भर्खरै प्रकाशित: गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि

आमसञ्चार माध्यमलाई विकासको सारथि बनाउँछौ ः गायत्री आचार्य

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

नेकपा एमालेबाट मेलुङ गाउँपालिका उपाध्यक्ष उम्मेदवार गायत्री आचार्यले सञ्चार माध्यमलाई विकासको सारथि बनाउने योजना रहेको बताउनु भएको छ । पत्रकारिता क्षेत्रमा लामो अनुभव रहेकी आचार्यले जिल्लाका आम सञ्चार माध्यमको संस्थागत विकासका लागि काम गर्र्ने बताउनु भएको हो ।
समदृष्टि अनलाइन संग कुरा गर्दै उहाँले भन्नुभयो,“ स्थानीय सरकारले गरेका कार्य जनता सम्म पु¥याउन र सुशासनको प्रत्याभूत दिलाउन प्रत्येक कामलाई सञ्चारसंग जोड्ने योजना छ, नागरिकको विकासमा सहभागिताका लागि नागरिकले थाहा पाउनु पर्छ, यसका लागि सञ्चार माध्यमलाई विकासको सारथि बनाउने छौं ।
झुटा आश्वासन भन्दा आवश्यकता र सुझावका आधारमा विकास कार्यको थालनी गर्न सरोकारवालासंग बसेर विकासलाई प्राथमिकीकरण गरी अबको ५ वर्षमा खुसी नागरिक बनाउने प्रतिवद्धता आचार्यले गर्नु भएको छ । अवको ५ वर्षभित्र प्रत्येक टोलमा पुगेर जनताको मर्म र भावना बुभने र न्याय निरुपणमा प्राथमिकता दिने दावी गर्नुभयो । शिक्षा,स्वास्थ्य र रोजगारीका सवालमा गाउँपालिकाले गुणस्तर विकास गर्ने पनि उल्लेख गर्नुभयो ।

