भर्खरै प्रकाशित: आँशुको कथा वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन पानीले फेरिएको धरमघरबासीको जीवन महङ्गो क्यामरा महङ्गो क्यामरा

उत्पादन र रोजगारीका लागि नमुना वडा समाजवादी कार्यक्रम – वागमती प्रदेश

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

वाग्मती प्रदेश सरकारले समाजमा रहेका असमानता र विभेदको न्यूनिकरण गर्न नमुना वडा समाजवादी कार्यक्रम अघि सारेको छ । आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले बुधबार आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट प्रस्तुत गर्दै नमुना वडा समाजवादी कार्यक्रमका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

यहाँ सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीको नेतृत्वमा सरकार छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पार्टीको नामसँग मिल्दो हुने गरी नमुना वडा समाजवादी कार्यक्रम अघि सारेका हुन् ।

आर्थिक मामिलामन्त्री जम्कट्टेलले उत्पादन र रोजगारी प्रवर्द्धनसहित आर्थिक र सामाजिक विकास व्यवस्थित गर्न र समाजमा रहेका सबै प्रकारका असमानता र विभेदको न्युनिकरण गर्न सो कार्यक्रम ल्याइएको बताए ।

‘संविधानले परिकल्पना गरेको समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समाजवाद उन्मुख, समतामूलक र सुसंस्कृत समाजको निर्माण गर्न सेवा प्रवाहको जगको रुपमा रहेको वडास्तरबाट अभ्यास गर्ने गरी प्रदेश भित्रका केही वडाहरूको छनोट गरी नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयन गर्न २५ करोड रुपैयाँ विनियोजन गरेको छु,’ उनले भने, ‘यसबाट कार्यक्रम सञ्चालन भएका वडाभित्र उत्पादन र रोजगारी प्रवर्द्धनसहित आर्थिक र सामाजिक विकास व्यवस्थित हुँदै जाने र सबै प्रकारका असमानता र विभेदको क्रमशः न्यूनीकरण हुँदै जाने विश्वास लिएको छु ।’

यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि  द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददाता

  दोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...

दोलखामा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता गरिँदै
समदृष्टि अनलाइन संवाददाता

जिल्ला भलिबल संघ दोलखाले “दोलखा जिल्ला कप २०८१“ अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।...

.