पुर्खाका कुरा -चिठीको व्यहोरा जानेपछि नेपालको पढाइ सकियो भन्थे
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाताचिठीको व्यहोरा जानेपछि नेपालको पढाइ सकियो भन्थे । महिनाको ३ मोहोर तलवमा काम गरेँ । —विष्णु बहादुर नेपाली
हाम्रो समयमा छोरी अगाडि बस्न पनि हुदँैनथ्यो । बिहेको दिन बाहेक कहिल्यै महिला अगाडि लाग्न हुँदैनथ्यो । अहिले छोरा र छोरी बराबर भए । अझ छोराले भन्दा पनि छोरीले धेरै पढ्नु पर्छ जस्तो लाग्छ । — देवका कार्की
ढिडोभात,सागपात सिस्नु खाने चलन कति राम्रो थियो । हाम्रो समयमा ५ दिन लगाएर काठमाण्डौ जान्थ्यौं । शरीरलाई दुःख भएपनि स्वास्थ्यलाई राम्रो हुन्थ्यो । —गंगा बहादुर कार्की
खाँडीको दौराले एक वर्ष पु¥याउनु पथ्र्यो । अर्को दशैंमा दौराको वाउला मात्रै बाँकी रहन्थ्यो । -तिलक बहादुर कार्की
यी माथिका भनाइ दोलखा भीमेश्वर नगरपालिका ५ धरमघर आसपासका जेष्ठ नागरिकको हो । भीमेश्वर नगरपालिकाको आयोजनामा जेष्ठ नागरिक अन्तरक्रिया अर्ती पुर्खाको कार्यक्रम अन्तरगत बालबालिकासंग विगत सम्झदै जेष्ठ नागरिकले बोलेका बोली हुन् ।
मातृ देवो भव, पितृ देवो भव नेपाली समाजको मूल मन्त्रको रुपमा रहेको छ । तर देवता मानिएका परिवारका जेष्ठ सदस्यका अनुभव सुन्ने सुनाउने संस्कार हराउँदै गएको छ ।
संस्कार बाँचे मात्र देश बाँच्छ । संस्कार र संस्कृति हाम्रा सम्पत्ति हुन् । ज्ञान र अनुभवका स्रोत,जीवित इतिहास,कुशल पथप्रदर्शक जेष्ठ नागरिकका ज्ञान सीप र अनुभव नव पुस्तामा हस्तान्तरण गर्नु आवश्यक छ ।
यही आवश्यकतालाई ध्यानमा राखेर भीमेश्वर नगरपालिकाले जेष्ठनागरिक विद्यालय अन्तरक्रिया अर्ती पुर्खाको कार्यक्रम सञ्चालन गरेको छ । भीमेश्वर नगरपालिका ५ मा रहेको जेष्ठ नागरिक आरोग्य केन्द्रमा जेष्ठ नागरिक र बालबालिका बीच अन्तरक्रिया कार्यक्रम सञ्चालन भयो । कार्यक्रमको सहजीकरण रेडियो शैलुङ दोलखाले गरेको थियो । कार्यक्रममा जेष्ठ नागरिकले बाल्यकालको स्मरण गरे । संस्कार र संस्कृतिलाई महत्व दिन बालबालिकालाई पुर्खाले उपदेश दिए ।
कार्यक्रममा करिब १० जना जेष्ठ नागरिकले अनुभव सुनाए । करिब ५० जना विद्यार्थीका बीच जेष्ठ नागरिकले अनुभव आदान प्रदान गरेका थिए ।
विष्णु बहादुर नेपाली
चिठीको व्यहोरा जानेपछि नेपालको पढाइ सकियो भन्थे । महिनाको ३ मोहोर तलवमा काम गरेँ ।
जन्म १९९४ साल । राणा कालमै क ख सिकेँ । रुद्र बहादुर कार्कीसंग । हजुरबासंग शास्त्रका किताव थिए । त्यही पढ्न जान्ने रहर लागेर खोज्दै पढ्न जान्थे । २०१३ सालमा पहिलो किताब आएपछि खोजेरै पढ्न थाले । चिठी लेख्न जानेपछि पढाइ सकियो भन्थे । ०१६ सालमा ज्योतिष विद्या पनि सिकेँ ।
०१६ सालमा विहे गर्दा सय रुपैयामा सकिएको थियो । भोटो लगाएर बसेकी ११ वर्षकी बेहुलीलाई ४० हातको छिपाको फरियाले बेरेर सिँगारेको सम्झना छ । ४० हातको फरिया र चाँदीको चुरा विहेमा अनिवार्य लानु पथ्र्यो । बेहुलो हुँदा आमाले छालाका जुत्ता कताबाट मागेर ल्याइदिनु भएको थियो ।
०१३ सालमा आमाको पोल्टाबाट ५ रुपैयाँ चोरेर काठमाण्डौ भागेको थिएँ । सानो भाइ साथी लिएर भागेको ५ दिनमा काठमाण्डौं पुगें । त्यही समय काठमाण्डौमा महिनामा ३ मोहोर तलव थियो । पछि पल्टनमा जागिर खाएँ ।
