जनताहरूलाई उच्चतम पारदर्शी र भ्रष्टचार रहित सुशासन उपलव्ध गराउनेछौं –अच्युतम केसी कटवाल
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
नेपाल कम्युनिष्ट पार्टी दोलखा, विगु गाउँपालिका अध्यक्ष पदका उम्मेदवार अच्युतम केसी संगका कुृराकानी
विगु गाउँपालिकामा चुनावी सरगर्मी कसरी बढी रहेको छ ?
वलियो र प्रभावशाली संगठन, जनताको अपार साथ, सहयोग र समर्थन तथा विकास र समृद्धिका लागि हाम्रो स्पष्ट दृष्टिकोण, एजेण्डा र त्यसलाई सफल पार्ने हाम्रा प्रतिवद्धताका कारण विगुमा एमालेको पक्षमा चुनावी सरगर्मीको तापमान ह्वात्तै बढेको छ । सूर्यका अगाडि हाम्रा प्रतिस्पर्धी पार्टीहरू मलिन हुंदै गई रहेको सर्वत्र महसुस भएको छ । विगुवासी जनताहरू आफ्नो अमूल्य मतदान सूर्यचिन्हमा प्रदान गरी नेकपा (एमाले) को सबै तहका उम्मेदवारलाई विजय गराउन वैशाख ३० गतेका दिनको व्यग्र प्रतिक्षामा रहेका छन् । समग्रमा चुनावमा विजय हुने सुनिश्चिताका कारण हामीमा जिम्मेवारी र दायित्वबोधको तातोपना र प्रतिस्पर्धी पार्टीहरूमा पराजयको सुनिश्चितताले गर्दा यस्तो गर्मीको मौसममा पनि चिसोपना बढीरहेको छ ।
विगुमा नेका र माकेबीच चुनावी गठवन्धन बनेको अवस्थामा नेकपा (एमाले) ले चुनवामा विजय प्राप्त गर्न सक्छ भनेर कसरी विश्वास मान्न सकिन्छ ?
उत्तर ः एउटा कुरा नेका र माकेबीच चुनावी गठवन्धन बनेको छ भन्ने यहाँको प्रश्न ठिकै हो । तर नेका र माकेबीचको गठवन्धन, सिद्धान्तहिन, नीतिहिन, उदेश्यहिन र अपाकृतिक गठवन्धन हो भन्ने कुरा घाम जतिकै छर्लङ्ग छ । यो दलका बीच भएको गठवन्धन हो, जनताकाबीच भएको गठवन्धन होइन । विगुका मतदाता आफ्नो पालिकाको सरकार नानाथरीका गेडगुडी जोहो गरेर बनाएको खिचडी सरकार बनाउन चाहँदैनन् । सिङ्गो, सग्लो र जल्दोवल्दो एमालेको पालीका सरकार बनाउन चाहन्छन् । हिजो ०७४ सालमा गठवन्धनलाई विजय गराउँदा विगु र विगुवासीको विकास र परिवर्तनको चाहनामा ठेस लागेको कुरा सबै जानिफकार छन् । फरक पार्टीका फरक–फरक अध्यक्ष र उपाध्यक्षबीच हुने तानातान र छिनाझप्टीले विगु पछाडि परेको कुरा मतदाताहरूले राम्रोसंग अनुभुत गरेका छन् । हिजो जितेर पनि जनताको दिल र मन छुने काम गर्न नसकेकाले नेका र माकुनेलाई अहिले एकला–एकलै चुनाव लड्ने आँट नआएको हो । उहाँहरूले आफु निर्वाचित भएपछि जनतालाई प्रभाव पार्न सक्ने काम गरेको भए एकलै प्रतिस्पर्धाको साहस गथ्र्ये होलान । यी सबै लक्षणहरूले गठवन्धन खरानीको डोरी जतिको पनि बलियो छैन भन्ने तथ्य प्रष्ट छ । यसकारण धार्नीको एमालेसंग विसौलीको गठवन्धनले चुनावमा जितको ओजन पु¥याउन सक्दछ भन्ने यहाँको प्रश्न यथार्थ परक हुंदैन ।
तपाईले भने जस्तै विगु गाउँपालिकामा एमालेले चुनाव जित्ने गरी जनताको मनछुने एजेण्डा के के हुन् ?
