भर्खरै प्रकाशित: भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत मेरी फुपू,सबैकी फुपू निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण व्युटीसियन हुदै वडासदस्यसम्मको जिम्मेवारी सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम

निर्वाचन परिणामले पार्टी निर्माणको ढोका खोलेको छ –पार्वत गुरुङ

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

स्थानीय तह निर्वाचनको मतपरिणाम आएको छ । दोलखामा गठबन्धनले बढी सिट जितेको र एमालेले स्थानीय सत्ता गुमाईरहेको घट्नाबाट निरुत्साहित र विचलित हुनुपर्ने कारण छैन । संख्यामा केही तलमाथि हुँदैमा दोलखामा एमाले कमजोर भयो भन्ने बुझाई र मनोविज्ञान छ भने त्यो हटाउन अनुरोध गर्छु । नेकपा एमाले दोलखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेकपा एमाले पोलिट व्युरो सदस्य एवं पूर्वमन्त्री पार्वत गुरुङले व्यक्त गरेको भनाइ हो ।
एमाले २०४९ सालमा पनि कमजोर भएको थियो । त्यसलाई ५४ सालमा रिभाईभ गरेर एमालेलाई बलियो बनायौं । २०५६ मा पार्टी विभाजन हुँदापनि दोलखाको दुबै निर्वाचन क्षेत्रमा एमालेले जित्यो । २०६४ सालको निर्वाचनमा पनि एमाले पराजित भएको थियो । २०७० सालको निर्वाचनमा एमाले फेरी सुदृढ भयो र निर्वाचनमा विजय हाँसिल गर्यो । २०७४ सालको निर्वाचन एमाले थप सुदृढ र शक्तिशाली दलको रुपमा उदायो ।
अहिलेको परिस्थितिमा पाँच दलीय गठबन्धन मात्रै नभएर दोलखामा आन्तरिक समस्याहरु व्यवस्थापन गर्न नसक्दा अदृष्य रुपमा ६ दलसँग चुनाव लड्नुपर्ने परिस्थिति बन्यो । यी सबै चुनौतीका बाबजुत पनि दुई अध्यक्ष र पाँच उपाध्यक्ष एमालेले जितेको छ । जिल्लाको केही स्थानीय तहमा नसोचेको परिणाम आएको छ । धेरै ठाउँमा झिनो मतान्तरले पार्टीका उम्मेदवारले हार व्यहोर्नुपरेको छ ।
बैतेश्वरमा राज्यलाई चुनौती दिँदै रातभर गाउँ, डाँडाकाँडा घेराउ गर्ने, ढुंगामुढा गर्ने, बन्दुक पड्काउने, मतदातालाई तर्साउने, स्थानीय प्रहरी सेटिङ गरेर गुण्डाहरुलाई स्कटिङ गर्ने जस्ता हर्कतहरु भए । पार्टीका उम्मेदवार नेता कार्यकर्ता र मतदाताहरु बुथसम्म पुग्नै नदिने परिस्थिति बनाईयो । र निर्वाचनमा खटिएका कर्मचारीको मिलेमतोमा एकलौटी बुथ कब्जा गरियो । मतदानको अघिल्लो रातदेखिनै त्यस्ता गतिविधि भए । वैतेश्वर १, २ र ३ मा सिधै बुथ कव्जा गर्ने परम्परा यो चुनावमा पनि दोहोरियो । यसलाई कसरी स्वीकार्न सकिन्छ ? यसरी बुथ कब्जा गरेर दोलखामा देशकै नमुना निर्वाचन गराईएको छ ।
अन्य स्थानमा यसपटक बुथ कब्जा रोक्न सफल भएका छौं । तर बुथ कब्जाको नयाँ रुप देखियो । जिरी नगरपालिका वडा नम्बर ५ र ८ मा सुरक्षा निकायको समन्वयमा सिधै बुथ कब्जा गर्न रोकियो तर पार्टीका एजेण्ट किनेर एकलौटी मतदान गरियो ।
शैलुङमा उपाध्यक्षसहित बहुमत स्थानमा जितियो । तर अध्यक्षमा झिनो मतान्तरले हार्न पर्यो । दुधपोखरीको कल्लाबारीमा ३ सय मत सत्तारुढ गठबन्धनबाट एकलौटी हाल्ने काम भयो । भुसाफेदामा सेटिङमा २५० फर्जीमत खसालियो । विगुको वराङमा हुलहुज्जत गरेर मतदाता भगाएर एकलौटी गरिएको छ । विगु ७ मा मतदानको अन्तिममा ३ सय फर्जी मत हालियो । साँढे ४ बजेपछि धेरै स्थानमा त्यस्ता हर्कहरु भए । सत्तारुढ गठबन्धनको बैधानिक बुथ कब्जाको हर्कत रोक्न सकिएन ।
यो पटकको निर्वाचनमा खटिएका सुरक्षाकर्मी, कर्मचारीसँग सेटिङ गरेर राज्यशक्तिको चरम दुरुपयोग गरेर नयाँ रुपमा धाँधलीको अभ्यास भएको छ । फिल्डमा खटिएका सुरक्षाकर्मी र कर्मचारी सिधै गृहमन्त्रालय हेटक्वार्टरबाट परिचालित भए । जिल्लाको सिडियो र डिएसपीलाई समेत जानकारी नदिई गृहमन्त्रालयमा छुट्टै सचिवालय खडा गरेर असहयोग गर्ने सुरक्षाकर्मी र कर्मचारीलाई तुरुन्त परिवर्तन गर्ने काम भएको छ ।
दुई तरिकाले गरिएको बुथ कब्जा रोक्न नसक्नु, पार्टीभित्रको आन्तरिक समस्या व्यवस्थापन गर्न नसक्नु टिकट बितरणमा भएका केही कमीकमजोरी, जनताको सत्ताबिरोधी मनोविज्ञान आदी करणले दोलखामा एमालेको पक्षमा सोचेजस्तो परिणाम आउन सकेन । यी सबै कुरालाई रिथिंक र रियलाईजेसन गरेर पार्टीलाई फेरी नयाँ उचाईमा उठाईनेछ । अहिलेको परिणामले पार्टी निर्माणको ढोका खोलेको छ । यसलाई पार्टी निर्माणको अबसरको रुपमा सदुमयोग गर्नुपर्छ । कत्तिपनि विचलित नहुन हारलाई अर्को जीतमा बदल्ने पार्टीका सहयोगी, समर्थक, शुभचिन्तक, आम मतदाता, पार्टीका नेता कार्यकर्तालाई विस्वास दिलाउन चाहन्छु । –एमाले पोलिट व्युरो सदस्य एवं पूर्वमन्त्री गुरुङले शुक्रवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा व्यक्त गरेको सम्पादित अंश ।

भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...

भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...

मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...

निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाता

  शान्ति निहारिकाद्वारा लिखित  “चट्याङको मूर्च्छना” उपन्यास  लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...

सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददाता

मन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...

मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददाता

पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...

.