दोलखामा कोरोना संक्रमितको संख्या बढ्दै
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता०७९ साउन ३
दोलखामा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । स्वास्थ्य कार्यालय दोलखाका अनुसार पछिल्लो समय दोलखामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्लाको जिरी नगरपालिकाको र वैत्यश्वर नगरपालिकाका १५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । जसमध्ये जिरी नगरपालिकाका १ महिला र १ पुरुष र वैत्यश्वरका २ महिला रहेका छन् ।
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ४५७ कोरोनाका नयाँ संक्रमित थपिएका छन्। २ दिनमै संक्रमितको संख्या दोब्बर देखिन्छ । आइतबार संक्रमितको संख्या जम्मा १३५ रहेको थियो । साथै मृत्यु संख्या पनि थपिन थालेको छ । ४ महिनापछि आइतबार एक जनाको कोरोनाबाट मृत्यु भएको थियो । त्यस्तै सोमबार पनि कोरोनाबाट १ जनाको मृत्यु भएको छ । कुल २ हजार ३४१ र २ हजार ३१० कुल ४ हजार ६५१ परीक्षणमा ३८६ पीसीआर तथा ७१ जना एन्टिजेनमा परीक्षणबाट संक्रमित पुष्टि भएका हुन् । संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या १७७६ पुगेको छ ।
भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददातादोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...
असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...
चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...
स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददातासाहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...
दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाताभानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...
सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाताऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...