भर्खरै प्रकाशित: राउत गाउँको रायोको साग बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त

दोलखाका ४ स्थानीय तहमा एमालेको बहुमत प्राप्त

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

चरिकोट – दोलखाको दुई नगर तथा ७ गाउँकार्यपालिकाको लागि भएको निर्वाचनमा एमालेले ४ वटामा बहुमत प्राप्त गरेको छ। जिल्ला निर्वाचन कार्यालयले सार्वजानिक गरेको नतिजा अनुसार एमालेले भीमेश्वर नगर, मेलुङ, विगु र शैलुङ गाउँकार्यपालिकामा एकल बहुमत प्राप्त गरेको हो  ।

मेयर र उपमेयर जितेको जिरी नगरकार्यपालिकामा भने एमालेले बहुमत गुमाएको छ । बिहिवार भीमेश्वर नगरपालिका, शैलुङ गाउँपालिका, कालिञ्चोक र विगु गाउँपालिकाको कार्यपालिका निर्वाचन भएसँगै जिल्लाको ९ वटै स्थानीय तहको कार्यपालिकाले पुर्णता पाएका छन् ।

यस्तै गौरीशंकर गाउँपालिकामा माओवादी र बैतेश्वरमा कांग्रेसको एकल बहुमत देखिएको छ । जिरी नगरपालिका, तामाकोसी र कालिञ्चोक गाउँकार्यपालिकामा भने कुनै दलको एकल बहुमत छैन ।

बिहिवार सम्पन्न निर्वाचन अनुसार भिमेश्वर नगरपालिकाको कार्यापालिकाको सबै सदस्य पदमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । ६ जना महिला सदस्य र तीन जना दलित तथा अल्पसंख्यक सदस्य पदमा निर्वाचन भएको थियो । महिला सदस्यमा निर्वाचित हुनेहरुमा किरण ओली, खेम कुमारी श्रेष्ठ, मिना विश्वकर्मा, मुना श्रेष्ठ र सुसिला खड्का थापा रहेका छन् भने दलित वा अल्पसंख्यकतर्फ गोपाल बहादुर थामी, गोरे बहादुर सार्की र भिम बहादुर भुजेल रहेका छन् ।

यसैगरी, विगु गाउँपालिकाको कार्यपालिकाको ६ सदस्यहरुको सबै पदमा भएको निर्वाचनबाट एमालेकै उम्मेदवारहरु विजयी भएका छन् । महिला सदस्यमा गोमा केसी, ज्योती माया थामी, टहल माया तमाङ, मैया तमाङ र दलित र अल्पसंख्याकतर्फ छिरिवाङ्जे शर्पा र लोक बहादुर नेपाली निर्वाचित भएका हुन् ।

शैलुङ गाउँकार्यपालिकाको ६ जना सदस्यहरुमा पनि एमाललेका ६ जना निर्वाचित भएका छन् । जसमा वन्दना पाख्रिन, मछिन्द्र नेपाली, चम्सुरी कार्की, सन्तोषी गुरुङ, युवराज घतानी र विशाल विश्वकर्मा रहेका छन् ।

कालिञ्चोक गाउँकार्यपालिकाको सदस्यका लागि भएको निर्वाचनबाट भने मिश्रिम परिणाम आएको छ । महिला सदस्यतर्फ माओवादी केन्द्रबाट सुनिता कार्की र गोपिनि दर्जी, नेपाली कांग्रेसबाट विनिता शिवाकोटी र नेकपा एमालेबाट तारा माया थामी निर्वाचित भएका छन् ।  दलित र अल्पसंख्याकतर्फ नेकपा माओवादीबाट बजुराम घतानी र नेपाली कांग्रेसबाट भवानी थापा चयन भएका छन् । कालिञ्चोकमा बहुमतमा रहेको गठबन्धन उम्मेदवारलाई पराजित गर्दै एमालेकी तारामाया थामी महिला सदस्यमा निर्वाचित भएकी हुन् ।

राउत गाउँको रायोको साग
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  त्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...

अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाता

  विरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

.