बस्नेत एकेडेमिकमा नमुना मतदान
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
विद्यार्थीलाई मतदानको प्रक्रियाका विषयमा जानकारी दिन बस्नेत एकेडेमिक ईङ्गलिस बोर्डिङ स्कूलमा नमुना मतदान सम्पन्न भएको छ । कालिञ्चोक गाउँपालिका ३ सिंगटीमा रहेको उक्त विद्यालयमा विद्यार्थीलाई मतदान गर्न सिकाउनुका साथै स्कुल पेसिडेन्ट छनौट गर्ने उद्देश्यले निर्वाचनको आयोजना गरेको स्कुलका सञ्चालक बसन्त बस्नेतले जानकारी दिनु भयो ।
निर्वाचनबाट विद्यालयका कक्षा ३ देखि ८ सम्मका १ सय ५० जना विद्यार्थीले मतदान गरी प्रेसिडेन्ट र सहायक प्रेसिडेन्ट छानेका थिए ।
निर्वाचनबाट कक्षा ८ का युकेस कार्की प्रेसिडेन्ट र छात्रा महिमा श्रेष्ठ भाइस प्रेसिडेन्ट एक वर्षको लागि छनोट भएका छन् । यसैबीच सदन प्रमुख पनि एक वर्षका लागि छनोट भएका छन् ।
विद्यार्थीहरुले चुनावी प्रक्रिया, उम्मेदवार छनौट प्रक्रिया,उम्मेदार मनोनयन,दावी विरोध, मतपत्र र मतदान प्रक्रियाद्वारा स्वस्तिक छाप हाल्ने प्रजातान्त्रिक शैलीको ज्ञान समेत पाएको विद्यालयले जनाएको छ ।
विद्यालयका सीसीए संयोजक कृष्ण धामी र पाल्देन तामाङले निर्वाचन कार्यक््रmमको संयोजन गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल राजु शर्माले किताबी ज्ञानले मात्र शिक्षा सार्थक नहुने तथा व्यावहारिक र प्रयोगात्मक ज्ञानबाट मात्र शिक्षा प्राप्त हुने बताउँदै विजय विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सम्मान गर्नु भएको थियो ।
विगत २९ वर्षदेखि दोलखाको उत्तरी बजार सिंगटीबाट शैक्षिक सेवा प्रदान गर्दै आएको बस्नेत एकेडेमीको आपनै सुविधा सम्पन्न भवन निजी भवन रहेको छ भने व्यवस्थित छात्रवासको व्यवस्था समेत भएको जनाएको छ । विद्यालयले वस सेवा समेत सञ्चालन गरेको छ ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...