प्रदेश सांसद मार्फत सुन्द्रावती आधारभुत विद्यालय निर्माणको काम सुरु
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
७ वर्षदेखी विद्यालय भवन नबनेपछि बागमती प्रदेश सरकारले दोलखाको सुन्द्रावती आधारभुत विद्यालयमा भवन निर्माणको काम थालेको छ ।
भुकम्पपछिको ७ वर्षमा जिल्लाका सबै स्थानमा आधुनिक विद्यालय भवन निर्माण भएपनि यस विद्यालयले अहिलेसम्म पनि पक्की भवन पाउन सकेको थिएन ।
दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर १ स्थित सुन्द्रावती आधारभुत विद्यालयमा भवन नहुदा बालबालिका कोही साघुरो जस्ताको टहरामा बसेर पढिरहेका छन भने कोही भ¥याङ मुनीको बाकी भागमा बसेर पढिरहेका छन ।
भवन निर्माणको लागी यो वर्ष प्रदेश सांसद रचना खडका मार्फत सांसद विकास कोषबाट १४ लाख प्राप्त भएको विद्यालयका प्रधानाध्यापक भरत श्रेष्ठले बताउनुभयो ।
प्रदेशबाट भिमेश्वर नगरपालिकामा बजेट प्राप्त भएको र सम्झौताको काम सम्पन्न भइसकेको प्रअ श्रेष्ठले बताउनुभयो ।
उपभोक्ता समिती मार्फत निर्माणको काम थालेको उक्त विद्यालयमा ४ कोठे ट्रष्टको भवन निर्माण हुने विद्यालयले जनाएको छ ।
भुकम्पलगत्तै भारतीय राजदुतावासले विद्यालय बनाइदिने भनेर प्रतिवद्धता गरेपनि काम हुन सकेको थिएन भने पछि एडिबीले निर्माण गर्ने भनेर सबै प्रक्रिया पुरा गरी अन्तिममा हात छोडिदिदा बालबालिका अस्थायी टहरामा पढन बाध्य भएको विद्यालयले जनाएको छ ।
जिल्ला आयोजना कार्यन्वयन इकाईले विद्यालय व्यवस्थापन समिती मार्फत ४ कोठे भवन निर्माण गरिदिएको छ ।
४ कोठे भवन अफिस सञ्चालन गर्न नै अपुग रहेको विद्यालयका प्रअ श्रेष्ठको भनाई छ ।
बाग्मती प्रदेश सरकारमार्फत प्रापत बजेटले विद्यालय भवन निर्माणपछि बालबालिकामा अध्ययनमा केही सहजता हुने विद्यालयले जनाएको छ ।
विद्यालयमा थप ८ कोठा अझै अभाव हुने विद्यालय प्रशासनले जनाएको छ ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...