निर्वाचनमा भोट माग्दा नोटको माग -अनुभव
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
तारादेवी बस्नेत
सन्दर्भ स्थानीय तह सदस्य निर्वाचन २०७९ को हो ।
-दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर ८ भैसे बजारको एउटा खाजा घरमा युवाहरु खाजा खादै थिए । म पनि खाजा खानाकै लागि त्यहि खाजा घरमा छिर । म बसेको भन्दा केही परको टेबलमा युवाहरु चुनावको विषयमा गफिँदै थिएँ । त्यहि क्रममा एउटा युवाले भन्योे मेरो भागमा त यसपटक ४० हजार प¥यो नि !
यो दृश्य गत वैशाख ३० गते साँझ करिब ६ः ३० बजेको हो । निर्वाचन सकाएर म पनि खाजा खादै थिए । उनीहरुको आफ्नै तालमा रमाईरहेका थिए । मेरो भागमा त यसपटक निर्वाचनमा ४० प¥यो । योे सुनेपछि मेरो ध्यान ४० तर्फ मोडियो ।
उनीहरु आफ्नै शैलीमा कुरा गर्ने क्रममा अर्कोे युवाले ती युवालाई प्रश्न ग¥यो–कति भोट थियो तेरो घरमा ??
उसले भन्यो,– मेरो श्रीमती सहित पाँच भोट थियो । अर्को युवाले अचम्म मान्दै भन्यो हँ ….मेरोमा त काका काकीहरु सहित १५ भोट । यार मैले त त्यति धेरै पाइनँ, २० हजार मात्र ।
याद नगरेजस्तो गर्दै म उनीका कुरा नियाल्दै थिए । कुरा प्रस्ट थियो,जति धेरै उम्मेदवारसँग वार्गेनिङ गर्न सक्यो त्यति धेरै नोटमा भोट किनिन्थ्यो र बेचिन्थ्यो ।
अर्को टेबलमा बसेका एक अधबैसेंले ती युवालाई समर्थन गदै भने, “हाम्रोतिर त पैसा चाहि बाँडेनन् तर कुखुरा, रक्सी, मासु चाँहि कति बाँडे बाँडे । मैले पनि उनीहरुले दिएको मासु खाए ।”
अर्को युवाले फेरी सोध्यो, मासुमा मात्रै भोट देको यो बेला ! कम्तिमा पनि १०÷२० हजार पैसा लिनु पर्दैन् । उसले भन्यो,“ पैसा दिनेहरु पनि आएका थिए । मेरो छोराले पैसामा भोट बेच्नु हुन् भन्यो त्यहि भएर पैसा चाहि लिईन ।”
उनीहरु यस्तै यस्तै कुरा गर्दै थिए । उदाहरणका लागि ती प्रतिनिधि पात्र मात्र हुन् ।
म आफै पनि शैलुङ गाउँपालिका वडा नं ८ को महिला वडा सदस्यको उम्मेरदवार भएर जनताको घरदैलो गर्ने क्रममा केही मतदाताले खुल्लमखुल्ला “मसंग २० भोट छ, १ लाख दिनुहुन्छ ? नदिए जसले दिन्छ उसैलाई भोट हालिन्छ ।” यो प्रतिनिधि उदाहरण मात्रै हो । फेरि अन्यथा नलागोस सबै मतदाता यस्तै गर्छन । जो सिधा जनता छन् उनीहरुलाई यो मतलब छैन तर सबै राजनीतिक दलहरुसंग वार्गेनिङ गर्ने केही समुहहरु भने निर्वाचनको समयमा सक्रिय भएको म आफैले प्रत्यक्ष अनुभव गरेकी छु ।
हामीलाई प्राप्त जानकारी अनुसार जिल्लाका कुनाकाप्चामा नोट दिएर भोट किन्ने र बेच्ने काम भयो । यसको अर्थ सबै उमेदवारले भोट किने भन्ने होइन र सबै मतदाताले भोट बेचे भन्ने अर्थ पनि होइन, भोट किन्न हुन्न भन्ने असल राजनीतिज्ञ छन् र पैसामा भोट बेच्न हुन्न भन्ने नैतिकवान् मतदाता पनि छन् । तर, यति भईकन ठूलो संख्याका मतदाताले यसपटक नगदमा भोट बेचे, केहीले जागिर पाइने, मन्दिरको छानो फेरिदिने, स्कुलको छानो बदलिदिने, कालोपत्रे गरिदिनेजस्ता आश्वासनमा पनि भोट बेचियो र खरिद गरियो ।
