पार्टी शुद्धीकरण र सुदृढीकरणको योजनासहित नेकपा एमाले दोलखाको बैठक सम्पन्न
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
नेकपा एमाले जिल्ला कमिटि दोलखाको पाँचौ पूर्ण बैठकले स्थानीय तहको निर्वाचन समीक्षा गर्दै पार्टी शुद्धीकरण र सुदृढीकरणको योजना निर्माण गरेको छ ।
दोलखा सदरमुकाम चरिकोटमा २ दिनसम्म सञ्चालन भएको वैठकले स्वर्गीय पशुपति चौलागाईँ स्मृति पुस्तक प्रकाशन गर्ने निर्णय गरेको छ । पुस्तक प्रकाशन नेकपा एमाले प्रचार प्रसार विभाग दोलखाले गर्ने जनाएको छ ।
बैठकले स्थानीय तहको निर्वाचनमा भएको अन्तरघात अध्ययन तथा छानविनका लागि नेकपा एमाले जिल्ला कमिटि दोलखाका उपसचिव धर्मेन्द मोक्तानको संयोजकत्वमा कार्यदल गठन गरेको छ भने जिल्ला कमिटि उपाध्यक्ष राजेन्द्र मानन्धरको नेतृत्वमा कार्यकर्ता कल्याण कोष स्थापना कार्यदल गठन गरेको छ ।
संगठन सुदृढीकरण तथा शुद्धीकरण अभियान सञ्चालन गर्ने,जनसंगठनहरुको सम्मेलन, गठन,पुनरगठन बैठक तथा सदस्यता विस्तार लगायतका कार्यक्रमलाई प्राथमिकतामा राख्ने निर्णय गरेकोे छ । पार्टीले श्रावण १४ गते जिल्ला पालिका तथा वडा कमिटिको प्रशिक्षण गर्ने,भाद्र १४ सम्म पार्टी सदस्यता नवीकरण गर्ने लगायतका निर्णय गरेको नेकपा एमाले जिल्ला कमिटि सदस्य लक्ष्मण थामीले जानकारी दिनु भयो ।
दोलखा सदरमुकाम चरिकोटमा आयोजना गरिएको बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले एमाले वाग्मती प्रदेशका इन्चार्ज काँशीनाथ अधिकारीले आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित गर्नेगरी अघि बढ्न निर्देशन दिनुभएको छ । बैठकमा एमाले पोलिट व्युरो सदस्य आनन्द प्रसाद पोखरेल, पोलिट व्युरो सदस्य पार्वत गुरुङ, केन्द्रीय सदस्य सरस्वती बस्नेत लगायतका नेताहरुले बैठकलाई सम्बोध गर्दै आगामी निर्वाचनको लागि रणनीतिक रुपमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
बैठकमा जिल्लामा गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमामा पराजित भएका पालिकाले निर्वाचनको समीक्षासहित प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बैठकमा रिर्पोट प्रस्तुत गर्दै गाउँपालिका र वडाका नेताहरुले पार्टीभित्रको अन्तरविरोध र अन्तरघात, टिकट वितरणमा देखिएको समस्या, सत्तारुढ गठबन्धनले गरेको सत्ताको दुरुपयोग लगायतका कारण पार्टीले पराजय व्यहोर्नु परेको जानकारी गराए । स्थानीय तह निर्वाचनमा एमालेले जिल्लाका ९ मध्ये जिरी नगरपालिका र मेलुङ गाउँपालिकामा प्रमुख र उपप्रमुख तथा भीमेश्वर नगरपालिका, विगु गाउँपालिका र शैलुङ गाउँपालिकामा उपप्रमुख मात्रै जितेको छ । जिल्लाका ७४ मध्ये २४ वटा वडा एमालेले जितेको थियो । निर्वाचन पछि पार्टीले समीक्षासहितको वैठकको आयोजना गरेको हो ।
।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...