नगरकार्यपालिकाका कर्मचारी र स्वयमसेवकहरु ४ जना महिला सहित जम्मा १५ जनाको सहभागिता रहेको आयोजकको भनाइ छ ।

 

राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  त्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...

अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाता

  विरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

.