अब प्रश्न छ, भोट बिक्री किन हुन्छ र खरिद किन गरिन्छ ? जवाफ सबैलाई थाहा छ– नेपालका पूरै मतदाता मध्ये धेरैजसो मध्यम वर्गीय र गरिब छन् । धनीले आफ्नो धन बढाइदिने वा त्यो नभए जोगाइदिने खालका दल र ती दलले खडा गरेका उमेदवारलाई खुसुक्क नोट दिन्छन् । लाखौँलाख चन्दाको नाममा दाम दिन्छन । मध्यम वर्गीयलाई धनी हुने लोभ भन्दा गरिब भइने पो हो कि भन्ने पिरलो सधैँभरि हुन्छ । यही कारण मध्यम वर्गीय मतदाताले भोट बेच्छन तर खुलेआम भोट बेच्दैन, खुसुक्क बेच्छन । अलिकति भए पनि भोट बेचेर कमाएको पैसा हेरेर राहत महसुस गर्छ । केहि मतदाता जजसले नोट दिन्छ उसैलाई भोट दिने कबोल गर्छ, तर भोटचाहिँ अन्तिममा जसले ज्यादा नोट दिन्छ उसैलाई दिन्छन ।
केही मतदाताले पैसा एउटाको लिने र भोट अर्कालाई दिने पनि गरे भन्ने थाहा हुन आयो । यति भईकन पैसाको खोलो जसले बगायो त्यो खोलोको असर निर्वाचनमा परिछाड्यो । पैसाको खोलो नबगाउनेले भोट पनि त्यही तरिकाले पाए । यो स्थानीय निर्वाचनमा केही मतदाताले आफ्ना नाता पर्ने उमेदवारलाई भोट दिए, जब कि ती अर्कै पार्टीका संगठित सदस्य थिए ।
एकैतिर, एउटै सामाजिक संगठनमा रहेर काम गरेको, एउटै थरका मानिस भएको नाता जस्ता कारणले पनि मतदाताले मत दिए । तर, सबैभन्दा प्रभाव भने “भोटका लागि नोट”कै परेको विश्लेषण गरियो । नेपालको बढेबढे समस्यामध्ये एउटा समस्या आर्थिक भ्रष्टाचार हो भनिएको छ । भ्रष्टाचार हटाउने जिम्मा राजनीतिक दल र ती दलका नेतृत्व पंक्तिको हो ।
दलका उमेदवारले नै भोटका लागि नोट ओछ्याउने अभियानमा लागेपछि देशबाट आर्थिक भ्रष्टाचार घट्ने सम्भावना पर धकेलिँदै गएको देखियो । राजनीतिक दलले कुनै पनि हालतमा मतदातालाई एक पैसा पनि नदिने नीति लागू गरे । भोट बेच्न बसेका भोट व्यापारीले बिनापैसा भोट दिने अवस्था आउँथ्यो । त्यो नभए राजनीतिक दलका उमेदवारले जतिनै पैसा दिए पनि भोट नबेच्ने अडान लिन सके यो खालको भ्रष्टाचार हुने थिएन ।
तर, यी दुवै काम अब असम्भव बन्दै गएको देखिन्छ किनकि अब उमेदवार यसरी विश्वस्त भइसके कि कुनै पनि हालतमा पैसा नलिई भोट दिनेवाला छैनन् । अर्कोतर्फ, मतदातालाई यस्तो लागि सक्यो कि निर्वाचनका बखत दलका उमेदवारले भोट किन्न नगद लिएर दैलादैला जसरी पनि आइपुग्छन् । निर्वाचनका बखत भोट खरिद गर्ने पक्ष र बेच्ने पक्ष खरिद–बिक्रीका लागि तम्तयार छन्, सधैँसधैँका लागि ।
यसकारण पनि यो अवस्थाको अन्त्य नगरेसम्म यो देशबाट निर्वाचनकेन्द्रित आर्थिक भ्रष्टाचारले निरन्तरता पाइरहने छ । भोट बेच्नु अपराध हो भने गरिबीको फाइदा उठाएर नोटमा भोट किन्ने काम महाअपराध हो । आगामी वर्षहरुमा हुने निर्वाचनमा भूल सुधार्नु पर्छ । मतदाताले भातै खान नपाए पनि भोट अब देश बनाउने फर्मुला भएको पार्टीलाई दिनुपर्छ । राजनीतिक दल हाँक्नेले पनि अब पैसा फ्याँकेर मत बटुल्ने काममा पूर्णविराम लगाउनुपर्छ । यदि आगामी दिनमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनदेखि भोट किन्ने र बेच्ने काम बन्द गरियो भने पनि मुलुकमा भ्रष्टाचार कम हुँदै जानेछ, भौतिक विकासले गति लिनेछ । यो स्थानीय निर्वाचनमा भोट बेच्ने जनता र किन्ने उमेदवारले गरेको भयानक गल्ती अब नेपालको इतिहासमा अन्तिम गल्ती हुनुपर्छ ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...