दोलखामा प्रमुख पदमा ५ सहित ४ सय ६९ महिलाको उम्मेरदवारी
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
चरिकोट – यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दोलखामा ४ सय ६९ जना महिलाले विभिन्न पदमा मनोनयन दर्ता गराएका छन् । ९ वटा स्थानीय तहमा अध्यक्ष पदका लागि स्वतन्त्र सहित ५ जनाले मनोनयन दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले उपलव्ध गराएको विवरण अनुसार अध्यक्ष÷प्रमुख पदका लागि ७७ जनाले उम्मेदवारी दिएका छन् जसमध्ये प्रमुख पदमा राप्रपाको तर्फबाट देवकी बुढाथोकी,मेलुङमा रुकुमाया तमाङले उम्मेदवारी दर्ता गराउनु भएको छ भने स्वतन्त्रबाट ३ जना महिलाले अध्यक्ष पदमा मनोनयन दर्ता गरेका छन् । अध्यक्ष पदमा मनोनयन दर्ता गराउनेमा विगुमा राधा मल्ल ठकुरी, गौरीशंकर गाउँपालिकामा अपकुमारी श्रेष्ठ,वैत्यश्वरमा भद्रमाया दहाल रहनु भएको छ ।
उपाध्यक्ष पदका लागि २५ जना महिलाले मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता गराउनेमा नेकपा एमालेका ९ जना, राप्रपाका ५ जना र सत्तारुढ गठबन्धनका २ जना,नेपाली काँग्रेस १ गरी,नेकपा माओवादीको तर्फबाट १ जना, जनता समाजवादीका ५ जना, जनसमाजवादीबाट १ जना ,एकीकृत समाजबादीबाट १ जना गरी २५ जना महिलाको उपाध्यक्ष पदमा उम्मेरदवारी परेको हो ।
प्रमुख पदमा ७७ जनाको उम्मेदवारी परेको छ जसमध्ये ५ जना महिला, उपप्रमुख पदमा ४० जनाको मनोनयन दर्ता भएको छ जसमध्ये सङ्ख्या २५ रहेको छ । महिला सदस्यमा २३० र दलित महिला सदस्यमा २०९ गरी दोलखामा ४ सय ६९ महिलाले मनोनयन दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन कार्यालय चरिकोटले दिएको जानकारी अनुसार भीमेश्वर नगरपालिकामा उपमेयर पदमा ६ जनाले मनोनयन दर्ता गराएका छन् ।
जसमध्ये नेकपा एमालेको तर्फबाट कमला बस्नेत, सत्तारुढ गठबन्धनको तर्फबाट संगीता तमाङ,नेकपा माओवादीको तर्फबाट रामदेवी श्रेष्ठ,जनता समाजवादी पार्टीबाट कुमारी मगरले उपमेयरमा उम्मेरदवारी परेको छ भने जिरी नगरपालिकामा ५ जना उपमेयर उम्मेरदवारी परेको छ जसमध्ये ३ जना महिला रहेका छन् । नेकपा एमालेको तर्फबाट कृष्णमाया बुढाथोकी ,राप्रपाको सृष्टि न्यौपाने र जनता समाजवादी बाट कमलमाया सुनुवारले मनोनयन दर्ता गराउनु भएको छ ।
तामाकोशी गाउँपालिकामा ४ जना उपाध्यक्ष मध्ये ३ जना महिला रहेका छन् । नेकपा एमालेको तर्फबाट अम्विका पोखरेल,सत्तारुढ गठबन्धनको तर्फबाट सिर्जना सुवेदी,राप्रपाबाट सोनिका श्रेष्ठले मनोनयन दर्ता गरेका छन् ।
गौरीशंङ्कर गाउँपालिकामा नेकपा एमालेको तर्फबाट मुना शिवाकोटी र राप्रपाबाट यशोदा पाठकले मनोनयन दर्ता गरेका छन् ।
विगुमा उपाध्यक्ष पदमा ३ जनाले मनोनयन दर्ता गरेका छन् जसमध्ये नेकपा एमालेको तर्फबाट देविका थामी र राप्रपाको तर्फबाट सम्झना ठकुरीको उम्मेदवारी परेको छ ।
शैलुङ गाउँपालिका दोलखामा ५ जना उपाध्यक्षमा ४ जना महिलाको उम्मेदवारी परेको छ । नेकपा एमालेको तर्फबाट पार्वती थापा कार्की,राप्रपाको तर्फबाट इन्दिरा तमाङ,एकीकृत समाजवादी दिलमाया तमाङ,जनता समाजवादी पार्टी मञ्जुमाया तमाङ रहेका छन् ।
मेलुङ गाउँपालिकामा ६ जना उपाध्यक्ष मध्ये ३ जना महिला उम्मेदवार रहनु भएको छ । नेकपा एमालेको तर्फबाट गायत्री आर्चाय,स्वतन्त्रबाट इन्दिरा विश्वकर्मा,जन समाजवादी नेपालको तर्फबाट सावित्री दहालले मनोनयन दर्ता गराउनु भएको हो ।
वैत्यश्वरमा ५ जनाले उपाध्यक्ष पदमा मनोनयन दर्ता गरेका छन् जसमध्ये महिला २ जना रहेका छन् जसमा नेकपा एमालेबाट नविना लामा र नेपाली कागँ्रेसबाट कल्पना उप्रेतीले मनोनयन दर्ता गराउनु भएको छ ।
यसैगरी कालिञ्चोक गाउँपालिकामा ३ जना उपाध्यक्षले मनोनयन दर्ता गरेका छन् जसमध्ये १ जना नेकपा एमालेको तर्फबाट कविता थामी मात्र महिला उपप्रमुखको रुपमा रहनु भएको छ ।
सबैभन्दा बढी गौरीशंकर गाउँपालिकामा १८३ जनाको मनोनयन दर्ता भएको छ । यसैगरी भीमेश्वर नगरपालिकामा १७०, विगु गाउँपालिकामा १६७, मेलुङ गाउँपालिकामा १६५, तामाकोसी गाउँपालिकामा १४९, कालिञ्चोक गाउँपालिकामा १४८, जिरी नगरपालिकामा १४४, बैतेश्वर गाउँपालिकामा १५० जना र शैलुङ गाउँपालिकामा जम्मा २०९ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
।
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददातापुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...