गठबन्धनलाई पराजित गर्दै शैलुङको उपाध्यक्षमा एमालेकी पार्वती थापा निर्वाचित
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा – दोलखाको शैलुङ गाउँपालिका गठबन्धनका उम्मेदवार लाई पराजित गर्दै नेकपा एमालेकी पार्वती थापा उपाध्यक्षमा विजयी हुनु भएको छ । नेकपा एमालेका उम्मेदवार पार्वती थापाले निकटतम प्रतिस्प्रर्धी गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका दावा दोर्जे लामालाई ३ सय ९४ मतको अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो । कार्कीले ५ हजार १ सय ३५ मत प्राप्त गर्नुभएको छ भने पराजित लामाले ४ हजार ७ सय ४१ मत प्राप्त गर्नुभएको छ । गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको गठबन्धन रहेको थियो । नेकपा माओवादी केन्द्रका रिमालबाबु श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
राजनैतिक र पारीवारिक पृष्ठभूमी
भीमेश्वर नगरपालिका वडा नं ५ बुस्तीमा जन्मनु भएकी पार्वती कार्कीले वैत्यश्वर मावि नाम्दुबाट प्राथमिक तहको शिक्षा प्राप्त गर्नु भएको थियो । तत्कालीन समयमा स्वर्गीय पशुपति चौलागाईँ र यज्ञराज ढुङ्गेल मार्फत राजनीतिक चेतना जागरण भएको थियो । थापाले राजनीतिक गुरुको रुपमा यी दुइ पात्रलाई स्मरण गनुहुन्छ । बाल्यकालदेखि नै राजनीतिक चेतनाको विकास भएपछि माध्यमिक तह अध्ययनको समयमा पनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अनेरास्ववियूसंग नजिक रहेर भुमिका निर्वाह गरिरहनु भयो ।
माध्यमिक शिक्षा पछि वि.सं २०४६ सालमा वन विज्ञान अध्ययन संस्थान पोखराबाट आइ एस्सी फरेस्टको अध्ययन पुरा गर्नुभयो । वि.सं २०४६ सालको जनआन्दोलनमा पनि विद्यार्थीको तर्फबाट सक्रिय भूमिका निर्वाह गर्नुभयो ।
त्यसपछिका समयमा वि.स. २०५१ सालदेखि ७१ सालसम्म स्वीस सामुदायिक वन परियोजनामा दोलखा रामेछापमा रहेर काम गर्ने अवसर प्राप्त गर्नुभयो । ४ वर्ष केयर नेपालको एकीकृत विकास परियोजना,२ वर्र्ष एन्साफ वायोडाइभरसिटि अन्तरगत उद्यम विकासको क्षेत्रमा,४ वर्ष फुड एण्ड एग्रीकल्चर अर्गनाइजेसन संस्थाको कवुलियतीवन मार्फत विपन्नसंग कार्यक्रम अन्तरगत दोलखा,रामेछाप,काब्रे,सिन्धुली जिल्लामा काम गर्नु भयो । यसै गरी केयर नेपालको कार्यक्रम अन्तरगत बाजुरा,वर्दिया र प्युठान जिल्लामा काम गरेको अनुभव कार्कीसंग छ ।राजनितीसगै आफ्नो अध्ययनलाई समेत निरन्तरता दिँर्दै उहाँले आएससी फरेष्टको अध्ययन पुरा गरी स्नातकसम्मको अध्ययन पूरा समेत गर्नु भएको छ ।
हाल उहाँ जनजाति कल्याण आश्रम आमाको माया छात्रवास रामकोट,दोलखाको कोषाध्यक्षको भूमिकामा रहनु भएको छ भने महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जाल दोलखाको अध्यक्ष भएर काम गर्नुभएको ।
राजनीतिक रुपमा अनेरास्ववियू प्रारम्भिक कमिटिको सदस्य हुँदै नेकपा एमालेको भगिनी संगठन अनेमसंघको जिल्लासचिवको भूमिका निर्वाह गरिसक्नु भएको छ भने हाल अनेमसंघको वागमती प्रदेश सचिवालय सदस्य र नेकपा एमालेको जिल्ला कमिटि सदस्य भएर काम गरिरहनु भएको छ ।
सामाजिक विकासका क्षेत्रमा लामो अनुभव भएकी पार्वती कार्कीको अनुभव र क्षमतालाई शैलुङ गाउँपालिकको विकासका लागि सदुपयोग गर्न नेकपा एमालेले उपाध्यक्ष पदमा उम्मेदवार बनाएको छ ।
स्वास्थ्यको क्षेत्रमा,विपन्न र पछाडि पारिएको समूदायसम्म पुगेर लामो समय काम गरेको अनुभवकै कारण शैलुङको विकासका लागि महिला स्वास्थ्य पहिलो प्राथमिकतामा राख्ने उद्घोष गर्नु भएको छ । स्वास्थ्य नै पहिलो धन भएकाले महिलाको स्वास्थ्य ंिसङ्गो परिवार र समूदायको स्वास्थ्य भएकोले महिला स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएको बताउनु भएको छ ।
भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा शैलुङ गाउँपालिकाको तर्फबाट उपाध्यक्षमा निर्वाचित हुनु भएको छ ।
राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...