भर्खरै प्रकाशित: जनसचेतनको ३२ औँ स्थापना दिवसः सामाजिक सद्भावका कार्यक्रम सञ्चालन चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह सुनखानीका मन खाने नानी सार्वजनिक हुँदै ………. भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा

दोलखामा ७ उपप्रमुखसहित १ सय ५४ महिला जनप्रतिनिधि निर्वाचित

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

दोलखामा ७ जना उपप्रमुखसहित १५४ जना महिला निर्वाचित भएका छन् । ९ स्थानीय तह रहेको दोलखामा ५ जना नेकपा एमालेको तर्फबाट र २ जना नेपाली काँग्रेसको तर्फबाट विजय भएका हुन् ।
नेकपा एमालेको तर्फबाट विजयी हुनेमा भीमेश्वर नगरपालिकामा कमला बस्नेत,जिरी नगरपालिकामा कृष्ण कुमारी बुढाथोकी,शैलुङ गाउँपालिकामा पार्वती कार्की,मेलुङ गाउँपालिका गायत्री आचार्य र विगुमा देविका थामी गठबन्धनसंग कडा प्रतिस्पर्धाका साथ विजयी भएका हुन् ।
तामाकोशी गाउँपालिकामा सिर्जना सुवेदी र वैत्यश्वर गाउँपालिकामा कल्पना उप्रेती नेपाली काँग्रेसको तर्फबाट उपाध्यक्षमा विजयी भएका छन् । यसै गरी ७४ वडा रहेको दोलखामा ७४ जना महिला सदस्य र ७३ जना दलित महिला सदस्य गरी जम्मा १ सय ५४ जना महिला निर्वाचित भएको निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।
दोलखाको गौरीशंकर र कालिञ्चोक गाउँपालिकामा भने गठबन्धन कै अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन् । जहाँ दुवै पदमा पुरुषको उम्मेरदवारी भएका कारण महिलाको प्रतिनिधित्व भएको छैन् ।
स्थानीय तह निर्वाचन २०७४ पनि गठवन्धनले जितेका २ पालिका वैत्यश्वर र विगुमा दुबै पदमा पुरुषको प्रतिनिधित्व रहेको थियो ।

भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददाता

  दोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...

असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...

चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

  दोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...

स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददाता

साहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...

दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

भानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...

सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाता

ऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...

.