देबका कार्की
हामीले पढ्न पाएनौं, अहिले पनि पढ्न जाने साथी भए पढ्न जान्थे
नपढेको मान्छे के बोलौं । पढेको कुरा भन्न जान्दिन । परेको कुरा मात्रै बोल्छु । वि.स. २००५ मा जनकपुर अञ्चलकै पहिलो विद्यालय क्षमावतीमा विद्यालयको स्थापना भयो । तर वि.स. २०१२ सालमा जन्मेर पनि पढ्न पाइन । आज पनि सम्झदा भक्कानो छुट्छ । कति अँध्यारो थियो समय । छोरीले पढ्नु हुँदैनथ्यो ।
बुबाले छोरी भए पनि पढाउन मन गर्नु भयो तर हजुर बा ले जान दिनु भएन । हामीले पढ्छौ भन्दा बाख्रा कसले हेर्छ भन्ने कुरा आउँथ्यो । अहिले पनि पढ्न रहर लाग्छ । उमेर ६७ भयो । अहिले पनि पढ्न जाने साथी भए पढ्न जान्थे । रहर उत्पात छ । पौढ कक्षा पढेर साउँ अक्षर चिनेकी छु । १७ दिन मात्र पौढ कक्षा पढ्न पाएकी थिएँ ।
हाम्रो समयमा छोरी कसैको अगाडि बस्न पनि हुदँैनथ्यो । विहेको दिन बाहेक कहिल्यै महिला अगाडि लाग्न हुँदैनथ्यो । अहिले छोरा र छोरी बराबर भए । अझ छोराले भन्दा पनि छोरीले धेरै पढ्नु पर्छ जस्तो लाग्छ ।
समय गतिशील छ । पढ्छौ भन्दा पनि पढ्न पाएनौं । अहिलेकोे जीवन सुख छ । आमा बुबाको दुःखलाई बुभने गर्नुपर्छ ।
१७ वर्ष हँुदा काठमाण्डौ जाँदा १० रुपैयाले पुगेर आएँ । पञ्चायती व्यवस्थाको ज्ञान छ । विकास नभएपनि इमान्दारीता थियो । सत्यता थियो । छोराछोरीले आमा बुबाले भनेको मान्थे ।
गंगा बहादुर बुढाथोकी
हिजोको खानपान कति स्वस्थ थियो । हामी ढिडो भात,सागपात सिस्नु खाने चलन कति राम्रो थियो । हाम्रो समयमा ५ दिन लगाएर काठमाण्डौ जान्थ्यौं । शरीरलाई दुःख भएपनि स्वास्थ्यलाई राम्रो हुन्थ्यो ।
वर्षमा एक टुक्रा खाँडीको दौरा । त्यसैले १ वर्ष विताउनु पथ्र्यो ।
कात्तिके देखि विहान २ घण्टा र बेलुका २ घण्टा हिडेर विद्यालय नाम्दु जान्थ्यौं । मकै भुटेर खाजा लान्थ्यौ । फर्केर आउँदा बाटैबाट घाँसका मुठा बोकेर आउँथ्यौं ।
हाम्रो लागि फुर्सदको समय थिएन । आज विकास त भयो तर विकृति बढ्दै गयो । हाम्रो समयमा विहे गरेको ४ वर्षसम्म बोलचाल हुदैनथ्यो ।
सबैभन्दा ठूलो समस्या मोबाइलले ल्याएको छ । मोबाइलले बालबालिकालाई बोल्न नसक्ने बनायो । यसको नियन्त्रण आजको विद्यालय पनि गर्न सकेन ।
तिलकमाया खड्का
मेसिन जत्तिकै हात चलाउनु पथ्र्यो ।
राती ११ बजे सुत्यो,विहान ३ बजे उठ्यो । निद्रा नपुगी जीवन वित्यो । रातभरी जाँतो पिँध्यो,चामल कुट्यो । मेसिन जत्तिकै हात चलाउनु पथ्र्यो । १३ वर्षको उमेरमा विहे गरेर घर गरी खाइयो । मुड्कीका भरमा पिठो चामल बनाउनु पथ्र्यो । ठूलो परिवारमा बस्थ्यौं । भुकम्पले जाँतो ढिकी सबै पु्¥यो । पुराना प्रविधि सबै हराउँदै गयो अब त जिरा पिँध्न पनि मिसिनमा नै दौडाउँछन् । दिनभर मेलापात ग¥यो अनि काममा बस्यो तर पनि रमाइलो थियो । अहिले एक्लै हुँदा दुःख लाग्छ ।
तिलक बहादुर कार्की
अर्को दशैंमा दौराको वाउला मात्रै बाँकी रहन्थ्यो
