नेकपा माओवादी केन्द्रको बैठक – जनअपेक्षा अनुसार काम गर्न जनप्रतिनिधिलाई निर्देशन
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा,२०७९
नेकपा माओवादी केन्द्र दोलखाको बैठकले नवनिर्वाचित जन प्रतिनिधिहरुलाई जनताको शासक नभई सेवक बनेर जनअपेक्षाअनुसार काम गर्न निर्देशन दिएको छ । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई विजयी गराउन योगदान दिने व्यक्ति तथा संस्थालाई धन्यवाद दिने,पार्टीको तर्फबाट निर्वाचित उम्मेरदवारलाई शुभकामनासहित सम्मान व्यक्त गर्ने निर्णय गरेको हो ।
यसैबीच नेकपा माओवादी केन्द्र दोलखाले अव हुने जिल्ला समन्वय समिति दोलखाको निर्वाचनमा गठबन्धन दलमा भएको पूर्व सहमति कार्यान्वयनका लागि लाग्ने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रको बुधबार सदरमुकाम चरिकोटमा सम्पन्न बैठकले स्थानीय तहको निर्वाचनमा गठबन्धन सफल भएको भन्दै जिल्ला समन्वय समिति गठनमा पूर्व सहमति कार्यान्वयनका लागि लाग्ने लगायतका निर्णय गरेको पार्टीका संयोजक कुल बहादुर बुढाथोकीले हस्ताक्षर गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी गराईएको हो ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा दोलखामा माओवादी केन्द्रले ९ वटा पालिकामा ३ पालिका अध्यक्ष र एक उपाध्यक्ष तथा ७४ वडा मध्य २२ वडामा जित हासिल गरेको छ ।
भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...