शैलुङमा मतगणना विवाद पछि झडप,एकजना गम्भीर घाइते
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता![](https://samadristionline.com/wp-content/uploads/2022/05/jhadap-2-1-650x390.jpg)
दोलखाको शैलुङ गाउँपालिकामा मतगणना कार्य रोकिएको छ । दोलखाको शैलुङ गाउँपालिकामा गठबन्धन र एमालेका प्रतिनिधि बीच विवाद बढेपछि मतगणना रोकिएको हो ।
विवाद बढ्दै गएपछि गठबन्धनका कार्यकर्ता र एमालेका कार्यकर्ताबीच मतगणना स्थलमै झडप भएको थियो ।
झडपमा परी शैलुङ ४ निवासी बाबु लामा गम्भीर घाइते हुनु भएको छ ।
घाइते लामालाई बाघखोर स्थित अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाण्डौ लगिएको प्रहरीले जनाएको छ । गठबन्धनका कार्यकर्ताले धारिलो हतियार प्रहार गरेको एमालेले आरोप लगाएको छ ।
स्थिति नियन्त्रणमा लिन थप प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक गंगाप्रसाद पौडेलले बताए । मतपत्र भएको बाकसको सिल फुटेका लगायतका विषयमा प्रतिनिधिहरुबीच विवाद बढेपछि मतगणना स्थगित भएको छ ।
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददातापुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...