सूचना र सञ्चारलाई अधिकारको रुपमा स्थापित गर्ने नेकपा एमाले विगु गाउँपालिकाको प्रतिवद्धता
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
सूचना र सञ्चारलाई जनताको अधिकारको रुपमा स्थापित गर्ने विगु गाउँपालिकाले प्रतिवद्धता जनाएको छ । गाउँपालिकाको घोषणापत्रमा सञ्चारकर्मीको प्रोत्साहनका लागि विभिन्न कार्यक्रम ल्याउने नीतिगत व्यवस्था गर्ने उल्ल्ोख गरेको हो ।
सूचना र सञ्चारको विकासका सन्दर्भमा नेकपा एमालेको विगु गाउँ कमिटिले सार्वजनिक गरेको घोषणापत्रमा गाउँपालिकामा जन्म भइ राष्ट्रिय स्तरका सञ्चारमाध्यममा एक दशकभन्दा बढी समय काम गरेका सञ्चारकर्मीलाई प्रोत्साहन स्वरुप नगद पुरस्कारको व्यवस्था गर्ने भनेको छ ।
गाउँपालिकाभित्र रहेका सञ्चार माध्यमलाई विज्ञापन लगायतका सुविधाहरु उपलब्ध गराई प्रोत्साह गर्ने नीति लिएको छ । यसैगरी पालिकामा रेडियो,एफ.एम र टेलिभिजन सञ्चालनका लागि प्रोत्साहन गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरेको छ ।
यसैगरी पालिकाको घोषणापत्रमा सही उम्मेदवारको चयन ः सुख शान्ति र अमनचैन ,एमालेको आव्हान ःगाउँवस्तीमा समाजवादको आधार निर्माण,भरपर्दो सामाजिक सुरक्षा,कृषिमा आधुनिकता र यान्त्रिकीकरण ः व्यवसायिक खेतीबाट आत्मनिर्भर, अर्थतन्त्र निर्माणजस्ता विषयलाई आकर्षक रुपमा उठाएको छ । उन्नत पशुपालनमा प्रोत्साहन,गाउँवस्तीमा भरपर्दो सडक,निरोगी र स्वस्थ जीवन,सीपमूलक र गुणस्तरीय शिक्षा जस्ता पक्षलाई प्राथमिकताका साथ उठाइएको छ ।
विगुको पर्यटनलाई धनसंग जोड्ने, भ्रष्टचाररहित,पारदर्शी,स्वच्छ शासन र जनउत्तरदायी प्रशासनलाई महत्व दिएको छ ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...