जिसस दोलखाको निर्वाचनका लागि १९ जनाको उम्मेरदवारी
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
चरिकोट – जिल्ला समन्वय समिति दोलखाको पदाधिकारी तथा सदस्यका लागि हुने निर्वाचनमा १९ जनाको उम्मेदवारी परेको छ । प्रमुख एक, उपप्रमुख एक, र ७ जना सदस्य गरी जम्मा ९ जना पदाधिकारी तथा सदस्य पदका लागि १९ जनाले मनोनयन दर्ता गराएका हुन् । दोलखाका मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्यौपानेका अनुसार प्रमुखमा दुई, उप प्रमुखमा एक जना स्वतन्त्रसहित ३ जनाको उम्मेदवारी परेको छ ।
उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनेमा तामाकोसी गाउँपालिका वडा नम्बर २ का वडा सदस्य नानीकाजी तामाङ रहेका छन् । कांग्रेसबाट टिकट नपाएपछि उनले स्वतन्त्रबाट वडा सदस्य जितेका थिए । यस्तै ७ जना सदस्यका लागि १४ जनाले मनोनयन दर्ता गराएका छन् ।
सदरमुकाम चरिकोट स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी सत्तारुढ गठबन्धन दलहरुले संयुक्त र नेकपा एमालेले एकल उम्मेदवारी दर्ता गराएको हो । गठबन्धन दलहरुबीच पुर्व समझदारी अनुसार जिससको प्रमुखमा माओवादी केन्द्रबाट बर्जुराम घतानी (कृष्ण) उपप्रमुखमा एकिकृत समाजवादीका दोर्जे शेर्पा र ७ जना सदस्यहरुमा कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।
नेपाली कांग्रेसका सदस्यमा उम्मेदवारी दिनेमा कृष्ण श्रेष्ठ, कल्पना थामी, अनिल तमाङ, निलम ठकुरी, मेनुका चौंलागाई, सन्तेन्जु शेर्पा र टसि शेर्पा रहेका छन् । स्थानीय तहको निर्वाचनमा जिरी नगरपालिका र बैतेश्वर गाउँपालिकामा माओवादी केन्द्रले धोका दिएको भन्दै प्रमुख आफुले पाउनुपर्ने दाबी गरेपनि उक्त अडानबाट कांग्रेस पछि हटेपछि पुर्व सहमति अनुसार मनोनयन दर्ता गरिएको हो ।
यसैबीच नेकपा एमालेले जिसस पदाधिकारी तथा सदस्य पदका लागि एकल मनोनयन दर्ता गराएको छ । एमालेबाट प्रमुखमा ऋषिकेश उप्रेती र उपप्रमुखमा गोमा केसीले मनोनयन दर्ता गराएका छन् । यसैगरी सदस्यहरुमा जिरीबाट जंके बहादुर श्रेष्ठ, तामाकोसीबाट नरबहादर कार्की, मेलुङबाट कमल लकेन्द्री, शैलुङबाट नवराज कार्की, महिला तथा सिमान्तकृतबाट देवी बसेल, महिला सदस्य कविता मुग्राती र एकमाया भुजेलले उम्मेदवारी दिएका छन् ।
जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठले एमालेले आफ्नै शक्तिमा विस्वास गर्ने भएकाले एकल उम्मेदवारी दर्ता गराएको बताए ।
जिसस पदाधिकारी तथा सदस्यहरुको लागि मतदान भने आगामी असार १ गते हुनेछ । निर्वाचन कार्यालयले भोली उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने छ भने पर्सी निर्वाचन चिन्ह प्रदान गर्ने जनाएको छ ।
निर्वाचनमा जिल्लास्थित ९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १८ जनाले मतदान गर्न पाउनेछन् । जसमा नेकपा एमालेको ७, नेपाली कांग्रेसको ६, नेकपा माओवादी केन्द्रको ४ र नेकपा एसको १ मत रहेको छ ।
कतिपय जिल्ला समन्वय समितिमा फरक समिकरण बनेपनि दोलखामा सत्तारुढ गठबन्धन दलहरुले पुर्व सहमति कार्यान्वयन गरेर जाने समझदारी गरेका हुन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि सत्तारुढ गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा भएको थियो ।
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...
बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददातानेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...
दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...
कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...