भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

दोलखामा ६६ प्रतिशत मतदान

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

दोलखा,बैशाख ३१
हिजो सम्पन्न स्थानीय तहको चुनावमा दोलखामा ६६ दशमलब ०४  प्रतिशत मतदान भएको छ ।
जिल्ला निर्वाचन कार्यालय दोलखाका अनुसार दुई नगरपालिका र ७ गाउँपालिकामा ६६ दशमलब ०४  प्रतिशत मतदान भएको छ । जिल्लाको विगु गाउँपालिकामा सबै भन्दा बढि ७० दशमलब  ७६ प्रतिशत अर्थात कुल मतदाता संख्या १४ हजार चार २३ जना मध्ये  १० हजार २ सय ६ जनाले मतदान गरेका छन् । यस्तै सबै भन्दा कम मेलुङ्ग गाउँपालिकामा ५९ दमलब ९८ प्रतिशत मात्रै मतदान भएको जिल्ला निर्वाचन कार्यालय दोलखाका प्रमुख सकुन्तला राईले जानकारी दिनुभयो ।  पालिकामा १८ हजार १ सय ५३ जना मतदाता मध्ये १० हजार ८ सय ८९ जना मतदातले मात्रै मतदान गरेका छन्  । यस्तै भीमेश्वर नगरपालिकामा ६६ दशमलब ७८ प्रतिशत मतदान भएको छ । नगरमा कुल मतदात २६ हजार ८ सय ३३ जना मध्ये १७ हजार ९ सय १९ जना मतदाताले मात्रै मतदान गरेका छन् । जिरी नगरपालिकामा ६४ दशमलब ४६ प्रतिशतले मतदान गरेका छन् । कुल मतदाता १४ हजार ५८ जना मध्ये ९ हजार ७८ जनाले मतदान गरेका छन् । यस्तै गौरीशंकर गाउँपालिकामा ६३ दशमलब ९७ प्रतिशले मतदान गरेका छन् पालिकामा रहेका कुल मतदाता १५ हजार तिन सय ४१ मध्ये ९ हजार ८ सय १४ जनाले मात्रै मतदान गरेका छन् । कालिञ्चोक गाउँपालिकामा ६९ दशमलब २३ प्रतिशत मतदान भएको छ ।  कुल मतदाता १८ हजार ६ सय ६१ मध्ये १२ हजार ९ सय १९ जनाले मतदान गरेका हुन् ।   तामाकोसी गाउँपालिकामा ६४ दशमलब ४६ प्रतिशत मतदान भएको छ । १५ हजार ८ सय ३५  मतदाता मध्ये १० हजार २ सय सात जनाले मात्रै मतदान गरेका हुन्  । शैलुङ्ग गाउँपालिकामा ६३ दशमलब ८८ प्रतिशत मतदान भएको छ । पालिकामा १९ हजार ३ सय ३० मतदाता मध्ये १२ हजार तिन सय ४८ जनाले मतदान गरेका छन् । यस्तै बैतेश्वर गाउँपालिकामा ७० दशमलब ७४ प्रतिशत मतदान भएको छ । पालिकामा १७ हजार ४ सय ६२ मतदाता मध्ये  १२ हजार तिन सय ५२ जना गरि जिल्लाका १ लाख ६० हजार ९६ जना मतदाता मध्ये १ लाख ५७ हजार ३२ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ । 

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.