भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

भानु विद्यापति साहित्यिक पुरस्कारबाट कवि एमवि खड्का पुरस्कृत

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

भानु विद्यापति साहित्यिक पुरस्कारबाट कवि मान बहादुर खड्का पुरस्कृत हुनु भएको छ । कला साहित्य र संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल कवि खड्कालाई २०९ औं भानु जयन्तीको अवसरमा भानु–विद्यापति साहित्य प्रतिष्ठान दोलखाले ११ हजार १ सय ११ रुपैँया राशीसहित सम्मान गरेको हो ।
दोलखाको कला साहित्य र संस्कृतिको विकासका लागि सरकारी तहबाट ऐन बनाएर कार्यान्वयनको शुरुवात गर्ने काम भीमेश्वर नगरपालिका बाट भएको छ । जसको अवधारणाकर्ता,विचारक र निर्माणकर्ताको मुख्य भूमिका निर्वाह गर्न सफल मान बहादुर खड्कासंग तत्क्षण कविता सिर्जना गर्न सक्ने क्षमता समेत रहेको छ ।
कवि खड्काले यो वर्षमात्र ३ ओजपूर्ण पुरस्कार प्राप्त गर्नुभएको छ ।


कवि,गजलकार एवं साहित्यकार चिरञ्जीवी मास्केले जन्म दिन आमाको नाममा स्थापना गरेको विष्णुलक्ष्मी साहित्यिक पुरस्कार ०७८ बाट पुरस्कृत हुनु भएको छ भने भर्खरै कर्मचारीको नविन सोच÷इनोभेटिभ आईडिया प्रस्तुतिका लागि प्रतिभा डबली अन्तिम चरणको छनोटमा देशभरबाट खड्का दोस्रो उत्कृष्ट कर्मचारीमा छनौट हुनु भएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्धारा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खड्कालाई नगद पुरस्कार चालिस हजारसहित पुरस्कृत गरिएको थियो ।
उहाँ भीमेश्वर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतिको भूमिकामा रहनु भएको छ ।

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.