भर्खरै प्रकाशित: आँशुको कथा वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन पानीले फेरिएको धरमघरबासीको जीवन महङ्गो क्यामरा महङ्गो क्यामरा

निर्वाचनका प्रतिवद्धता कार्यान्वयनको शुरुवात गर्दै वडाध्यक्ष श्रेष्ठ

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

२०७९ असार ८

दोलखाको भीमेश्वर नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष बासु श्रेष्ठले वडामा रहेका सबै विद्यार्थीलाई पोशाक सहयोग गर्ने घोषणा गर्नुभएको छ । बुढा भीमसेन माध्यमिक विद्यालय धरमघरले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्ने क्रममा अध्यक्ष श्रेष्ठले बालबालिका लागि सहयोग गर्ने बताउनु भएको हो ।


अध्यक्ष श्रेष्ठले बालबालिकालाई लक्षित गर्दै भन्नुभयो,तपाईहरु राम्ररी पढ्नुहोस् तपाईको शिक्षामा कुनै अभाव हुन दिन्न,मेरो कार्यअवधि तपाईहरुको हितमा विताउने छु । आपनो वडामा रहेका कुनै पनि बालबालिका आर्थिक अभावले शिक्षाबाट वञ्चित हुन नदिने र विभिन्न कारणले समस्यामा परेका बालबालिकालाई सहयोग गर्ने योजना समेत सुनाउनुभयो ।


वडाको बजेट सिमित हुने र नगरपालिकाको शिक्षा नीति अनुसार चल्नु पर्ने भएकाले कतिपय बालबालिकाका समस्या सम्बोधन गर्न आफू व्यक्तिगत लगानी गर्न तयार भएको बताउनु भयो । नीति र वजेटले समेट्न मिल्ने बाहेकका कार्यक्रममा व्यक्तिगत लगानी गर्न पनि पछि नपर्ने अध्यक्ष श्रेष्ठको भनाई छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले यही बर्षबाट भीमेश्वर नगर वडा नं ५ का सबै सामुदायिक विद्यालयका बालबालिकालाई विद्यालय पोशाक ट्रयाकसुट र सेतो जुत्ता सहित आवश्यकताको आधारमा खेलकुद र शैक्षिक सामग्री सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नु भयो ।


वडाध्यक्ष श्रेष्ठले निर्वाचन अगाडि सरकारी सुविधा सामाजिक क्षेत्रमा लगानी गर्ने घोषणा समेत गर्नुभएको थियो । निर्वाचनका वाचा पूरा गर्ने क्रममा विद्यालयबाट लगानी शुरु गर्ने उहाँको भनाई छ ।

वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि  द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददाता

  दोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...

दोलखामा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता गरिँदै
समदृष्टि अनलाइन संवाददाता

जिल्ला भलिबल संघ दोलखाले “दोलखा जिल्ला कप २०८१“ अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।...

.