भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

दोलखामा रामायण वाचन प्रतियोगिता ः बालबालिकादेखि जेष्ठ नागरिकको सहभागिता

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

२०९ औं भानु जयन्तीको अवसरमा दोलखामा रामायण वाचन प्रतियोगितासंगै दुई पुस्तक एक साथ विमोचन भएका छन् । भानु–विद्यापति साहित्य प्रतिष्ठान, दोलखा र विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिको आयोजनामा भानु जयन्ती समारोह, रामायण वाचन प्रतियोगिता तथा दोलखा साहित्य यात्रा–३ र बालकृष्ण थपलियाद्वारा लिखित नेपालको चिनारी नामक काव्य विमोचन गरिएको हो ।


कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति दोलखाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि बर्जुराम घतानीले साहित्यले समाज चिनाउने मात्र होइन स्रष्टा बाच्ने काम गर्नु पर्ने धारणा राख्नुभयो । साथै साहित्य लेख्नेले लेखिएका विषयवस्तुलाई व्यवहारमा लागू गर्न पनि सुझाव दिनुभयो ।
कार्यक्रममा शुभ कामना मन्तव्य राख्दै भीमेश्वर नगरपालिकाका प्रमुख इश्वर नारायण मानन्धरले नेपाली कला,साहित्य र संस्कृतिको गरिमा बचाउन नगरपालिकाले प्रयत्न गरिरहने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा,भीमेश्वर नगरपालिका उपप्रमुख कमला बस्नेत, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का,नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दीपशंकर चौलागाई,विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाका अध्यक्ष विष्णु सुवेदी लगायतले भानुभक्तीय रामायणको महत्व र यसले समाजमा पारेको प्रभावका विषयमा चर्चा गर्नुभयो ।
कार्यक्रममा ७ जना जेष्ठ नागरिक,३ जना युवा र ११ जना बालबालिका(४समुह) ले रामायण वाचन गरेका थिए । रामायण वाचन प्रतियोगितामा ८२ वर्षका गंगाधर रेग्मी र ८९ का गौरीकान्त ढुङ्गेललाई सम्मान गरेको छ ।
यसैबीच जेष्ठ र युवा समुहको तर्फबाट दोलखा शैलुङ फस्कुका जेष्ठ नागरिक बलराम बुढाथोकी र केदार पाण्डे प्रथम हुनु भएको छ भने शैलुङकै ७९ वर्षीय केशर बहादुर बस्नेत द्वितीय स्थान हासिल गर्न सफल हुनु भएको छ । युवा गायत्री लामिछानेले तृतीय स्थान हासिल गर्नुभयो भने जेष्ठ नागरिक इन्द्रमाया सापकोटाले सान्त्वना स्थान प्राप्त गर्नुभयो ।
यसैगरी बालबालिका बीच भएको प्रतिस्पर्धामा बुढाभीमसेन माध्यमिक विद्यालय धरमघरका बालबालिका प्रथम,कुटीडाँडा माध्यमिक विद्यालय मकैबारीका बालबालिका द्वितीय र भीमेश्वर नगरपालिका वडा नं ५ धरमघरका बालबालिकाको समुह तृतीय भएका छन् ।
कार्यक्रममा जनप्रतिनिधि,कला साहित्य,संस्कृतिसंग सम्बन्धित संघसंस्थाका प्रमुख एवं प्रतिनिधि,साहित्यकार,साहित्यानुरागी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.