सर्वप्रथम हामी विगु पालिकामा सामान्य घिसेपिटे वा दिन विताउने, मानो पचाउने दृष्टिकोण र सोचाई राख्ने पार्टी होइनौ । हामी विगुको आर्थिक, सामाजिक, साँस्कृतिक लगायत सबै क्षेत्रमा आमूल परिवर्तन गर्ने उदेश्य र लक्ष्य लिएका पार्टी हौं । झिंनो सुधारमा रमाउने र पाँचवर्षको समय र स्रोतसाधनलाई त्यतिकै भुर्दक्षिणा गर्ने चिन्तनबाट नेकपा (एमाले) मुक्त छ । सर्वप्रथम हामी पदवहाली गरेकै दिनबाट पार्टीले सार्वजानिक गरेका घोषणा र प्रतिवद्धतामा केन्द्रित रही विगुको विकास र समृद्धिका तात्कालिन, मध्यकालिन र दीर्घकालिन विकासको गुरूयोजना (ःबकतभच एबिल) बनाउन लाग्नेछौं । कृषि, जलस्रोत, पर्यटन र भौतिक पूर्वाधार विकासमा हाम्रो अर्जुनदृष्टि रहने छ । विकासका हरेक क्षेत्रमा आवश्यक पर्ने योग्य जनशक्ति विकास गर्न हामी त्यतिकै महत्वकासाथ लाग्नेछौं । खागगरी प्राविधिक जनशक्ति उत्पादनमा हामी विशेष ध्यान दिनेछौं । हाम्रो सपना छ, विगुका जनशक्ति अन्य ठाउँकोभन्दा योग्यतम जनशक्ति हौंन, सबै ठाउँबाट विगुको जनशक्तिको माग बढोस् । यसका लागि शैक्षिक विकास हाम्रो पहिलो प्राथमिकता अन्तर्गत पर्ने छ । जनतालाई निरोगी विगुको अवधारणा अन्तर्गत स्वास्थ्य सेवा उपव्ध गराउन, त्यस सम्वन्धी सबै प्रकारका पूर्वाधार विकासमा जोड् दिनेछौं । विगु पर्यटनका लागि जादूमयी आकर्षणको थलो हो । पर्यटकहरूलाई तान्ने, लोभ्याउने र खिच्ने चुम्बकत्व विगुले बोकेको छ । त्यसकारण पर्यटन क्षेत्रको विकासमा हाम्रो दृढ अठोट छ र अठोट रहन्छ । विगु जलस्रोत विकासको त्यतिकै विराट सम्भावना भएको स्थल हो । सिंचाई, विद्युत र जलपर्यटन विकासमा हाम्रो आसाध्य लगाव हुने छ । हामी सुद्ध र खनिजयुक्त पिउने पानीको निर्यात गर्ने सम्भावनालाई पनि प्राथमिकता दिनेछौं । विगुलाई हामी अर्गानिक खेतीको स्थल स्थान बनाउनेछौं । व्यवसायिक र आधुनिक खेतीका लागि सबै प्रकारका योजनाहरू हामी अगाडि सार्नेछौं । कृषिक्षेत्रमा प्रविधि र मेशीनको वहु–उपयोगमा हामी तल्लीन रहने छौ । जनताहरूलाई उच्चतम पारदर्शी र भ्रष्टचार रहित सुशासन उपलव्ध गराउनेछौं । वडा र गाउँपालिकाका तर्फबाट छिटोछरितो प्रकारले सेवासुविधा उपलव्ध गराउनेछौं । विगु सँस्कृतिको संगलस्थल हो । विभिन्न जातजातिका धर्म, संस्कृति, भाषा र भेषभुषा यहाँको अमूल्य निधिका रूपमा रहेका छन् । यी सबैको हामी रक्षा, विकास र विस्तार गर्नेछौं । हाम्रा यिनै प्रतिवद्धताहरूले विगुका मतदाताहरूको मन छोएको छ र हाम्रो जित सुनिश्चित बनेको छ ।
तपाईको भन्दा तपाईको प्रतिस्पर्धीहरूको एजेण्डा गतिला छन् भन्ने ठान्नु हुन्न् ?
उक्तर ः विगुमा मेरोभन्दा मेरो प्रतिस्पर्धीहरूको एजेण्डा गतिला छन् की ? भन्ने यहाँको प्रश्न, प्रश्नका लागि मात्र हुन्छ । उहाँहरूसंग गतिला एजेण्डा त परैजाओस सामान्यभन्दा सामान्य एजेण्डा पनि छैन । एकप्रकारले उहाँहरू एजेण्डा विहिनको अवस्थामा हुनुहुन्छ । जनताको जीबनस्तरलाई सुधार र परिवर्तन गर्ने उहाँहरूको दृष्टिकोण, नीति, कार्यक्रम र योजनाहरूको ठूलो खडेरी देखिन्छ । विगुमा यसभन्दा अगाडि नेपाली काँग्रेस र माओवादी केन्द्रकै नेतृत्व थियो । पाँचवर्षसम्म उहाँहरूले गरेका कामहरूमा नजर लगाउंदा नै प्रष्ट हुन्छ, उहाँहरूको राजनीति विकास र जनसेवा केन्द्रित राजनीति होइन । एजेण्डा केन्द्रित राजनीति पनि होइन । नेपाली काँग्रस र माओवादी केन्द्र फरक–फरक पार्टी मिलेर चुनाव लड्नु पर्ने वाद्यताले गर्दा, कुन पार्टीको नीति, कार्यक्रम र एजेण्डामा चुनाव लड्ने ? ठूलो अन्यौलता देखिन्छ । साहेद यसै अन्यौलताले गर्दा उहाँहरू एजेण्डा विहिन हुनु भएको होला भन्ने अनुमान गर्न सकिन्छ । यसले जनतामा एक प्रकारको आश्चर्य पैदा गरेको छ । नेपाली काँग्रस र माओवादी पार्टीको दृष्टिकोण, नीति, लक्ष्य र उदेश्यमा मेल खाँदैन । वेमेल भएका राजनीतिक शक्तिहरूमा कुन दैवले मेल गरेको हो, बडो ताजुव लाग्दो र रहस्यमय छ । यदि म र मेरो प्रतिस्पर्धीलाई तपाईको सञ्चार माध्यममासंगै राखेर छलफल गरानु भएको भए तपाई लगायत सम्पूर्ण स्रोता महानुभावहरू प्रष्ट हुनुहुन्थ्यो होला, गठबन्धन एजेण्डा विहिन रहेछ् भनेर ।
तपाईलाई राजनीतिमा भरखर आएको मान्छे भनेर पनि टिप्पणी गर्छन नि ?
