वागमतीको बजेट ७० अर्ब ९३ करोड
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
वागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ।प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले उक्त बजेटमध्ये पूँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ लाख र चालु तर्फ १९ अर्ब दुई करोड ४१ लाख रुपैयाँ बिनियोजन गरेका हुन्। वित्तीय हस्तान्तरणतर्फ आठ अर्ब ३५ करोड २७ लाख विनियोजन गरिएको छ।
उक्त बजेटमध्ये २६ अर्ब ९७ करोड ११ लाख कर राजश्वबाट, अन्य राजश्वबाट छ अर्ब २२ करोड, संघीय वित्तीय हस्तान्तरणबाट २१ अर्ब छ करोड ८७ लाख प्राप्त हुने उल्लेख छ। साथै अनुमानित सञ्चित कोष बचत र अन्य प्राप्तीबाट १६ अर्ब ६७ करोड ५० लाख प्राप्त हुने अनुमान छ।
प्रदेशका मन्त्रालयमध्ये सबैभन्दा बढी बजेट भौतिक पर्वाधार विकास मन्त्रालयको लागि २४ अर्ब ७५ करोड ८५ लाख र सबैभन्दा कम बजेट भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको लागि २४ करोड ३७ लाख रुपैयाँ बिनियोजन गरिएको छ।
यो पटक सरकारले नयाँ कार्यक्रम नमूना वडा समाजवादी कार्यक्रमको लागि २५ करोड विनियोजन गरिएको छ। त्यस्तै दश हजार युवालाई स्वरोजगार बनाउन १५ करोड विनियोजन गरिएको छ। त्यस्तै बागमती प्रदेश चक्रपथ सडक र प्रदेश राजधानी हेटौंडामा चक्रपथ सडक निर्माण गरिने भएको छ। सत्ता पक्षले यो बजेटलाई जनताको मन छुने बजेट भनेको छ। ‘जनताको मन छुनेगरी बजेट आएको छ, महत्वकांक्षी असम्भव काम बजेटले बोलेको छैन’, सत्तारुढ दल नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले भने, ‘समाजवादलाई टेकेर जनताको घरमा पुग्ने बजेट आएको छ।’
प्रतिपक्ष दलहरुले भने यो बजेट कार्यान्वयनमा प्रश्न उठाएका छन्। केही लोकप्रिय कार्यक्रम समावेश गरे पनि कार्यान्वयन सम्भवन नरहेको र यो बजेटबाट केही अपेक्षा गर्न नसकिने प्रमुख प्रतिपक्ष दल नेकपा एमाले बागमती प्रदेश संसदीय दलकी नेता अष्टलक्ष्मी शाक्यले बताइन्। विवेकशील साझा पार्टीका प्रदेशसभा सदस्य रमेश पौडेलले खर्च बढाएको र पुरानै शैलीमा वितरणमुखी बजेट आएको बताए।
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको भन्दा करिब दश अर्ब बढी बजेट ल्याएको हो। यो समाचार अन्नपुर्ण पोष्टबाट साभार गरिएको हो ।
दोलखा जिलु गाउको डोकोको कथा
5 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...
प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाताप्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...