राजनीतिक यात्रा
रामेछापको वेताली गाविस ( हालको गोकुलगंगा ४) मा जन्मनु भएकी गायत्री आचार्यले सानै उमेरदेखि नेकपा एमाले अन्तरर्गतको अनेरास्ववियू प्रारम्भिक कमिटिमा रहेर राजनीतिक यात्रको शुरुवात गर्नु भएको हो । रामेछाप वेतालीमा रहेको जनजागृति माध्यमिक विद्यालय बेतालीमा कक्षा ७ मा अध्ययन गर्दै गर्दा प्रारम्भिक कमिटिको सचिव पदको जिम्मेवारी पाउनु भएको थियो ।
आँटिली र साहसी अनि काम प्रति प्रतिवद्ध आर्चायले बाल्यकालमा नै सचिवजस्तो जिम्मेवारीपूर्ण पदमा रहेर कुशल भूमिका निर्वाह गर्नुभयो । वि.स.२०५१ सालमा अनेरास्ववियू रामेछापको जिल्ला कमिटि सदस्यमा निर्वाचित हुनु भयो ।
२०५१ सालमा दोलखाको पवटीमा विवाह वन्धनमा वाँधिनु भएकी आचार्यले विवाह पछि पनि राजनीतिक यात्रालाई निरन्तरता दिँदै वि.सं २०५२ सालमा अखिल नेपाल महिला संघ जिल्ला कमिटिको सदस्य भएर काम गर्नुभयो । यसपछि निरन्तर अनेमसंघमा रहेर भूमिका निर्वाह गर्नु भएकी आचार्यले वि.स. २०६७ सालदेखि नेकपा एमालेको जनवर्गीय संगठन जनसाँस्कृतिक मञ्चको सदस्य हुदै कोषाध्यक्षको भूमिका निर्वाह गर्नु भयो । यसै गरी प्रेस चौतारी नेपाल दोलखा शाखाको उपाध्यक्षको भूमिकामा रहेर समेत निक्कै नमुना काम गर्न सफल हुनुभयो ।
राजनीतिमा एकपछि अर्को खुड्किलो उक्लदै वि.सं २०७० बाट निरन्तर जिल्ला कमिटि सदस्यमा रहेर पार्टी र संगठन विस्तारमा उल्लेखनीय योगदान दिनुभएकै कारण वि.सं २०७८ मा भएको नेकपा एमालेको १० औ जिल्ला अधिवेशनमा भएको निर्वाचनमा अत्यधिक बहुमतका साथ जिल्ला कमिटिमा निर्वाचित हुनु भएको छ ।
पत्रकारितामा अनुभव
वि.सं २०७६ सालबाट पत्रकारिता क्षेत्रमा प्रवेश गर्नुभएकी आचार्यले पत्रकारिताको क्षेत्रमा पनि अनुभव बटुल्नु भएको छ । वि.स. २०७० सालमा दोलखा सदरमुकाम चरिकोटमा रहेको कालिञ्चोक सामुदायिक एफ.एम प्रवेश गर्नु भएको थियो । रेडियोमा कार्यक्रम प्रमुखको भूमिकामा रहेर कुशलता र दक्षता प्रस्तुत गर्नुभयो । समन्वय,सहकार्यमा अत्यन्तै सिपालु आचार्य दोलखा र आसपासका क्षेत्रमा पत्रकारिताकै माध्यमबाट परिचित हुनुहुन्छ । सञ्चारिका समूह वागमती प्रदेश समिति सदस्य,क्रियाशील पत्रकार महिला समुह दोलखाको सल्लाहकार र पत्रकार महासंघको सदस्य भएर पत्रकारका हक अधिकारका लागि पनि काम गरेको अनुभव उहाँसंग रहेको छ ।
सामुदायिक वनकर्मीको अनुभव
वि.स. २०५२ सालमा सामुदायिक वन उपभोक्ता महासंघमा कर्मचारीको रुपमा प्रवेश गर्नुभएको थियो । करिब १२ वर्ष कर्मचारीको अनुभव पछि वि.स. २०६५ सालदेखि महासंघमा जिल्ला कार्यसमितिको सदस्य भएर काम गर्नु भयो । विगत २ वर्षदेखि सामुदायिक वन उपभोक्ता महासंघ दोलखाको महासचिवको भुमिका समेत निर्वाह गरिरहनु भएको छ ।
आचार्यका राजनीतिक,पत्रकारिता र सामुदायिक वनकर्मीको रुपमा कार्यअनुभवसंगै दोलखाका प्रत्येक वडा र जिल्ला वाहिर पनि पहिचान बनाउन सफल हुनुहुन्छ ।
व्यक्तिगत जीवन संघर्ष,उतारचढाव,राजनीतिक,सामाजिक,सास्कृतिकरुपमा समूदायसंग भिजेर संकलन गरेको अनुभव अनि पत्रकारिता र वन अभियानले समुदायको अधिकार र विकासको दृष्टिकोण बनाउनु भएकी अब्बल महिला नेतृका रुपमा रहनु भएको छ ।

दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने
समदृष्टि अनलाइन संवाददाता

दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटनप्रर्वद्धन गर्न गर्ने उदेश्यले नयावर्ष...

ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त
समदृष्टि अनलाइन संवाददाता

दोलखा सदरमुकाम चरिकोटमा लामोसमयदेखी चुनौतीको रहेको ढल व्यवस्थापनको काम अघि बढेपछि बजारबासीलाई सहज भएको छ । एशियाली विकास बैकको...

सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग
समदृष्टि अनलाइन संवाददाता

  दोलखाको कालिञ्चोक गाउँपालिकामा गठन भएको सहकारी सञ्जालले प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा २ लाख ६ हजार ५ सय ४६...

९ बुँदे घोषणापत्रसहित सितली कार्यशाला सम्पन्न
समदृष्टि अनलाइन संवाददाता

  नेकपा एमाले दोलखाको ९ बुँदे घोषणापत्र सहित २ दिने सितली कार्यशाला सम्पन्न भएको छ । टोल र जनताका...

शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
समदृष्टि अनलाइन संवाददाता

  राष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...

क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाता

  विद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...

.