यस प्रकारका टिप्पणी मैले त्यति सुनेको छैन, यद्येपि कसैले टिप्पणी गरेका रहेछन् भने पनि म प्रष्ट पार्न चाहन्छु । म गाउँको शान्ति आदर्श मावी लादुकमा अध्ययन गर्दादेखि नै विद्यार्थी राजनीतिमा लागेको व्यक्ति हो । काठमाण्डौ अध्ययन गर्दा विद्यार्थि राजनीतिमा संलग्न भएं । केही समयपछि नेकपा (एमाले) दोलखा काठमाण्डौ सम्पर्क मञ्चको विभिन्न जिम्मेवारीमा रहेर काम गरें । अहिले नेकपा (एमाले) दोलखा जिल्ला कमिटी सदस्यको जिम्मेवारीमा छु । म राजनीतिसंगै समाजसेवामा पनि समर्पित छु । उमेरले म नयाँ पुस्ता जस्तो लाग्न सक्ला, तर राजनीतिक सुजवुझ र परिपक्वतामा म हरकोहीसंग प्रतिस्पर्धामा दाँजिन तयार छु ।
धाँदली र असुरक्षाको स्थिति कतिको महसुस गर्नु भएको छ ?
लोकतान्त्रिक प्रतिपर्धामा धाँदली र धरपकडका माध्यम प्रयोग गरी निर्वाचनमा विजय प्राप्त गर्न सकिन्छ भन्ने मलाई चैं विश्वास लाग्दैन । त्यस्तो माध्यमबाट विजय भएका प्रनिनिधिहरू अप्राकृतिक र नक्कली सामान जस्ता हुन्छन् । जनप्रतिनिधि जनताको निधी जस्ता हुँदैनन् । त्यसका लागि जनताले चुन्नु पर्दछ । मलाई कुनै प्रकारको चिटिङ गरेर होइन चुनिएर आउँछु भन्ने आँट, साहस र विश्वास छ । यदि कसैले धाँदली, असुरक्षा जस्ता निकृष्ट र निन्दनीय बाटो प्रयोग गर्ने दुसाहस गर्छ भने नेकपा (एमाले) त्यसको प्रतिकार र प्रतिरक्षा गर्न हरदम तयार छ । यदि कसैले गरी हाले भने त्यसको मूल्य धेरै चुकाउनु पर्दछ भन्ने पहिल्यै जानकारी राख्दा राम्रो हुन्छ । सूर्यमा जटायुको पखेटा मइन जस्तै पग्लिने कुरा साहेद सबैले बुझि सकेका छन् ।
निर्वाचनमा विजय हुने थप आधार केही बताउनु छ कि ?
सर्वप्रथम नेकपा (एमाले) को श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीको राष्ट्रव्यापी र जनव्यापी प्रभाव, दोस्रो केपी ओली नेतृत्वको एमाले सरकारले गरेका रष्ट्रियता, विकास, र समृद्धि सम्वन्धी कामको प्रभाव, तेस्रो गठवन्धन दल भित्रको तिक्त अन्तर्विरोध, चौथो गठवन्धन सरकारले गरेका महङ्गी, भ्रष्टचार, कुशासन र जनविरोधी क्रियाकलापप्रतिको जनअसन्तुष्टि, चौथो हाम्रो संगठनको प्रभाव, पाँचौ हाम्रो स्पष्ट दृष्टिकोण र एजेण्डा, छैठौ हाम्रो शैली, आचरण, व्यवहार एवं जनताप्रतिको निष्ठा र समर्पण । यिनै कुराहरू नै एमालेका उम्मेदवारहरूको विजयका सवल आधारहरू हुन् ।
अन्तिममा छुटेका कुरा केही छन् ?
तपाईको यो लोकप्रिय एफएम मार्फत विगुवासी आम मतदाताहरूलाई वैशाख ३० गते आफ्नो अमूल्य मत प्रदान गरी नेकपा (एमाले) का अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सम्पूर्ण सदस्यहरूलाई अत्याधिक मतकासाथ विजय गराइदिनु हुन हार्दिक अनुरोध गर्दछु । साथै तपाईहरूको शासक होइन, सेवक भई सेवा गर्ने अवसर दिलाई दिनुहुन सादर प्रणाम गर्दछु ।
दोलखा जिलु गाउको डोकोको कथा
5 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...
प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाताप्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...