लामो समय आवाज उठाएँ, अव परिवर्तन गर्छु ः देविका थामी
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
लामो समय महिला अधिकारका आवाज उठाएँ, अधिकार कार्यान्वयनमा लागि राजनीतिमा प्रवेश गरेको हुँ – विगु गाउँपालिका उपाध्यक्ष पदकी उम्मेदवार देविका थामीको भनाई हो ।
रेडियो शैलुङको वहसमुखी कार्यक्रम चुनावी कठघरा कार्यक्रममा आपनो योजना सार्वजनिक गर्दै सशक्तीकरण र समानतालाई प्राथमिकतामा राखेर काम गर्ने वताउनु भएको छ ।
नेकपा एमाले विगु गाउँपालिकाको तर्फबाट उपाध्यक्ष पदको उम्मेरदवार थामीले राजनीतिक,सामाजिक र साँस्कृतिक रुपमा महिलालाई सशक्त बनाउनु आवश्यकता रहेको धारणा राख्नु भएको हो ।
उहाँले भन्नुभयो,“स्थानीय तहको निर्वाचनमा पनि अरु दलले महिला सहभागितालाई वेवास्ता गरे । महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छैन् । महिलाको क्षमता विकासको लागि महिलाहरुलाई सर्वप्रथम बाहिर ल्याउने मेरो प्रयास रहन्छ । महिला हिंसा बन्द गर्ने सन्दर्भमा आफ्नो ठाउँबाट पहल गर्ने छु ।”
महिला आफै पनि माथि उठ्ने प्रयास गर्नुपर्छ । यो सबैको लागि पहिलो कुरा चेतनाको स्तर माथि उठ्नु पर्छ ,अगुवाहरुको काम चेतना जगाईदिने हो, निर्णाय तहमा पुगेर कार्यान्वयन गर्ने हो उहाँले बताउनुभयो ।
राजनीतिक र सामाजिक यात्रा
बुबा खेल बहादुर थामी र आमा बुधमाया थामीका ६ सन्तान मध्येकी देविका एक हुनुहुन्छ । वि.सं.२०३६ सालमामा जन्मिएकी देविका अहिले विगु गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेरदवार हुनु भएको छ । अहिले विगु गाउँपालिकाको नेकपा एमालेको तर्फबाट उपाध्यक्ष पदको उम्मेदवार हुनु भएको हो ।
अतिसिमान्तकृत थामी समूदायको प्रतिनिधित्व गर्दै उपाध्यक्षको पदको उम्मेरदवार देविका विद्यालय जीवन कालबाट निकै नै मेहनती र जेहेन्दार विद्यार्थी, अन्य गतिविधि मा अब्बल क्षमता थियो । उहाँको राजनैतिक यात्रा अनेरास्ववियुको प्रारम्भिक कमिटिमा आवद्धता संगै शुरु भएको हो
गाउँकै हिमालय माध्यमिक विद्यालय खोपाचागुमा माध्यमिक शिक्षा प्राप्त गर्न सफल थामीले जीवनमा निक्कै उचारचढावहरु पार गर्नु भएको छ । उहाँले विगत २० वर्षदेखि निरन्तर समाजमा रहेका विकृति,विसंगति,अन्याय र अत्याचारका विरुद्धमा आवाज उठाउँदै आउनु भएको छ । ०७२ सालको विनाशकारी भुकम्प होस या कोरोना महामारीको समयमा उहाँले समाजको उत्थान र पुनर उत्थानकोको लागि महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । सानैदेखि समाजको दुःख सुखमा साथ दिदै समाजका सबै वर्गसंग निक्कै परिचित हुनुहुन्छ । जातीय छुवाछुत अन्त्यको लागि लागि पर्ने प्रतिवद्धता रहेकोे छ । जल जमिन र जंगलमा स्थानीय युवा र महिलाको स्वामित्व बढाउने योजना रहेको बताउनु भएको छ ।
अखिल नेपाल महिला संघ जिल्ला कमिटी,नेकपा एमाले जिल्ला कमिटिको भूमिका निर्वाह गर्दै नेकपा एमाले दोलखाको १० औ जिल्ला अधिवेशनबाट पुनः जिल्ला कमिटि सदस्यमा निर्वाचित हुनुभएको छ भने नेपाल थामी समाजको जिल्ला सचिवको रुपमा क्रियाशील रहदै आउनु भएको छ ।
संघीयता पछिको पहिलो स्थानीय तहको निर्वाचन पछि पनि महिला उपाध्यक्ष पाउन नसकेको विगु गाउँपालिकाका लागि यो पटक पनि देविका एक मात्र महिला उपाध्यक्षको उम्मेरदवार बनेको कारण विगुबासीमा चर्चाको विषय बनेको छ । मुख्य गरी अति सिमान्तकृत थामी समूदाय र महिला र युवाको प्रतिनिधित्वको रुपमा उहाँलाई हेरिएको छ ।
नेकपा एमालेको करिव २ दशक लामो राजनीतिमा क्रियाशील देविका अहिले आफू जन्मिएको गाउँको विकास,पिछडा वर्गको उत्थानका लागि भन्दै चुनावी मैदानमा रहनु भएको छ ।
५ वर्षे योजना
सबै क्षेत्रमा महिलाको प्रतिनिधित्व र सहभागितालाई सुनिश्चित गर्ने
महिला हिंसा मुक्त पालिका बनाउने ।
जनताको पीर मर्कालाई प्रत्यक्ष सम्बोधन गर्न मेरो जनप्रतिनिधि मेरो संवाद टेलिफोन कार्यक्रम सञ्चालन गर्ने ।
समाजमा रहेका बेरोजगार युवाको पहिचान गरी सीपको विकाससंगै अवसरहरुको सिर्जना गर्ने
लगानीमैत्री वातावरण बनाई स्थानीय स्तरमा नै रोजगारको सुनिश्चित गर्ने ।
पालिकामा बहुजोखिम स्थान पहिचान गरी जोखिम न्युनीकरण र व्यवस्थापनसहित न्यायपूर्ण राहत प्रदान गर्ने ।
सीपमूलक र गूणस्तरीय शिक्षा प्रदान गर्ने
गाउँपालिकामा उद्योग र खानीको सम्भावना अध्ययनसंगै उद्योग स्थापनाको थालनी गर्ने
विगु गाउँपालिकालाई सञ्चारमैत्री बनाउने र गाउँपालिकामा जन्म भई विभिन्न सञ्चार माध्यममा काम गर्ने सञ्चार कर्मीलाई प्रोत्साहनका कार्यक्रम ल्याउने । साथमा उनीहरुको सीप र दक्षतालाई उपयोग गर्ने ।
भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...