बुढो भइकन बालक भइसकें । एक युग वितिसक्यो । दुःखी समय थियो । ८४ वर्ष भएँ । खाँडीको दौराले एक वर्ष पु¥याउनु पथ्र्यो । अर्को दशैंमा दौराको वाउला मात्रै बाँकी रहन्थ्यो । रातभरी जुम्राले खान्थ्यो । कन्याउँदा कन्याउँदै उज्यालो हुन्थ्यो । विहान मिर्मिरेमा नै खेतबारी कुद्नु पथ्र्यो । नयाँ लुगा पाएको दिन खुसीले रातभर सुत्दैनथ्यौं ।
१० सालमा काठमाण्डौ एकपैसाका २० वटा पुष्टकारी पाइन्थ्यो । रातभरी खाएको सम्झना छ । यताबाट घिउ लगेर काठमाण्डौँमा लगेर बेच्ने चलन थियो । जुम्रा मार्ने प्रतिस्पर्धा चल्थ्यो । जसका जुम्रा मार्दा पड्किन्छन उसैलाई भाग्यमानी भन्थे ।
काठमाण्डौँ जाँदा बाटोमा बास बस्थ्यौं । भाँडा प्रयोग गरेवापत चार पैसा तिथ्र्यौ । पुलिसमा जागिर खाएँ । जहाँ गएपनि हिँडेर जानु पथ्र्यो । पहिलो तलब ३० रुपैयाँ थियो । पेन्सन हुँदा ३ सय ४ रुपैँया भयो । अहिले १८ हजार पेन्सन छ । उमेरमा दिनभरी काम गरेको २५ पैसा ज्याला पाइन्थ्यो ।
जीवनमा बुद्धिले काम गर्नु पर्ने रहेछ । उमेरमै सोचेर काम गर्दा जीवन भर सुख पाइन्छ ।
कार्यक्रममा स्रोत व्यक्तीको रुपमा जिल्ला जेष्ठ नागरिक संघ दोलखाका अध्यक्ष रङगध्वज बुढाथोकी, देवका कार्की, विष्णु नेपाली, तिलक बहादुर कार्की, लिलामाया खड्का, मानकुमारी खड्का, मिश्री खड्का, हरिमाया कार्की, कृष्ण बहादुर कार्की र कृष्ण बहादुर खड्का रहनु भएको थियो । उहाँँहरुले आफ्नो भोगाईको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनु भएको थियो भने विद्यार्थीहरुले पुरानो पुस्ताको दैनिक जीवनका सीप र संस्कार लगायतका बारेमा जिज्ञासा राख्नु भएको थियो । भीमेश्वर नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष बासु श्रेष्ठको अध्यक्षतामा भएकोे कार्यक्रममा बुढाभीमसेन माध्यमिक विद्यालयका प्रधानाध्यापक राजन कार्की लगायले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा आजबाट श्रीमद्भागवत महापुराण सञ्चालन भएको छ । आज विहिबार घटस्थापनाको अवशर पारेर दोलखाका प्रमुख जिल्ला...
साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु
समदृष्टि अनलाइन संवाददाता१३ असोज, काठमाडौं । पहिरोमा परेर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को मृत्यु भएको छ । मृत्यु...
केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह
समदृष्टि अनलाइन संवाददाताआउँदो चार दिन वर्षाको मध्यम प्रभावको उच्च सम्भावना रहेको छ । “प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन–२२)भिमेश्वर नगरपालिकाका अनुसार...
दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा श्रीमद्भागवत महापुराण सञ्चालन गरिने भएको छ । यही आश्विन १७ देखि आश्विन २५ गतेसम्म दोलखा...
गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा
समदृष्टि अनलाइन संवाददातागौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोट दोलखामा विभिन्न विषयमा गेष्ट लेक्चर मार्फत परीक्षा विशेष तयारी कक्षा सञ्चालन गरिएको छ...
पुस्तकालयको आयोजनामा प्राथमिक उपचार सम्बन्धी तालिम
समदृष्टि अनलाइन संवाददातासमूदायमा आधारित आधारभूत खोज तथा उद्धार प्राथमिक उपचार सम्बन्धी तालिम दोलखाको सदरमुकम चरिकोटमा सुरु भएको छ । गौरीशंकर पुस्तकालय...